दोहा कतार।
संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारले नेपालीहरुको महान चाडपर्वहरु विजया दशमी, दिपावली (तिहार), बलिहाङ तङनाम, नेपाल सम्बत् ११४५, म्ह पुजा, हुर्रा, छठ, जितिया लगाउत राष्ट्रिय चाडपर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सनैयाको एसियन टाउन स्थित लालीगुराँस रेष्टुरेन्टको सभाहलमा भएको कार्यक्रम सलिसाम कतारका अध्यक्ष डम्बर लिबाङ मिसेक को सभाध्यक्षता र संघीय लोकतान्त्रिक सामाजिक मञ्च कतारका संयोजक कुमारसिं योङहाङको प्रमुख आतिथ्यता, उपाध्यक्ष किरण विक्रम यवाको स्वागत मन्तव्य र महासचवि छत्र कुरुम्भङको संचालन रहेको कार्यक्रममा नेपालका चर्चित गायीका जुनु प्रसाई र कतारलाई कर्मभूमि बनाएर बैदेशिक रोजगारी सगँसगैं प्रतिभाको विकासमा निरन्तर संर्घषरत कलाकारहरुको धमाकेदार सांस्कृतिक प्रस्तुती तथा देउसे, भैलो, लालिङकेत् – नाम्लिङकेत् र थारु एवं विभिन्न जातजातिका मौलिक झाकी सहितको कार्यक्रममा सलिसाम कतारका प्रमुख सल्लाहकार रेखा खामसामा, नेपाली जनसम्पर्क समिति कतारका अध्यक्ष मोह्मद अजिज अलि, प्रवासी नेपाली मञ्चका अध्यक्ष चुडामणि कार्की, नेपाली जन प्रगतिशिल मञ्चका अध्यक्ष राजेन्द्र देवकोटा, प्रवासी नेपाली सम्पर्क विभागका अध्यक्ष अब्दुल करिम, प्रवासी नेपाली एकता मञ्च का सल्लाहकार परिषद अध्यक्ष गणेश ढकाल, प्रवासी नेपाली एकता समाज पानस का बरिष्ठ उपाध्यक्ष दोर्ण बहादुर खड्का, अन्तराष्ट्रिय नेपाली समाज का प्रमुख सल्लाहाकार भरत परियार, नेपाली जन प्रगतिशिल मोर्चाका अध्यक्ष रविन मगर, गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका महासचिव रविन मगर, आदिवासी जनजाति महासंघका उपाध्यक्ष राकेश श्रेष्ठ, नेपाल पत्रकार महासंघका टेकराज थापा, अन्तराष्ट्रिय नेपाली मुस्लिम समाजका अध्यक्ष अज्मत अली, नेपाली महिला समाज का उपाध्यक्ष सुष्मा खतिवडा कटुवाल, सामाजिक क्षेत्रबाट कतारमा फरक परिचय बनाउन सफल समाजसेवी सागर नेपाल, तेज कटुवाल, चानक पोखरेल, तेज मोक्तान, सलिसाम कतारका विशेष सल्लाहकार मंगलसिं वनेम, प्रेम आङबुहाङ लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधीको बाक्लो उपस्थिती रहेको कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य राख्ने क्रममा कार्यक्रम अत्यन्तै सन्देश मुलक भएको, देशभित्र कलिल्यैं कहि दोहोरी रहने साम्प्रदायीक समस्याहरु बिच यस्ता कार्यक्रमले आपसि सद्धभाव एवं सह–अस्तित्वको विकास कसरी गर्ने? भन्ने बारे विशेष भुमिका खेल्न सक्ने दावी गर्दै बक्तहरुले कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए ।
यसै क्रममा कार्यक्रमका प्रमुख अतिथि कुमारसिंङ योङहाङले नेपालमा जब सम्म विभिन्न दलहरु बिचको चुनाबी प्रतिस्पर्धामा अनेकौं प्रतिस्पर्धी बिच एकले केही मत बढि ल्याए बिजिय घोषणा गर्ने , उसले इच्छाए अनुसारको नीति निर्माण गर्ने र बिजयी दलले प्राप्त गरेको मतको संख्यामा हेर्नेहो भने हार्नेहरुको संख्या ५ गुणाले बढि हुन सक्छ । जवसम्म त्यसरी थेरै संख्याले धेरै संख्यालाई शासन गर्ने राजनितिक अभ्यासलाई परिमार्जित गरेर पुर्ण समानुपातिक प्रणालीमा काम गर्न सकिन्न? तब सम्म नेपालको राजनितिमा देखिएको बेथिति को अन्त्य हुदैन। अनेकौ त्याग र आन्दोलनहरु गरेर हामिले शासन परिवर्तन गर्यौं। अब ब्यबस्था परिवर्तन गर्न जरुरी छ भन्ने कुरा प्रमुख अतिथिले राखेका थिए।
धमाकेदार विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत सहित सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा नेपालका चर्चित गायीका जुनु प्रसाई, छत्र कुरुम्बाङ, ललित लिम्बु, सुशिला वेघा, चिना राई, अनिता लक्सम्बा राई, हाङमा लिम्बु, पुजा लिम्बु, सुनम लिम्बु, विपना लिम्बु, राज आङला, अभि केसी, गौतम सामी आङदेम्बे, मानिस लिम्बु, ज्ञानेन्द्र येक्तेन, जितेन्द्र कुमार चौधरी, अनिता चौधरी, पुलकित चौधरी, आशा चौधरी, सुनिता चौधरी, रेखा चौधरी, हरि राम चौधरी, दिनेश चौधरी, बाबु कौसल लगायतको प्रस्तुती रहेको थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा सलिसाम कतारका अध्यक्ष लिबाङ ले कार्यक्रमको समापन गर्ने क्रममा देशमा ठुला अनि पुराना राजनितिक दलका रुपमा चिरपरिचित दलहरुले नेपाली जनतालाई विभिन्न मुक्ती र समानताको नाममा, कहिले सह–अतिप्त्व र समाजवादको नाममा भ्रम सृजना गर्ने गरेको तर व्यवहारिक रुपमा ति कुराहरु कार्यन्वयन हुन नसकेको बताउनुभयो। त्यसो हुनुको मुख्य कारक तत्वनै अतिवाद र नस्लवादको पराकाष्ट भएको जिकिर गर्दै, अव नेपाली समाजमा कसैले कसैमाथि एकल शासन लाद्न सम्भव नहुने भएकोले देशमा शान्ति, विकास र समृद्धीका लागि सबैभन्दा पहिलो सर्त सह–अस्तित्वको ढोका खोल्नुपर्ने अनि मात्र देशमा शान्ति, विकास र समृद्धीको मार्ग खुल्न सक्ने भएकोले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान प्रान्तिय मञ्च सहितको १०+१ प्रान्तीय मञ्चहरु र सम्बन्धित प्रवास तथा जनवर्गीय समितिहरु मार्फत स्थापना कालदेखिनै व्यवहारिक रुपमा यस अभियान सुचारु गरिएको बाउताउनु भयो। अध्यक्ष लिबाङले नेपाल भित्रको विविधतालाई बचाई राख्न सकियो भने मात्र राष्ट्रियता बलियो हुने भएकोले आपसी धार्मिक सहिष्णुता, सामाजिक भाइचाराको विकास गर्दै नेपालको राष्ट्रियतालाई बलियो बनाउन सबै एक हुन आवस्यक रहेको बताउनुभयो ।