दोहा / नेपाली नारीहरुको महान पर्व “तीज" को अवसरमा "सचेतना कार्यक्रम सहित शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक, कार्यक्रमको लागि चर्चित लोक तथा दोहोरी गायीका, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रिय अध्यक्ष "रिता थापा मगर" कतार आइपुगेकी छिन ।
अध्यक्ष मगरलाई स्वागत गर्नको लागि कतारको हमाद अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाली महिला समाज कतारकि अध्यक्ष माया केसी, एनआरएनए आइसिसि सदस्य तेज कटुवाल,एनआरएन एनसीसी कतार (महिला बिभाग) संयोजक शुष्मा खतिवडा कटुवाल, लोकदोहोरी प्रतिष्ठान कतार शाखा अध्यक्ष शिवराम ढकाल, लगायत विभिन्न व्याक्तित्व हरुको उपस्थिति रहेको थियो । मगरलाई फुल गुच्छा सहित खादा मालाले स्वागत गरिएको थियो ।
"गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको महिला बिभाग र नेपाली महिला समाज कतारको समन्वयमा कतारमा स्थापित ६२ भन्दा बढी संघ–संस्थाहरुको संयुक्त आयोजनामा, "रमाईलो तिज" सचेतना तथा विविध साँस्कृतिक कार्यक्रम, आगामी ३० अगष्ट २०२४, शुक्रबार ट्यूनिसियन स्कुल, अल लक्तामा हुन लागेको हो ।
कार्यक्रममा अतिथि कलाकार मगर सहित कतारमा स्थापित दर्जन भन्दा बढी कलाकार हरुको बेजोड साङ्गितिक प्रस्तुति रहने कार्यक्रममा, महिलाहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने पुरुषका लागि ३५ कतारी रियाल शुल्क तोकिएको छ ।
कतारका विभिन्न स्थानमा रहेका महिला चेलीबेटीहरूको सहजताका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको छ ।
कार्यक्रममा कतारमा स्थापित संघ- संस्था तथा महिला प्रतिनिधिहरु , सामाजिक अभियान्ताहरु, पत्रकार एवम् कतारबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा उक्त कार्यक्रममा गरिमामय सहभागिताको लागि "रमाइलो तीज" कार्यक्रमका आयोजक संस्था हरुले अनुरोध गरेका छ्न ।