दोहा : पर्वत समाज कतारको सातौं अधिवेशन तथा २२औं स्थापना दिवस कार्यक्रम आगामी शुक्रबार हुने भएको छ ।
निस्वार्थ सेवामा, हाम्रो पर्वत राम्रो पर्वत” भन्ने मुल नाराको साथ कतारमा वि.सं.- २०६० सन्- २००३ मा स्थापना भएको समाजले २० डिसेम्बरको दिन सनैया स्थित फुलबारी नेपाली रेष्टुरेन्टको सभाहलमा भब्य उपस्थिति बीच हुने तय भएको हो ।
“आफ्नो २२औं स्थापना दिवसको अवसर पारेर एउटा विविध साँस्कृतिक कार्यक्रम सहित सातौं अधिवेशन गर्न लागेको र कार्यक्रममा उपस्थितिको लागी दोहामा स्थापित संघ संस्था, बैचारिक संस्था, बिशिस्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, कलाकार तथा पत्रकार लगायत सबैलाई पत्राचार गरि आवश्यक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष रघुनाथ शर्माले जानकारी गराएका गराए ।
कार्यक्रममा कतारमा रहेर पनि नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भइ सकेका करिब एक दर्जन कलाकारहरुको साङ्गीतिक प्रस्तुतिहरुमा झुम्दै मनोरञ्जन लिन पाइने छ ।
समाजले स्थापना कालदेखि नै नेपालमा भइ परि आउने प्राकृतिक प्रकोप, बाढीपहिरो पीडित, वृद्धाश्रम, गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्तिमा सहयोग गर्नुको साथै अन्य विभिन्न सामाजिक कार्यहरू अग्रणी भुमिकामा रहेर काम गर्दै आएको छ ।