काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा १५ शैय्या सहित नगर अस्पतालको नयाँ भवनको उद्घाटन पश्चात् नगरबासीमा खुशी छाएको छ ।
गत शुक्रवार गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख तथा प्रमुख अतिथी दीपककुमार रिसाल र उपप्रमुख एवं विशिष्ठ अतिथी सान्नानी लामाले नयाँ अस्पताल भवनको संयुक्त रूपमा उद्घाटन गरेर उदाहरणीय जनप्रतिनिधिका रुपमा चर्चा चलेको छ भने उद्घाटन कार्यक्रम गोकर्णेश्वर वडा नं. ४ का वडा अध्यक्ष जयराम महतको सभापतित्वमा भएको थियो।
नगर अस्पतालको औपचारिक उद्घाटन पश्चात् नगर प्रमुख रिसाल बोल्दै गोकर्णेश्वरमा स्थानीय बासिन्दालाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।यो नयाँ अस्पताल भवनले गोकर्णेश्वरमा स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा महत्त्वपूर्ण सुधार ल्याउनेछ । अस्पतालको स्वास्थ्य सेवा अझै गुणस्तरीय र सुलभ बनाउन हामी प्रतिबद्ध छौँ ” मेयर रिसालको भनाई थियो।
यसै क्रममा आफ्नो मन्तब्य राख्दै नगर उप प्रमुख सान्नानी लामाले नगरवासी सँग गरेको प्रतिबद्धता अनुसार स्वास्थ्य सेवा विस्तार भईरहेको जानकारी दिनु भयो ।उहाँले नगरबासीको शिक्षा स्वास्थ्य जस्ता अति संवेदनशील बिषयमा आफु निर्वाचित भएदेखि नै लागि परेको र आगामी दिनमा पनि कटिबद्ध रुपमा लागि पर्ने बताउनुभएको थियो।
वडा अध्यक्ष जयराम महतले नयाँ भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु हुँदै नगर अस्पतालमा उपचारका लागि स्थान अभाव तत्कालका लागि टरेको र स्वास्थ सेवा थप गर्दै लैजाने लक्ष्य रहेको बताउनु भयो ।
नगर अस्पतालले नयाँ भवनबाट जनरल सेवा, इएनटी, इमर्जेन्सी सेवा, प्रसुती सेवा दिने लगायतका सेवाहरु प्रभावकारी ढंगले प्रदान गर्ने भएको छ।
नगर अस्पताल उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीको विशेष आतिथ्यता रहेको थियो।त्यसैगरी उपस्थित जनप्रतिनिधिहरूमा गोकर्णेश्वर नगरपालिका अन्तर्गत वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइँकेल, वडा सदस्यहरु राजेश श्रेष्ठ, प्रेम बहादुर खड्का, लक्ष्मी गुरुङ, श्रीकृष्ण कारञ्जित, उमेश चालिसे, मञ्जु पुडासैनी, गमला परियार, सुनिता परियार, सुनिल कुमार गिरि, सचिन लामा, गोनपा ४ का वडा सचिव नवराज सेन, स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय, अस्पतालका प्रमुख डा. सिर्जना पाण्डेय, कार्यपालिका सदस्यहरु, विभिन्न राजनितिक दल संघ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु,बिभिन्न सामाजिक संघ संस्थाका अध्यक्षहरु,समाजसेवी, बुद्धिजीवी,कर्मचारीहरु लगायत स्थानिय दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।