दोहा : किरात समुदायले हरेक वर्ष मनाउँदै आएको साँस्कृतिक पर्व साकेला उधौली / रापावा श्यादर पिदार पर्व कतारमा रहेका किराती समुदायले हर्षोल्लासका साथ विभिन्न कार्यक्रम गरि मनाएका छ्न ।
किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको संयुक्त आयोजनामा महान राष्ट्रिय चाड "साकेला उधौली / रापावा श्यादर पिदार -५०८४, शुभकामना आदानप्रदान तथा स्थानिय कलाकार हरुको बेजोड साङ्गितिक प्रस्तुतिमा, वेलफेयर रेस्टुरेन्टको, सभाहलमा भब्यतरिकाले सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि किरात राइ यायोख्या नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तिलक राइले मन्तव्य राख्दै प्रवासी भुमीमा आएर पनि आफ्नो, भाषा कला सस्कृती रितिरिवाजलाई सम्मान पुर्वक संरक्षण प्रबर्द्धन गर्ने सम्पुर्णमा आभार प्रकट गरे ।
राइले किराँती राष्ट्रिय चाड मनाउन जसरी प्रवासमा ठूलो जनमानसमा आज उपस्थिति रहेको देखियो यो दिगो रुपमा रहोस भन्दै सुभकामना ब्यक्त गरे । "मानव यापनको क्रममा किराती हरुले गरेको जीवन यापन सहित किराती सस्कार सस्कृतीको बारेमा बोल्दै उन्ले नेपाल बहु भाषा,बहु धर्मको देश रहेतापनि राज्य संचालक बाट गर्ने व्याबहार बाट पीडा भोगेको भन्दै, राइले पहिचान सहितको "किरात" प्रदेशको निम्ति धेरै चोटि देशमा आन्दोलन चर्कीएपनि राज्यले कानमा तेल हालेर बसेको प्रती रोश प्रकट गरे ।
किरात समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसितिर बसाइँ सर्ने समय भएको तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिएको विभिन्न बक्ता हरुले बताए ।
आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गलगाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने) जस्ता भयवह रोगव्याधिले दुःख यीनै कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको जानकारी गराए ।
आफूले लगाएको बालीनाली पाकेपछि माङलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा मानिएको यस चाडमा सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गर्ने गरिआएको बक्ताहरुले जानकारि गराए ।
कार्यक्रममा नेपाली दूतावास कतारका मिनिस्टर काउन्सुलर कुमार राई,एनसिसि कतारका अध्यक्ष रमेश भट्ट, नेपाल आदिवासी जनजाती महासंघ कतार अध्यक्ष डिएन मगर, नेपाली जनसम्पर्क समिती कतार उप - सभापति ठाकुर कुमार परियार , प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुडामणिा कार्की लगायत विभिन्न बैचारिक संघ संस्था जिल्ला लगायत मात्री संघ संस्थाका प्रतीनिधि हरुको बाक्लो उपस्थिति सहित शुभकामना आदानप्रदान कार्यक्रम रहेको थियो ।
साङ्गितिक कार्यक्रम अन्तरगत दुइओटै किराती सस्थाहरुको तर्फबाट मौलिक भेषभुसामा कलाकार हरुले हामी हौं किराति बोल्को स्वागत नृत्य प्रस्तुति दिएका थिए भने अन्य थुप्रै स्थानिय कलाकारहरुले मौलिक सांस्कृतिक झाँकी सहित विभिन्न साँस्कृतिक प्रस्तुती पस्किएका थिए ।
अन्य कलाकार हरुमा नृत्य विदा तर्फ, कमल बिक्रम सुनुवार,सृष्टि तामाङ,जीवन राइ,सरिता राइ, ज्योती सुनुवार, रोसनी सुनुवार,नेहा सुनुवार,लगायत गायन तर्फ एन्जल राइ, सरला तामाङ, लक्ष्मी क्षेत्री,सुनिता राइ,बिमल राइ, दिया सुनुवार, सुशीला राइ,एकराज राई लगायतका कलाकार हरुको प्रस्तुति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा किरात मुल समारोहका संयोजक किरात राई यायोख्खा शाखा कतारका अध्यक्ष कार्यक्रमका सभापति जीवन राईले मन्तव्य राख्दै विभिन्न समस्याका बावजुद पनि २ ओटा संस्था मिलेर कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गरे । आगामी दिनमा कतारमा स्थापित सम्पुर्ण किराँती संस्था एकजुट भएर आफ्नो भाषा, धर्म सस्कृती, रितिरिवाज जोगाउनु जोड दिदै कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रममा आयोजनक संस्थालाई मात्री संस्था द्वारा कोसेली प्रदान गरिएको थियो । साथै,विभिन्न व्याक्तित्व हरुलाई फेताबाट सम्मान गरिएको थियो ।
किरात मुल समारोह आयोजक समिती कतारका सदस्य सचिव गङ्गा बहादुर सुनुवारले औपचारिक कार्यक्रमको सहजीकरण गरेका थिए भने समितीका सह -संयोजक शुभराज सुनुवारले कार्यक्रमको उदेश्य सहित स्वागत मन्तव्य पस्किएका थिए ।