दोहा : नेपाली प्रवासी श्रमिक संघ (GEFONT SUPPORT GROUP कताले बर्कद एरिया कमिटि बिस्तार गरेको छ ।
नेपाली श्रमिक हरुको हरेक दु:ख,सुखमा सहयात्री गर्दै अगाडि लम्कीरहेको संस्थाले बर्कद एरियामा झापा निवासी राना बहादुर निरौलाको अध्यक्षतामा १३ सदस्यीय एरिया कमिटी बिस्तार गर्न सफल भएको हो ।
कार्यसमितिको अन्य पदहरुमा, उपाध्यक्ष - बाचस पति आचर्य - झापा, सचिव - अशोक कुमार चौधरी सप्तरी, आर्थिक सचिव - दिल बहादुर भट्टराई - झापा रहेका छ्न ।
कार्यसमितिको अन्य पदहरुमा हरी बहादुर नेपाल - झापा, बाबुराम अधिकारी - अर्घखाँची, रमेश थापा -झापा, ढाल बहादुर बि.क. - बाग्लुङ्ग, इश्वर बहादुर पुन मगर - अर्घखाँची, यम बहादुर पुन मगर - रुपन्देही, भिम बहादुर थापा - रुपन्देही, जिवन कटुवाल - झापा कावाङ लामा - सिन्धुली रहेका छ्न ।
गत मिति ३० अगस्ट २०२४ तदनुसार (२०८१ भदौं १४ ) गते शुक्रवारका दिन नेपाली प्रवासी श्रमिक संघ GEFONT SUPPORT GROUP कतारका एरिया इन्चार्ज गणेश प्रसाद दुलालको अध्यक्षतामा, संघका उपाध्यक्ष नवराज शाहीको प्रमुख आतिथ्यतामा,बिशेष अतिथि जिफन्ट कतारका महासचिव लोक थापाको उपस्थिती साथै GSG कतारका केन्द्रिय कमिटी सद्स्यहरुको उपस्थितिमा बर्कद एरिया भेला तथा पशिक्षण कार्यक्रम २०२४ सम्पन्न भएको हो ।
कार्यक्रममा लोक थापा र प्रमुख अतिथि नवराज शाहीले श्रमिक आन्दोलन र जिफन्टको इतिहासको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रमको सहजीकरण तथा स्वागत संघका संगठन सचिव गिरि प्रसाद दर्लामीको रहेको थियो । एरिया इन्चार्ज गणेश प्रसाद दुलालले अब हरेक कम्पनीमा एक जना जिफन्टको श्रमिक अभियान्ता हुनु जरुरी छ भन्दै कार्यक्रम समापन गरेका थिए ।