झापा, कमल। याक्थुङ लिम्बू समुदायहरूको महान पर्व चासोक तङ्नाम यले तङ्वे ५०८४ को न्वागी पुजा/चासोक तङ्नाम अर्थात उधौली पर्बको पुनीत अवसरमा "युमा माङ सेवा समाजले मिति २०८१ पौष ६ गते झापाको गौरदह वडा न.१ स्थित सितापुरीको युमा माङ्हिमको प्रांगणमा संस्थाका अध्यक्ष लक्ष्मी योङ्हाङ्को सभापतित्वमा शुभकामना आदानप्रदान स्वरुप विविध मौलिक झाकी साँस्कृतीक प्रस्तुती सहित भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ।
राष्ट्रियगान बाट शुरु गरीएको उक्त कार्यक्रममा प्रमुख अतिथी प्रदेश १. का पुर्ब सांसद आर सी. याक्खा लिम्बुले ब्यानर अनावरण तथा दिप प्रज्वलन गरि औपचारिक उद्घाटन गर्नुभएको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथी आर सी. याक्खा लिम्बुले कार्यक्रमलाई सम्वोधन गर्दै युमा माङ सेवा समाजलाई युमा माङ हिम निर्माणको निम्ति , ३,४ धुर जग्गा नि : शुल्क दान गर्नु भएकाे, उहाँकाे छाेरि अमेरिका निवासीबाट युमा माङ सेवा समाजलाई भौतिक संरचनाहरुको हिम (घर ) निर्माणको निम्ति उहाँको छाेरिकाे मावली हिम ( घर ) याक्थुङ लिम्बु आङदेम्वे तर्फकाे युयु (वाेजु) थथ ( वाजे ) काे नाम , ठेगाना शिलालेख रहने सर्तमा रु. २ लाख ७० हजार प्रदान गर्ने भएको र आर सि याक्खा लिम्बुले रु. १ कठ्ठा सर्व सुलभ मूल्यमा किन बेच भएको , युमा माङ हिम , याक्थुङ लाजे लिम्बुवानको आदिवासी रैथाने याक्थुङ लिम्बुको मौलिक संस्कार संस्कृति संग्राहलय हिम (घर ) भवन , युमा माङ हिम उहाँको संसद काेष बाट ३ पटक गरि रु. १६ लाख ,
माननीय को पहलमा १ नं प्रदेश वाट रु. ७ लाख रकम बिनियोजित भएको , गौरादह नगरपालिका बाट घेरबार , तार जाली रु. २० हजार विनियोजन भएको आर सी लिम्बू याख्खाले खुल्ला सभामा आफ्नो मन्तव्यकाे क्रममा ब्यक्त गर्नु भएको हाे ।
उहाँले आउँदा दिनहरुमा पनि यसरी नै अघि बढ्ने प्रण गर्दै चासोक तङ्नामको शुभकामना प्रदान गर्नुभएको थियो।
त्यस्तै बिशेष अतिथी पुर्ब गौरदह नगर प्रमुख रोहित कुमार साहले आफ्नो शुभकामना मन्तव्य राख्दै आफ्नो भाषा संस्कार र संस्कृतिको जगेर्ना गर्न यसरी सबैमा सद्भाव राख्दै अघि बढेकोमा सकारात्मक भएको र आफ्नो कार्यकालमा युमा माङ हिम निर्माणमा आफ्नो तर्फबाट सहयोग गरेकै थियौ र आउँदा दिनमा पनी युमा माङ्सेवा समाजले माङ्हिम/मन्दिरका थप पुर्वाधार निर्माण कुरामा आफ्नो पुन:सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।
सामाजिक व्यक्तित्व एवम मिडिया कर्मी विरेन्द्र कुमार याक्थुम्वा र सामजिक मुन्धुम मार्गी/मौलिक बचाऔं अभियान्ता युमा लिम्बू (माङ्गेना)माङ्हिम र युमा माङ सेवा समाजद्वारा आयोजित चासोक तङ्नाम बारे आ-आफ्ना भनाइहरु राख्नु भएको थियो।
उपस्थित बिशिष्ट अतिथिहरुमा फक्ताङलुङ सयङ् झापा अध्यक्ष एन बी नयङ लिम्बू , किराँत याक्थुङ चुम्लुङ दमक शाखाका अध्यक्ष देवेन्द्र मावोहाङ, चेम्जोङ चुम्लुङ झापा जिल्ला सदस्य बन्दना नेम्वाङ क्रमश: गौरदह प्रहरी कार्यलय इन्चार्ज मनोज अधिकारी, गौरदह किराँत याक्थुङ चुम्लुङ शाखा अध्यक्ष कमला पन्दाक , गौरदह नगर कार्यसमिति सदस्य अन्जु निरौला, गौरदह माउण्ट एभरेष्ट इङ्ग्लिस बोर्डिङका प्रिन्सिपल नारायण घिमिरे युवा समाज सेवी अमर मावोहाङ लिम्बू, चलचित्र निर्माता देउमान साम्रा, पालम गायिका दासमाया लिम्बू, याक्थुङ चुम्लुङ शाखा कमलका सह-सचिव बबिन आङ्देम्बे, के/च्याब्रुङ अभियान्ता सुमन केरुङ, मिडिया कर्मी यम्भो अफिसियल च्यानल बाट शरण बेघा, लाङ्मा देवन , शशी लिङ्देन, बिष्णु नेम्वाङ , नवनिता लिम्बू आदि रहेका थिए।
सो कार्यक्रममा लिम्बुहरूको मौलिक केलाङ/च्याब्रुङ नाच, धाननाच र महिला सञ्जाल सास्कृतिक टोलि बाट नौमती बाजा, माउण्ट एभरेष्ट बोडिङ स्कुलबाट थारु सास्कृतिक सामुहिक नृत्य र अन्य सांगितिक प्रस्तुतिहरू रहेको थियो।
त्यस्तै छेलो प्रतियोगितामा प्रथम र दोश्रो हुनेलाई पुरस्कार साथै कलाकारहरु लाई प्रमुख अतिथी र सभापतिको हस्त बाहुली बाट प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको अन्तिमतिर रातको समयमा तु-तु तुम्याहाङ् पुरुष-महिला दुवै पक्षबाट हाक्पारे ख्याली फलाक्दै लोप हुँदै गएको मौलिकतालाई उठाएका थिए।
युमा माङ सेवा समितिका सचिव कृष्ण साम्राद्वारा सञ्चालित कार्यक्रममा संस्थाका संस्थापक सदस्य एवम पुर्ब उपाध्यक्ष लक्ष्मी कन्दङ्वाले स्वागत मन्तव्य राखेका थिए।
अन्त्यमा: सभापति लक्ष्मी योङ्हाङ्ले यले तङ्वे ५०८४ औ न्वागी पुजा उधौली पर्बको शुभकामना दिदै कार्यक्रम सफल पार्न आर्थिक भौतिक नैतिक लगायत सबैखाले सहयोगीहरु लाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए।