दोहा कतार,
मुग्लानी खबर सम्बादाता,
४ अक्टोबर २०२४ का दिन संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारले विभिन्न विभागीय बाडफाँट गर्दै प्रथम केन्द्रिय बैठक सम्पन्न गरेको छ ।
मञ्चका अध्यक्ष डम्बर लिबाङ मिसेक को अध्यक्षतामा एसियन टाउन स्थित लालीगुराँस रेष्टुरेन्टमा आयोजित बैंठकमा अध्यक्ष लिबाङले १९ बुँदे कार्यपत्र प्रस्तुत गर्नका साथै सल्लाहकार समिति, सांस्कृतिक विभाग, अनुशासन तथा अनुगमन विभाग, प्रचार प्रसार विभाग, संघसंस्था समन्वय समिति निर्माण गरिएको छ ।
अध्यक्ष लिबाङ द्धारा प्रस्तुत १९ बुँदे कार्यपत्र सर्बतसम्म अनुमोदन गरि यथासिघ्र कार्यन्वयनमा अघि बढ्ने निर्णय समेत भएको छ । साथै सो बैंठक द्धारा निवर्तमान अध्यक्ष रेखा राई खामसामा लाई प्रमुख सल्लाहकारमा मनोनयन गरिएको छ भने, मंगलसिंङ वनेम र वीर वहादुर थापा (क्षेत्री)लाई विशेष सल्लाहकारमा मनोनयन गरिएको छ । यसैगरि सलिसाम कतारको विधानको धारा १२ को उपदफा २ र धारा १९ को उपधारा १ को ‘च’ अनुसार तिल विक्रम थेगिम, अन्जु राई, अमृता मगर, बालकुमारी तामाङ र सरिता तामाङ केन्द्रिय सदस्य पदका लागि मनोनयन भकाए छन ।
सोहि दिन सलिसाम कतारलाई हरेक कोणबाट क्रियाशिल राख्न विभिन्न विभागहरु निर्माण गर्ने क्रममा तेज बहादुर माङयुङको संयोजकत्वमा, उपसंयोजक छत्र करुम्बाङ, सदस्य सचिव भावना राई, रिता आङदेम्बे र सदस्यहरुमा गौतम सामी आङदेम्बे, तनुजा तामाङ, नविन धामी रहने गरि सांस्कृतिक विभाग र छत्र कुरुम्भङको संयोजकत्वमा, सह–संयोजक भविन्द्र तुम्बापो ताङसाहाङ र सदस्यहरुमा टिका मिभक, अमिर लावती र रुद्र तुम्बाहाङफे सदस्य रहने गरि प्रचार प्रसार विभाग, कुमारसिंङ योङहाङको संयोजकत्वमा उपसंयोजक युवराज वेघा, सदस्यहरुमा बेगेन्द्र लिम्बु लिङदम, पर्शुराम चौधरी र सदस्य सचिव रुद्र तुम्बाहाङफे रहने गरि अनुशासन तथा अनुगमन विभाग, तेज बहादुर थेवेको संयोजकत्वमा, सह–संयोजक सुमी गुरुङ र सदस्यहरुमा पर्शुराम चौधरी, तनुजा तामाङ, तेज कुमार माङयुङ, पुर्ण थेगिम लिम्बु र युवराज वेघा सदस्य रहने गरि कार्यक्रम व्यावस्थापन समिति, युवराज वेघाको संयोजकत्वमा, सह–संयोजक डिकलाल लिम्बु, सुमी गुरुङ, पर्शुराम चौधरी, बेगेन्द्र लिङदम लिम्बु, रुद्र तुम्बाहाङफे र तेज ब. माङयुङ सदस्य रहने गरि आर्थिक समिति, कुमारसिं योङहाङको संयोजकत्वमा छत्र कुरुम्भङ र भविन्द्र तुम्बापो ताङसाहाङ सदस्य रहने गरि स्थानिय संघसंस्था समन्वय समिति निर्माण गरिएको छ भने महिला विभाग, श्रमिक न्याय तथा समन्वय समिति, भोलेन्टियर्स, प्रशिक्षण विभाग को जिम्मेवारी अर्को बैठकले तोक्ने निर्णय संगै उक्त दिन नव निर्वाचित सदस्यहरु बिच परिचयात्मक कार्यक्रमको साथमा सम्पन्न भएको बैंठकमा कार्यलय सामाग्री, निर्वाचित सदस्यहरुलाई जिम्मेवारी पत्र हस्तान्तरण जस्ता महत्वपुर्ण कार्यहरु बिच भएका केन्द्रिय बैंठक महासचिव छत्र कुरुम्भङले संचालन गरेका मञ्चका प्रवक्ता भविन्द्र तुम्बापो ताङसाङहाङ ले मुग्लानी खबरलाई बताए ।