दोहा, कतार- नेपाल प्रवासी तामाङ समाज कतारको दशौं अधिवेशनबाट पुन : अध्यक्षमा सुवास पाख्रिन तामाङ सर्वसम्मतले निर्वाचित भएका छन।
तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुदृढिकरण, भन्ने मुल नाराका साथ प्रवासी भुमि कतारमा वैदेशिक रोजगारी तथा विभिन्न कारणले त्यहाँ रहेका तामाङ जातिलाई एकीकृत गर्दै तामाङ जातिको भाषा धर्म संस्कार संस्कृति तथा लिपिको संरक्षण लगायत समग्र बिकासमा सकृय भुमिका निर्वाह गर्दै आएको नेपाल प्रयासी तामाङ समाज कतारको दशौ अधिवेशनबाट सुवास तामाङको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको छ। दशौं अधिवेशन बाट नव निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ।
अध्यक्ष : सुबास तामाङ (धादिङ), प्रथम उपाध्यक्ष : आशिष मोक्तान (रामेछाप),द्वितीय उपाध्यक्ष : मोइराम तामाङ (धादिङ), महासचिव : श्रीबहादुर पाख्रिन (नुवाकोट),सचिव : श्री चित्र लामा (गोर्खा),कोषाध्यक्ष : गणेश लामा रुम्बा (भक्तपुर),सह कोषाध्यक्ष : भिम मम्बा (नुवाकोट),रहेका छन्।
त्यसैगरी केन्द्रिय कार्यसमिति सदस्यहरुमा : सन्जय पाख्रिन तामाङ (सिन्धुपाल्चोक), रुपेश ब्लोन तामाङ (नुवाकोट), कुमार ओख्रेली (सुकमान )(नुवाकोट),माया घिसिङ (झापा), मुनाल ब्लेन्देन तामाङ (नुवाकोट),सरला तामाङ (सिन्धुपाल्चोक), तुल बहादुर तामाङ (नुवाकोट), पेमा लामा (चितवन), वीर बहादुर मोक्तान (काठमाडौ), राजन स्याङ्तान तामाङ (धादिङ) लगायत रहेका छन्।
समाजका अध्यक्ष सुबास तामाङको सभ अध्यक्षता शुरु भएको कार्यक्रममा प्रमुख अतिथी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष डीएन मगर,बिशिष्ट अतिथिमा एन आर एन ए(एनसीसी) का उपाध्यक्ष केशब कार्की,विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,समाजसेवी ,बुद्धिजीवी,कलाकार तथा नेपाली दाजुभाई दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।