मुग्लानी खबर डटकम
भ्रष्टाचारको विषय दुनियाका धेरै देशका लागि टाउको दुखाइको विषय बनिरहेको छ ।
भ्रष्टाचार विश्वका देशहरुको गरिबी तथा पछौटेपनको कारक बनिरहेको छ र विश्वमा केही देश यस्ता छन् जहाँ भ्रष्टाचारका कारण देशको अर्थतन्त्रमा ठूलो क्षति पुगिरहेको छ । तर भ्रष्टाचार केवल अविकशित तथा गरीब देशको मात्र समस्या होइन । यसले विकशित राष्ट्रहरुलाई पनि पिरोलेको छ । वल्र्ड इकोनोमिक फोरमले विश्वका विकशित देशहरुमध्ये टपटेन भ्रष्ट देशहरुको सूचि हालै सार्वजनिक गरेको छ ।
डब्लु इ एफ ले १४१ देशका १५ हजार अग्रणी व्यवसायीहरुसँग गरेको कुराकानीका आधारमा दुनियाका विकशित देशमध्ये सबैभन्दा भ्रष्ट देश तय गरेको हो । सर्भेका क्रममा फोरमले घुसखोरी, देशको नैतिक मापदण्ड, गलत तरिकाले कोष जम्मा गर्ने जस्ता विभिन्न क्रियाकलापलाई आधार बनाएको थियो ।
भ्रष्टाचारको सघनताका आधारमा देशहरुलाई १ देखि ७ अंक दिइयो । जस अनुसार १ अंक पाउने देश सबैभन्दा भ्रष्ट तथा ७ अंक पाउने देशमा सबैभन्दा कम भ्रष्टाचार हुने गरेको छ । वल्र्ड इकोनोमिक फोरमका अनुसार विश्वका सबैभन्दा भ्रष्ट देशहरु यी हुन् ।
१. मेक्सिकोः मध्य अमेरिकी देश मेक्सिको दुनियाको सबैभन्दा भ्रष्ट देश बनेको छ । भ्रष्टाचार सूचकांकमा यो देशले २.५ अंक पाएको छ । मेक्सिकोमा संगठित अपराध सबैभन्दा धेरै पाइएको छ । त्यहाँ घुसखोरीका विभिन्न चर्चित मामिलाहरु सार्वजनिक हुने गरेका छन् । घुसखोरी, मिडियाको दुरुपयोग तथा अपराधका कारण मेक्सिकोको अर्थतन्त्रमा ठूलो क्षति पुगेको ठहर डब्लु इ एफको छ ।
२. स्लोभाकियाः मध्य युरोपेली देश स्लोभाकिया विश्वको दोश्रो भ्रष्ट देश बनेको छ । यसले सूचकांकमा २.७ अंक पाएको छ । स्लोभाकियामा राजनीतिक भ्रष्टाचार सबैभन्दा धेरै छ । सन् २०११ मा त्यहाँ भएको गोरिल्ला काण्डमा राजनीतिज्ञ तथा व्यवसायी सबै मुछिएका थिए र त्यसले देशको अर्थतन्त्रलाई तहस नहस बनाइदिएको थियो । त्यसमा अरबौँ रुपैया भ्रष्टाचार भएकेा थियो ।
३. इटालीः युरोपेली देश इटाली दुनियाको तेश्रो भ्रष्ट देश हो । इटालीको भ्रष्टाचार सूचकांक ३.१ छ । राजनीतिक भ्रष्टाचार इटालीको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । राजनीतिक दलहरु सबैभन्दा भ्रष्ट छन् ।
४. हंगेरीः वल्र्ड इकोनोमिक फोरमका अनुसार हंगेरी विश्वको चौथो भ्रष्ट देश हो । यसको भ्रष्टाचार सूचकांक ३.१ छ ।
५. ग्रिसः वल्र्ड इकोनोमिक फोरमका अनुसार ग्रिस भ्रष्टाचारको मामिलामा पाँचौ स्थानमा छ । भ्रष्टाचार सूचकांक ३.२ रहेको छ । ९० प्रतिशत गि्रकहरु ऋाफ्ना नेता भ्रष्ट रहेको ठान्छन् । राजनीतिक भ्रष्टाचारको अलावा कर छली गि्रसको ठूलो समस्याको रुपमा रहेको छ ।
६. चेक गणतन्त्रः युरोपेली देश चेक छेठौँ भ्रष्ट देश हो । पछिल्लो दशकमा देशमा भ्रष्टाचार तिव्र रुपमा बढेको छ । प्रधानमन्त्री स्वयंले भ्रष्टाचार काण्डमा फसेर पद छाड्नुपरेको थियो ।
७. स्पेनः सातौँ नम्बरमा रहेको स्पेनले भ्रष्टाचार सूचकांकमा ३.४ अंक पाएको छ । घुसखोरी तथा पैसाको लेनदेनले देशको अर्थव्यवस्थामा ठूलो नोक्सानी पूराएको छ ।
८. लाटि्भयाः युरोपेली देश लाटि्भया ८ औँ नम्बरमा छ । राजनीतिक तथा व्यवसायिक क्षेत्रमा भ्रष्टाचार व्याप्त छ । त्यहाँको राष्ट्रबैंकका अध्यक्षमाथि समेत भ्रष्टाचारको भुद्दा चलिरहेको छ ।
९.दक्षिण कोरियाः दक्षिण कोरिया नबौँ भ्रष्ट मुलुक हो भन्दा पत्यार नलाग्न सक्छ । तर दक्षिण कोरियाका सरकारी कर्मचारी, पत्रकार तथा शिक्षकहरु निकै भ्रष्ट रहेकेा पाइउको छ । त्यहाँको भ्रष्टाचार सूचकांक ३.५ छ ।
१०. पोल्याण्डः पोल्याण्ड विश्वको दशौँ भ्रष्ट देशको रुपमा रहेको छ । यसको भ्रष्टाचार सूचकांक ३.७ रहेको छ ।
अनलाइनखबर बाट