दोहा कतार, १३ डिसेम्बर २०२४। कतारमा स्थापित याक्थुङ लिम्बु जातिको मौलिक धार्मिक सामाजिक र सांस्कृतिक संवाहक संस्था युमा साम्यो महासभा कतारको ऐतिहासिक प्रथम अधिवेशनबाट योगेन माखिम सर्वसम्मतले अध्यक्षमा चयन भएका छन।
संस्थापक तत्कालिन उपाध्यक्ष योगेन माखिमको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।विभिन्न संघ संस्थाका संस्थागत प्रतिनिधी तथा व्यक्ति व्यक्तित्वहरु किराँत याक्थुङ चुम्लुङका प्रथम बरिष्ठ उपाध्यक्ष विवश मादेन, संखुवासभा समाज कतारका कावा अध्यक्ष विरेन मादेन, पाँचथर सेवा समाज कतारका प्रथम उपाध्यक्ष भवानी प्रसाद ओझा, इलाम सेवा समाजका महासचिव ज्ञानेन्द्र रसाइली, विभिन्न सामाजिक संस्थाहरु र संगठनमा आवद्ध रहेका बरिष्ठ सामाजिक व्यक्तित्व तेज मोक्तान तामाङ, नवराज टमाटा, श्याम घिमिरे, ज्ञानेन्द्र येक्तेन लगायत अन्य धेरै अतिथीहरुले २०२५–२०२७ को नयाँ कार्य समितिलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
अन्तराष्ट्रिय युमा साम्यो महासभाहरू युमा साम्यो महासभा केन्द्रिय कार्यालय नेपाल, युमा साम्यो महासभा अन्तराष्ट्रिय समन्वय समिति असस, याक्थुङ चुम्लुङ अन्तराष्ट्रिय समन्वय समिति असस, युमा साम्यो महासभा मलेसिया, सिंगापुर, हङकङ, साउदी अरेविया, युके, बु्रनाईबाट समेत अधिवेशन सफलताका शुभकामनाहरू प्राप्त भएको थियो ।
तत्कालिन अध्यक्ष प्रेम आङबुहाङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत मन्तव्य तत्कालिन उपाध्यक्ष घनेन्द्र चेम्जोङ र धन्यवाद मन्तव्य तत्कालिन उपाध्यक्ष योगेन माखिमको रहेको थियो ।
सन २०१४ मा कतारमा स्थापित तमुहरूको धार्मिक सामाजिक सांस्कृतिक संवाहक सामाजिक संस्था तमु प्ये ल्हू संघका अध्यक्ष चन्द्र ल्हेगे तमु अधिवेशनको प्रमुख अतिथी रहेका थिए ।आफु आवद्ध संस्था मार्फत अन्तराष्ट्रिय स्तरमा आफनो जाति समुदायप्रति धार्मिक सामाजिक सांस्कृतिक क्षेत्रमा जनजागरण र चेतनाको अभियानमा विशेष योगदान पुरयाउदै आएका युमा साम्यो महासभा कतारका संस्थापक अध्यक्ष प्रेम आङबुहाङ, संस्थापक उपाध्यक्ष घनेन्द्र चेम्जोङ र प्रमुख अतिथी चन्द्र ल्हेगे तमुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमको विचविचमा विभिन्न कलाकारहरुद्धारा सांस्कृतिक प्रस्तुती हरु रहेका थिए ।
अधिवेशनको बन्द सत्रमा निर्वाचन समितिका संयोजक खडक फागोले नव निर्वाचित कार्य समितिलाई प्रमाण पत्र र सपथ ग्रहण गराएका थिए साथै नयाँ कार्यसमितिलाई शुभकामना पनि व्यक्त गरेका थिए।
नयाँ कार्यसमितिका सम्पुर्ण पदाधिकारी सदस्यहरुको नामावली निम्नानुसार रहेको छ ।
संरक्षक – निवर्तमान अध्यक्ष प्रेम आङबुहाङ रहेका छन।
अध्यक्ष–योगेन माखिम,उपाध्यक्ष–श्री विष्णु केदेम,उपाध्यक्ष–फुलमाया लिङ्देन लिम्बु,उपाध्यक्ष– रुपा चेम्जोङ,महासचिव– तिलविक्रम थेवे,उपमहासचिव– मौसम साम्योक वेघा सचिव– कृष्णमाया शेर्मा,सचिव– इच्छिङहाङ तिल्लीङ चोङवाङ,सहसचिव- अन्जु फियाक,कोषाध्यक्ष– देवी थेगुवा, सहकोषाध्यक्ष–रिना लिङ्देन लिम्बु रहेका छन।
त्यसैगरी निर्वाचित सदस्यहरुमा संजय आङदेम्बे, डम्बर केदेम लिम्बु,लक्ष्मी मिभक, सृजना मादेन, आशा चेम्जोङ, उषा चेम्जोङ, कल्पना लिवाङ, दिलु लिम्बु, सुम्निमा लिम्बु, बालकृष्ण चेम्जोङ लिम्बु रहेका छन।