मुग्लानी खबर असार १६
राजन लोहनी / कतार
कर्मयोगी चिन्तन, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण" मूल नारा लिएर अगाडी बढेको कर्मयोगी संस्थाको तेस्रो साधारण सभा दोहाको स्वागत रेस्टुरेन्टको सभाहलमा भएको थियो ।
साधारण सभा दीप प्रज्वलन र नेपालको राष्ट्रिय गीत बाट शुरु गरिएको थियो भने दिलिप शर्माले स्वागत मन्तव्य बाट सबै पुराना र नयाँ सदस्यहरुलाई स्वागत साथै आगामी दिनमा पनि विगतमा जस्तै हामी सबैलाई अझ सहकार्य गरेर मिलेर अगाडी बढ्न आग्रह गर्नुभएको थियो ।
संस्थाका कार्यसमिति सदस्यहरुले आफ्नो जिम्मेवारी अनुसार संस्थाको गतिविधि जनाकारी गराउनु भएको थियो ।
तेस्रो साधारण सभा सम्म आउदा संस्थामा नयाँ सदस्य बन्ने इच्छालिएर फारम भर्नु भएका धेरै मित्रहरु मध्ये आउने दिनमा संस्थाको सदस्यको रुपमा हामीसँग आजको दिनदेखि विभिन्न क्षेत्रमा विशिष्ट नेतृत्व र दक्षता हासिल गरेका ३० जना नयाँ सदस्य मित्रहरु स्वागत गरिएको छ र उहाँहरुको निवेदन स्वीकार गरिएको छ ।
नवलकिशोर गिरीको नेतृत्वमा रहेको पुरानो कार्यसमिति भंग गर्दै रुपकराज राउतको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।अर्जुन शर्मा लाई संस्थाको प्रवक्ता तोकिएको छ ।
संस्थाले हाल केही बालबालिकालाई २ वर्ष देखि पढाउदै आएको छ भने आउने दिनमा पनि निरन्तरता दिने नै छ | नेपालमा धर्मशाला, मन्दिर निर्माण र प्राकृतिक विपतमा पनि सहयोग गर्दै आएको छ। संस्थाले कमाएको नाफाको ३०% रकम सेवाक्षेत्रमा काम गर्नेछ ।
व्यक्ति मात्रै नभई उसको वरिपरी रहने सबैलाई सुखको बाटो देखाउनु सबैको कर्तव्य हो ।सभामा गजल, गीत, मनका कुरा साथै व्यक्तित्व विकास गराउने प्रयास पनि गरिएको थियो ।
कर्मयोगी संस्था "कर्मयोगी चिन्तन, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण" मूल नारा लिएर २०१५ जुनमा १२ जना संस्थापक मित्रहरुले परदेशको कमाई लाई कसरी सुरक्षित व्यवस्थापन गर्न सकिन्छ भनी सकारात्मक सोचले कर्मयोगी चिन्तन सृजना गरेर आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण बाट नै व्यक्ति, परिवार, समाज र राज्य बलियो हुन्छ र कर्मयोगीलाई देशकै एक प्रमुख अर्थतन्त्र हिस्सा बनाउने उदेश्य लिएको यो संस्थाले हरेक सदस्यहरुमा एकले सबैलाई र सबैले एकलाई व्यावहारिक रुपमा सहृदयताको कसीले बाँधेर आज तेस्रो साधारण सभा सम्म आउदा एक बृहत परिवार बनेको छ ।
हामी सँग नेपालका बिभिन्न भाषा, जाति, संस्कृति, परम्परा, तराई , पहाड र हिमालमा बसोवास गर्ने हामी नेपालीहरुको साझा फूलबारी निर्माण भएको छ ।
जसरी सयौं थुंगा फूलबाट एउटा सुन्दर माला निर्माण हुन्छ । त्यसैगरी हामी सबै मिलेर एकले अर्को लाई सहयोग गर्दै सुन्दर कर्मयोगी परिवार निमार्ण भएको छ ।
हाम्रो परिवारमा सानो, ठुलो, धनी, गरीब, घृणा, छल, कपट होइन दया, माया, प्रेम, सद्भाव, विश्वास र सहृदयता लाई लिएर हिड्ने सदस्य हुनुहुन्छ ।