दोहा :प्रवासी नेपाली एकता मञ्च कतारको( महिला बिभाग) को आयोजनामा हुन गहिरहेको "हरि तालिका तीज " कार्यक्रमको लागि पुर्व मन्त्री रामकुमारी सहित गायिका जमुना सनम कतार आइपुगेका छ्न ।
महान पर्व हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति दिन चर्चित गायिका जमुना सनम सहित पूर्व मन्त्री एवंम प्रखर युवा नेत्री राम कुमारी झाँक्री आज बिहिवार मध्याह्नतिर कतार आईपुगेकी हुन ।
कलाकारलाई स्वागत गर्नको लागि मञ्चका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रीयका उप -सचिव पदम गिरि, मध्यपुर्व इन्चार्ज गणेश ढकाल, कार्यक्रम संयोजक राम कुमारी तामाङ, लगायतका ब्याक्तित्वहरु हमद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
"मेरा त बुढाले रक्सी खादैनन,ओए सुन्तलि,रेलैमा फरर जस्ता थुप्रै तीज तथा लोकदोहोरी गीतमा स्वर दिएकी जमुना सोनम अहिले कि बहु -चर्चित गायिका हुन ।
सेप्टेम्बर ६ तारिकका दिन भोलि "शुक्रबार" मध्याह्न १२ बजेदेखी दोहा स्थित "होटल क्राउनप्लाजाको सभाहलमा हुने कार्यक्रममा नेपाल सहित कतारमा रहेका कलाकारहरुको भब्य सास्कृतिक प्रस्तुति सहित शुभकामना आदानप्रदान कार्यक्रम रहने छ ।
कार्यक्रममा दोहामा स्थापित सम्पूर्ण नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियान्ता, कलाकार , पत्रकारका साथै सम्पुर्ण दाजुभाई तथा दिदिबहिनिहरुलाई उपस्थितिको लागि निमन्त्रणा समेत गरिएको छ ।
यो कार्यक्रमले विदेशमा रहेका सबै नेपालीहरुलाई एक आपसमा सद्भाव जोड्ने महत्वपूर्ण कडी बन्ने आयोजक संस्था प्रवासी नेपाली एकता मञ्च कतार( महिला बिभाग)ले बिश्वास व्यक्तगरेको छ ।