"कास्की आदर्श सेवा समाज कतार'को अध्यक्षमा पुन अग्निधर देवकोटा "अग्नि" सर्वसम्मत निर्वाचित भएका छन्। गत शुक्रबार सनैयाको एक रेस्टुरेन्टको सभाहालमा भएको नवौं अधिवेशनबाट देवकोटा अध्यक्षमा निर्वाचीत भएका हुन ।
अध्यक्ष अग्निधर देवकोटाको सभापतित्व र नेपाली दूतावास दोहा कतारका प्रथम सचिव भोजराज भुसालको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रियकी अध्यक्ष सीता बरालको विशिष्ट अतिथि तथा रहेको थियो।
दोहामा स्थापित वैचारिक सामाजिक संस्थाहरूको अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा समाजलाई विभिन्न समयमा योगदान पुर्याउने सामाजिक संस्था सामाजिक व्यक्तित्व पत्रकारहरूलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भुसालले सामाजिक संस्थाहरूले दोहामा गर्दै आएको सामाजिक कार्यको खुलेर प्रशंसा गरेका थिए । अघिल्लो कार्यकालको कार्य प्रकृति विवरण र आर्थिक विवरणले कास्की आदर्श समाजले गरेको सामाजिक कार्यको छर्लङ्ग बनाएको बताएका थिए।
विशिष्ट अतिथि तथा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय सीता बरालले कास्की आदर्श समाज कतारको गतिविधि अत्यन्त सरानिय र एक्टिभ रोलमा रहेको बताउँदै अन्तर्राष्ट्रियलाई समेत कार्य गर्न उत्प्रेरणा मिलेको बताईन् । उत्कृस्ट कार्यको प्रशंसा गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षामा गरेको बताईन् ।
कार्यक्रममा संस्थालाई विभिन्न समयमा अनवरत रूपमा सहयोग पुर्याउँदै आएका स्याङ्जाका मोहम्मद अजिजालीलाई मानर्थ सदस्यद्वारा सम्मान गरिएको थियो। अलि नेपाली जनसम्पर्क समिति कतारका सभापति समेत रहेका छन्।
नवौँ अधिवेशनबाट निर्वाचन समितिको संयोजक विमल सुवेदीले प्रक्रियागत रुपमा निर्विरोध निर्वाचीत कार्यसमितिको घोषणा गरेका थिए ।
संस्थाका सचिव बिष्णु तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुरज रानाभाटले स्वागत मन्तव्य राखेका थिए।
सभापति देवकोटाले यो कार्यकालभरि सहयोग गर्नेहरु सबैलाई धन्यवाद दिँदै आजको यो कार्यक्रम सफल पार्न खट्नुभएका र उपस्थित सबैलाई धन्यवाद कार्यक्रम समापन गरेका थिए।
नयाँ कार्यसमितिको नाम क्रमश: मा
अध्यक्ष -श्री अगन्धर देवकोटा (अग्नि)
प्रथम उपाध्यक्ष -श्री अमृत बिश्वकर्मा
दितृय उपाध्यक्ष =श्री कृष्ण भण्डारी
तृतीय उपाध्यक्ष -श्री रामदास भुर्तेल
सचिव - श्री केदार भण्डारी
सह सचिव - श्री प्रेम रसाईली
कोषाध्यक्ष -श्री केशु गुरुङ
सह कोषाध्यक्ष - श्री ऋषिराम बिश्वकर्मा
सदस्य- श्री पुष्पराज तिमिल्सिना
सदस्य - श्री ऋषिराम भण्डारी
सदस्य -श्री जीवन बि क
सदस्य -श्री राजेन्द्र बि क
सदस्य - श्री चिरञ्जीवी अधिकारी
सदस्य -श्री शिव कुंवर
सदस्य -श्री राजन रानाभाट रहेका छ्न
कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना भन्ने मूल नाराका साथ २००२ मा स्थापित कास्की आदर्श समाज कतार कतारमा स्थापित सङ्घ संस्थाहरू मध्येको अग्रणी स्थानमा पर्दछ।