तिल विक्रम थेवे
दोहा कतार
ताप्लेजुङ पाथीभरा सेवा समाज कतारले अगष्ट ३०, २०२४ मा चौथो अधिवेसन भव्यरुपमा सम्पन्न गरयो ।
अधिवेसनबाट कुमार खडका दुईवर्षे कार्यकालको लागि सर्वसम्मत निर्वाचित भए । यस अघि महासचिव रहेका नवनिर्वाचित अध्यक्ष खडकाको नेतृत्वमा गोपाल खतिवडा बरिष्ठ उपाध्यक्ष, दुर्गा गुरुङ उपाध्यक्ष, शिला गुरुङ महिला उपाध्यक्ष, सागर तुम्बाहाम्फे महासचिव, विवस मादेन सचिव, केदार पौडेल सचिव, प्रकाश गुरुङ कोषाध्यक्ष र चन्द्र पतङवा सहकोषाध्यक्षमा निर्वाचित भए ।
अन्य कार्यसमिति सदस्यहरुमा गणेश खडका, टिकाराम गुरुङ, सिपी गुरुङ, खगेन्द्र सेन्दाङ, पासाङ लामा, दिपक प्रसाई, योग्य कार्की र पासाङ शेर्पा निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष खडका र महासचिव सागर तुम्बाहाम्फेले बताए ।
नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक राजेन्द्र साम्याङखामले शपथग्रहण गराउदै प्रमाणपत्र प्रदान गरेका थिए ।
अधिवेसनका प्रमुख अतिथी एनआरएनए एनसीसीका अध्यक्ष रमेश भटटले ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथीभरा देवीमा आफु गएको र पहाडी जिल्ला ताप्लेजुङको रमणिय स्थानहरुले आफु प्रभावित भएको बताउदै ताप्लेजुङ जिल्लाको सौन्दर्यताको प्रशंसा गरे । एनआरएनए एनसीसी कतार ताप्लेजुङ पाथीभरा सेवा समाज कतार लगायत कतारमा रहेका सवै संघसस्थाहरुसंग सधै हातेमालो गर्दै सहकार्य गरिरहेको पनि बताए ।
यस्तै नेपाली जन सम्पर्क समिति कतारमा सभापती मो.अजिज अली, नेपाली जनप्रगतिशील मन्च कतारका महासचिव योगेन्द्र तामाङ, प्रवासी नेपाली एकता मन्च कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमान, नेपाल आदीवासी जनजाति महासंघ कतारका महासचिव धिरेन तामाङ, नेपाल पत्रकार महासंघ कतारका सचिव दिलीप पराजुली, कोशी प्रदेश समन्वय समिति कतारका महासचिव निरन नेपाल, गण्डकी प्रदेश समन्वय समिति कतारका अध्यक्ष विक्की विक, लुम्बिनी प्रदेश समन्वय समिति कतारका सचिव श्रीधर आचार्य, खोटाङ सेवा समाज कतारका उपाध्यक्ष पर्शुराम श्रेष्ठ, मोरङ सुनसरी सेवा समाज कतारका उपाध्यक्ष भीम बराईली, प्रवासी झापाली सेवा समाज कतारका अध्यक्ष केशव कार्की, धनकुटा सेवा समाज कतारका अध्यक्ष तिलविक्रम मगर, भोजपुर सेवा समाज कतारका अध्यक्ष गोविन्द कटुवाल, संखुवासभा सेवा समाज कतारका अध्यक्ष राजेन्द्र खनाल, कतारस्थित नेपाली समाज भित्रका अभियन्ताहरु सागर नेपाल, चानक पोखरेल, विनेस तामाङ, तेज कटुवाल, पत्रकार तिलविक्रम थेवे लगायतले अधिवेसनको शुभकामना दिएका थिए ।
अधिवेसनमा ईलाम सेवा समाज कतारका अध्यक्ष खडक फागो, कियाचु कतारका महासचिव विरेन मादेन, पाँचथर सेवा समाज कतारका उपाध्यक्ष भवानी प्रसाद ओझा, दलित एकता सन्जाल कतारका अध्यक्ष किरण परियार, संघिय लिम्बुवान मन्चका कुमारसिङ योङहाङ, तमु (गुरुङ) समाज कतार तथा अन्य संघसस्थाहरुको पनि उपस्थिति रहेको थियो ।
तत्कालिन संस्थाका अध्यक्ष दुर्गा प्याकुरेलको अध्यक्षता, महासचिव कुमार खडकाको संचालन र उपाध्यक्ष गोपाल खतिवडाको स्वागत मन्तव्य रहेको उदघाटन समारोहलाई कियाचु कतारका केलाङ समुह र अन्य कलाकारहरुको सुमधुर सांगितीक प्रस्तुतीले कार्यक्रम थप रोचक बनाएको थियो ।