काठमाडौं,७ पौष २०८१ शनिबार। कवि, गीतकार तथा गजलकार प्रेमप्रसाद भट्टराईको एकल गजल वाचन काठमाडौंको कालिकास्थानमा रहेको सर्वनाम थिएटरमा सम्पन्न भएको छ ।
गोधूली साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा भट्टराईले आफ्ना गजल वाचन तथा तरन्नुममा गायर उपस्थित सम्पुर्णलाई मन्त्रमुग्ध बनाएका थिए ।
सोही कार्यक्रममा दि भ्वाइस अफ नेपालका प्रथम बिजेता सि. डि. बिजय अधिकारीले भट्टराईका गजल गाएर उपस्थित सम्पुर्णलाई मनोरन्जन गराएका थिए ।
कार्यक्रमको सहजीकरण चर्चित गजलकार बाबू त्रिपाठीले गरेका थिए भने कार्यक्रमको संयोजन कवि प्रज्वल अधिकारीले गरेका हुन् ।
प्रवास कतारमा रहेर पनि विभिन्न साहित्यिक संघसंस्था तथा संगठनमा नेतृत्व गर्दै नेपाली भाषा साहित्य कलामा तल्लिन गजलकार प्रेमप्रसाद भट्टराईलाई गोधूली साहित्यिक प्रतिष्ठानका तर्फबाट अध्यक्ष प्रकाश समीरले गोधूली साहित्य सम्मान २०८१ द्वारा सम्मानित समेत गरिएको थियो ।
गायक तथा संगीतकार सि.डि. विजय अधिकारीलाई गोधुली साहित्यिक प्रतिष्ठानका अध्यक्ष प्रकाश समीरले फूलका माला र मायाको चिनोले सम्मान गरेका थिए।
कार्यक्रममा प्रेम प्रसाद भट्टराईलाई श्रवण गर्न उपस्थित आफन्तहरूले फूलका माला तथा खादा लगाएर सम्मान गरेका थिए ।कार्यक्रममा गायिका तथा चलचित्र काडेतारकी निर्माता सत्यकला राई ,वरिष्ठ साहित्यकार कृष्ण अविरल, अनेसास केन्द्रीय एसिया उपाध्यक्ष सरिता अर्याल, अनेसास कतारका अध्यक्ष लेख कार्की ,नवोदित साहित्यिक वाचनालय कतारका पुर्व अध्यक्ष इन्द्रमणि नेपाल, अनेसास पोर्चुगलका महासचिव एन. बि. अन्जान, सन्ध्याग्रुप अलखोर कतारका पुर्व सचिब राजन लामा, पत्रकार दिपक पुडासैनी रहेका थिए ।
त्यसैगरि साहित्यकार शेखर बस्नेत, म्युजिक भिडियो डाइरेक्टर प्रहिल कार्की, साहित्यकार बिष्णु भट्टराई,,दुर्गा देवी भट्टराई,मिना निरौला,दुर्गा गौतम,कमला गौतम,कृसुक गौतम,कुशाग्र गौतम,प्रीसा लामा, अभिषेक घिमिरे, एलिसा घिमिरे,रोविका गौतम,समिरा गौतम,अदिल फुयाल,इन्दिरा कटुवाल,कमल भट्टराई, लक्ष्मी भट्टराई,सोम प्रसाद आचार्य,सन्चिता आचार्य,एलिना भट्टराई, कृष्ण तिमल्सिना, होमा तिमल्सिना,जीवन चौलागाईं, एलिना चौहान, श्रीषा कटुवाल,सिजन कटुवाल, कला भट्टराई लगायत अन्य साहित्यानुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सम्पुर्णले वान्समोर वान्समोर भन्दा भन्दै कार्यक्रम समापन गरिएको थियो ।