झापा,केर्खा २८ मंसिर । कमल वडा न.३ स्थित हिलिहाङ-चौकमा चौक निर्माण समिति र याक्थुङ युवा मञ्च कमल गाउँपालिका कार्यसमितिको समन्वयमा आयोजित याक्थुङ राष्ट्रिय ख्यातिप्राप्त कलकारहरूलाई हिलिहाङ चौकमा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ।
हिलिहाङ चौक निर्माण समितिका संस्थापक संयोजक बसन्तराज सुब्बाको सभाध्यक्षमा एक औपचारिक कार्यक्रम गरी प्रमुख अतिथी याक्थुङ लिम्बू भाषा,संस्कार संस्कृतिविद एवम कियाचु संघीय सचिब यासेली योङ्हाङ र विशेष अतिथि याक्थुङ मुन्धुमी मौलिक पालमा गायिका द्वय मनु नेम्वाङ, निरन्तता नेम्बाङ र हिम शिखर टेलीभिजन संचारकर्मी मिना नेम्बाङ लिम्बूलाई याक्थुङ युवा मञ्च कमल कार्य समितिका अध्यक्ष आशिष लेछर्वो लिम्बु उपाध्यक्ष , मिक्की योङहाङ , उपाध्यक्ष प्रकाश आङबो सचिब मनोज खेवा लिम्बु ,सल्लाहकार मण्डेम लिम्बु , सदस्य मौसम लिम्बुले याक्थुङ्हरुको मौलिक संस्कार संस्कृति अनुसार खादा ओंड़ाई याक्थुङ/लिम्बुको प्रतीक सिलाक साक्माले सम्मान गरेको छ। भने अन्य अतिथिहरूमा महिला समाज सेवी सेलिना राई , उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल हिलिहाङ चौक निर्माण समिति संस्थापक सदस्य परशुराम पोखरेलले हस्त बाहुली बाट ढाकाको खादाद्वारा सम्मान गरिएको थियो ! भने सो कार्यक्रममा आफ्ना शुभकामना मन्तव्य प्रमुख अतिथी यसेली योङ्हाङ, याक्थुङ युवा मन्च कमल अध्यक्ष आशिष लछेर्बो बिशेष अथितिहरु मनु नेम्वाङ,निरन्तता नेम्बाङ,संचारकर्मी मिना नेम्बाङ लिम्बू ,समाजसेवी राई योयाख्या कमल उपाध्यक्ष सेलिना राई , उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल,डानाइनमिक पब्लिक LDP कमला संस्थापक अध्यक्ष राजन चापागाईं लगायतले कार्यक्रम विशेष आ-आफ्ना भनाई राखेका थिए !
अतिथिहरूमा कियाचु राष्ट्रिय चुम्लुङ सदस्य नरेन हाङ लिम्बु , , समाजसेवी अमर मावोहाङ , च्याब्रुङ/के अभियान्ता सुमन केरुङ र मिडिया कर्मी सरन बेघा लगायतको उपस्थित रहेको थियो !
अन्त्यमा याक्थुङ लिम्बू समुदायको मौलिक धाननाच नाचमा आयोजक थाङ्बेन तर्फबाट यासेली योङ्हाङ गायक द्वय हिमाल लेछर्बो र तरेमातर्फ बाट मनु नेम्वाङ, निरन्तता नेम्वाङ र मिना लिम्बुहरूको मुखारबृन्द बाट पालम धाननाच भएको थियो भने कार्यक्रम संचालन विरेन्द्र कुमार याक्थुम्वाले गर्नु भएको थियो ! उक्त कार्यक्रममा सहजीकरण याक्थुङ युवा मन्च कमल सल्लाहकार मण्डेम लिम्बु , मन्च उपाध्यक्ष प्रकाश आङबो , समाजसेवी एङ्गल गुरुङ , अम्मर मावोहाङ, पवन ठाकुर, चक्र मावोले गरेको थिए ।
अन्त्यमा: सभाध्यक्ष बसन्तराज सुब्बाले कार्यक्रमलाई सम्बोधन गर्दै अतिथी र कार्यक्रम सहयोगी सबैलाई धन्यवाद दिदै यसरी नै सबैले आ आफ्नो भाषा संस्कार संस्कृति बचाई राख्नु पर्दछ सबैको अस्तित्वलाई सम्मान गर्नु पर्दछ भन्दै कार्यक्रम समापन गरेको थिए ।