इस्लामिक स्टेट (आइएस) समूहको क्षेत्रीय शाखाका बन्दुकधारीले उत्तरपश्चिम पाकिस्तानमा एक राजनीतिज्ञको हत्या गरेको प्रहरीले शुक्रबार बताएको छ ।
इस्लामिक स्टेट (आइएस) समूहले घटनामा आफ्नो सङ्गठनका लडाकूको संलग्नता रहेको दावी गरेको छ ।
वरिष्ठ प्रहरी अधिकारी वकार रफिकले एएफपीसँग भन्नुभयो, ‘जमात–ए–इस्लामी बाजौर’ का नेता सुफी हमिद बिहीबार सूर्यास्तपछि नमाज पढेर मस्जिदबाट निस्कँदै गर्दा मोटरसाइकलमा आएका दुई जना नकाबधारी व्यक्तिले उहाँमाथि गोली चलाउनुभएको थियो ।
अधिकारीका अनुसार आक्रमणकारीहरू अफगानिस्तानसँग सीमा जोडिएको बाजौर जिल्लामा इस्लामिक राजनीतिज्ञलाई गोली हानेर भागेका थिए ।
इस्लामिक स्टेट खोरासान (आइएस–के) ले आफ्ना लडाकूले धर्मत्यागी राजनीतिक दलका एक अधिकारीलाई गोली हानेको जनाएको छ ।
आइएस समूहको स्थानीय शाखाले धार्मिक राजनीतिक दलहरूले कडा धार्मिक प्रचारको विरुद्धमा गएको र देशको सरकार र सेनालाई समर्थन गरेको आरोप लगाएको छ।
आइएस–केले हालै बाजौरमा भएको एक प्रदर्शनमा भएको आत्मघाती बम विस्फोटमा २३ बालबालिकासहित कम्तीमा ५४ जनाको ज्यान जाने गरी भएको आत्मघाती बम विस्फोटसहित राजनीतिक दलविरुद्ध कैयौँ आक्रमण गरेको छ ।
नाम नबताउने शर्तमा एक वरिष्ठ स्थानीय सुरक्षा अधिकारीले एएफपीसँग भन्नुभयो, “यो वर्ष मात्रै बाजौरमा लक्षित आक्रमण र बम विष्फोटमा कम्तीमा ३९ जनाको मृत्यु भएको छ ।”
बाजौरको प्रभाव रहेको खैबर पख्तुनख्वा प्रान्त र दक्षिण पश्चिममा बलुचिस्तान प्रान्तमा सशस्त्र इस्लामवादी वा पृथकतावादी समूहहरूले नियमित रूपमा सुरक्षा बल र राज्यका प्रतिनिधिहरूलाई निशाना बनाइरहेका छन्।
पाकिस्तानमा सक्रिय तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले बेलाबखत उक्त क्षेत्रमा गर्ने आतङ्ककारी आक्रमणमा हजारौँ मानिसले ज्यान गुमाएका छन् ।
पाकिस्तानमा सन् २०२१ मा तालिवान सत्तामा आए यता अफगानिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आतङ्कवादी आक्रमणमा तीव्र वृद्धि भएको पाकिस्तानी प्रशासनले दावी गर्दै आएको छ ।