दोहा : "नेकपा एकिकृत समाजबादी पार्टी कि नेत्री,पूर्व मन्त्री एवंम प्रखर युवा राम कुमारी झाँक्रीले "डिजिटल भोटिङ’ को सम्भावना नरहेको बताएकि छिन ।
प्रवासी नेपाली एकता, मञ्च कतारले सेप्टेम्बर ६ तारिकका दिन दोहा स्थित "होटल क्राउनप्लाजाको सभाहलमा आयोजना गरेको बृहत तीज कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएकी हुन ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी झाँक्रीले विशेष गरि प्रवासमा रहेका नेपाली हरुले "डिजिटल भोटिङको" लागि माग गरेको बताएपनि अहिले त्यस्तो सम्भावना नरहेको जानकारी गराइन ।
" एनआरएन आइसीसीले गरेको "भेरो भोटिङ" समेत बिबादास्पद बनेको उदाहरण बताउदै, डिजिटल भोटिङले देश कै राजनितिमा समेत असर गर्न सक्छ !
उनले गैर "आवासीय नेपालीहरु" विशेष गरि नागरिक्ता परित्याग गरेका मात्रै रहेको जानकारी गराउदै, मध्यपुर्वका नेपाली हरुलाई छुट्टै संस्था आवश्यकता रहेको समेत बताइन् ।
पुर्व मन्त्री समेत रहेकी झाक्रीले देश बिकास नहुनुमा राजनीति ताल मेल नहुनु, धेरै भ्रष्टाचार हुनु, बिदेशबाट पठाएको रेमिट्यान्स लाई सहि सदुपयोग गर्न नसक्नु, बिदेशबाटमा सिकेको सिपलाई उचित ठाउँमा सदुपयोग गर्न नसक्नु,पार्टीगट बिचारमा बेमेल हुनु जस्ता कारण रहेको कार्यक्रममा बताइन ।
ट्रंक लाइनको बिजुली बक्यौताको बारेमा उपस्थितले गरेको प्रश्नमाथि बोल्दै झाँक्रीले व्यापारीसँग लिनुपर्ने पैसा लिने तर फ्याक्ट्री नै बन्द गर्ने तरिकाले लाइन काट्न चाहिँ उचित नरहेको तर्क गरिन ।
जमाना सोसल मिडियाको रहेपनि कहिले सकारात्मक कार्यगर्दापनि नकारात्मक सन्देश फैलाउइन्छ, त्यस तर्फ सबैले ध्यान दिनुपर्ने तर्क राख्दै,पार्टी गत सोच बिचारमा बाडिएर भन्दापनि देशको हित बिकास समृद्ध तर्फ सोच्न आग्रह गरिन ।
पहिले केही विशेष जिल्ला,धर्म वा ब्याक्तीले मान्दै आउदा ,तिजलाई हिन्दु महिलाहरूको महान पर्वको रूपमा लिने गरिन्थ्यो । तर आजभोलि यो पर्व, संसार भरिका महिला दिदिबहिनी हरुले मनाउन्छन, पाटी तथा संघसँस्थामा आवद्ध कुनैपनि धर्म मान्ने महिलाहरूले पनि यो तिज कार्यक्रममा भाग लिने र दर खाने नाच्ने गाउँनेमा भाग लिने गर्दछन । जसले गर्दा तिज हिन्दु महिलाको मात्र नभएर सम्पूर्ण जाति र भाषाका महिलाहरूको पर्व हुन पुगेको बताउदै सम्पुर्ण शुभकामना प्रकट गरिन । मञ्चका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान को अध्यक्षता,महिला बिभाग प्रमुख तथा कार्यक्रम संयोजक राम कुमारी तामाङको स्वागत मन्तव्य तथा सन्तोष रेग्मीले कार्यक्रमको सहजीकरण गरेका थिए ।
कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकार चर्चित गायिका जमुना सनमको विशेष प्रस्तुति सहित कतारमा रहेका करिव दर्जन भन्दा बढी कलाकारले आफ्नो प्रस्तुति पस्किएका थिए ।