मुग्लानी खबर असार २०
रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरण अन्तरगत मंगलबार रातिको खेलपछि प्रिक्वाटरफाइलनका खेल सकिएका छन् । विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् ।
अब ८ राष्ट्र मात्र रुस विश्वकपको उपाधि दावेदारका रुपमा रहेका छन् । आयोजक रुससहित, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड र स्वीडेन प्रतिस्पर्धामा रहेको छन् ।
अब क्टाटरफाइलनका खेल आगामी शुक्रबार २ वटा र शनिबार २ वटा हुनेछन् ।
यस्तो हुँदैछ सेमिफाइलन प्रवेशका लागि भिडन्त
१.उरुग्वे–फ्रान्स, जुलाई, ६
२.ब्राजिल–बेल्जियम, जुलाई, ६
३.स्वीडेन–इङ्ल्याण्ड, जुलाई, ७
४.रुस–क्रोएसिया जुलाई, ७