काठमाडौं, पत्रकार तथा साहित्यकार होम कार्की अनेसास शिखर पुरस्कार द्वारा सम्मानित भएका छन।
कान्तिपुर मिडियामा आवद्ध पत्रकार तथा 'सनैया' पुस्तकका लेखक होम कार्कीले प्रवासी भुमी कतारमा रहँदा नेपाली भाषा साहित्य र पत्रकारीताको माध्यमबाट पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै नगद रुपैयाँ ३३,३३३/- राशि सहित सम्मानपत्र, दोसल्ला, टोपी र मालाले सम्मान गरिएको थियो।
अनेसास कतारका संस्थापक अध्यक्ष स्वर्गीय सिखर बैधको स्मृतिमा उहाँको ६२ औ जन्मजयन्तिको अवसरमा काठमाडौंको अनामनगर स्थित डालो रेस्टुरेन्टको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कार्यक्रमका प्रमुख अतिथी तथा वरिष्ठ कलाकार मदन दास श्रेष्ठको हातबाट पुरस्कार प्रदान गरिएको हो।
'अनेसास शिखर पुरस्कार' का संयोजक तथा अनेसास कतार च्याप्टरका पुर्व अध्यक्ष कवि प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पुरस्कार समितिका सदस्य अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्दै पुरस्कार, अनेसास कतार र पुरस्कृत सर्जकबारे स्पष्ट पारेका थिए।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, संयोजक प्रेमप्रसाद भट्टराई, अनेसास केन्द्रीय पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला, अनेसास केन्द्रीय निवर्तमान उपाध्यक्ष साहित्यकार रेनुका सोलु र सर्जक रमेशानन्द वैद्य लगायतले आआफ्नो मन्तव्य राखेका थिए।
अनेसास कतारका अध्यक्ष गजलकार लेख कार्कीद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, अनेसास केन्द्रीय पूर्व महासचिव कवि सुरेन उप्रेती, अनेसास पुरस्कार समितिका सदस्य कवि दीपा राई पुन, साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, अनेसास कोरियाका पूर्व अध्यक्ष कवि प्रमोद सारङ, अनेसास पोर्चुगलका महासचिव कवि एन बी अन्जान, अनेसास नेपालका महासचिव कवि रन्जना निरौला, साहित्यकारहरु प्रज्वल अधिकारी, शेखर बस्नेत, चर्चीत ढुंगेल, पत्रकारहरुमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष सूर्य सुवेदी, दिनेश रेग्मी, दिपक पुडासैनी, गणेश बञ्जाडे, गणेश क्षेत्री, महेश्वर नेपाल, अनेसास शिखर पुरस्कारका सदस्य तथा गितकार कला भट्टराई र चाँदनी शर्मा लगायतको बाक्लो उपस्थिति रहेको थियो ।