दोहा कतार,
“जिउदाको जन्ती मर्दाको मलामी, हामी ईलामेली” भन्ने नारा बोकेको ईलाम सेवा समाज दोहा कतारले गत अगष्ट २३, २०२४ मा चौथो अधिवेसन भव्यरुपमा सम्पन्न गरयो ।
अधिवेसनबाट खडक फागो बनेम लिम्बु सर्वसम्मत २०२४–०२६ कार्यकालको लागी पुन निर्वाचित भएकाछन् । अध्यक्ष फागोको नेतृत्वमा सर्वसम्मत निर्वाचित कार्यसमितिमा तोरण बस्नेत बरिष्ठ उपाध्यक्ष, मन्जु गुरुङ प्रथम उपाध्यक्ष, सुवास निरौला द्धितीय उपाध्यक्ष, ज्ञानेन्द्र रसाईली महासचिव, मनकुमार योङहाङ लिम्बु उपमहासचिव, रविना मगर सचिव, चुडामणी घिमिरे (श्याम) कोषाध्यक्ष र विवेक आचार्य सहकोषाध्यक्षमा सर्वसम्मत निर्वाचित भए ।
निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक तिलविक्रम थेवेले शपथ ग्रहण गराउदै निर्वाचन समितिका सदस्यद्धय धन बहादुर विश्वकर्मा र रेनु कार्कीले संयुक्त रुपमा प्रमाण्पत्र प्रदान गरेका थिए ।
अन्य कार्यसमिति सदस्यहरुमा रविन रेग्मी, लक्ष्मी सापकोटा ज्योती गौतम, अनु तामाङ र सुनिता आङदेम्बे राई, निर्वाचित भए भने संस्थाको विधानअनुसार बाँकी रिक्त पदहरु निकट भविष्यमा संस्थाले पदपुर्ति गर्दै जाने नवनिर्वाचित अध्यक्ष फागो र नवनिर्वाचित महासचिव रसाईलीले बताए । अधिवेसनले सस्थापक अध्यक्ष धन बहादुर विश्वकर्मालाई संस्थाको सम्मानित संरक्षक मनोनयन गरयो ।
अधिवेसनका प्रमुख अतिथी नेपाली राजदुतावास दोहा कतारका कार्यवाहक राजदुत कुमार राईले अधिवेसनको उदघाटन गर्दै पर्यटनको लागी भौगोलिक सुन्दरता बोकेको पुर्वनेपालको हरियाली जिल्ला अनेक “अ” को उपनामले परिचित ईलाम अकवरे खुर्सानी, अम्लिसो, अलैची, ओलन (दुग्घ व्यवसाय), आलु, अदुवा, अर्थोडक्स चिया, ओखती (विभिन्न जंगली जडीबुडी),अरुणेदय (धेरैओटा थुम्कोहरुबाट सुर्योदयको अवलोकन गर्न सकिने) र अतिथी देवो भवःको स्वभावको समाज रहेको ईलाम साँच्चै महत्वपुर्ण जिल्ला रहेको बताए । कार्यवाहक राजदुत राईले आफुले विभिन्न राष्ट्रहरुको प्राकृतिक, मानवनिर्मित अत्यन्त सुन्दर ठाँउहरुको अवलोकन गर्ने अवसर पाएपनि ईलामको सुन्दरताचाही आफनो मानसपटलमा अविस्मरणिय रहेको बताउदै नयाँ कार्यसमितिलाई शुभकामना दिदै कतारमा रहेका ईलामेलीहरुको एकता र सभ्य समाजको पहिचानलाई निरन्तरता दिदै सदाझै सवै नेपाली समुदायसंग हातेमालो गर्दै सहकार्य गर्दै समाजसेवामा विशुद्ध भावनाले समाज सेवामा लागीरहन सुझाव दिए ।
अधिवेसनमा आमन्त्रित कतारस्थित विभिन्न संघसस्थाका प्रतिनिधिहरु एनआरएनए एनसीसी कतारका द्धितीय उपाध्यक्ष केशव कार्की, आदिवासी जनजाती महासंघ कतारका उपाध्यक्ष राकेश श्रेष्ठ, कोशी प्रदेश समन्वय समिति कतारका अध्यक्ष दुर्गा प्याकुरेल, कोशी प्रदेश समन्वय समिति कतारका महासचिव निरन नेपाल, दलित एकता संन्जाल कतारका अध्यक्ष किरण परियार, पाथिभरा ताप्लेजुङ सेवा समाज कतारका उपाध्यक्ष गोपाल खतिवडा, पाँचथर सेवा समाज कतारका अध्यक्ष लीला राई, संखुवासभा सेवा समाज कतारका अध्यक्ष राजेन्द्र खनाल, तेह्रथुम सेवा समाज कतारका उपाध्यक्ष महेन्द्र उप्रेती, धनकुटा सेवा समाज कतारका कोषाध्यक्ष देव सुन्दास, किरात याक्थुङ चुम्लुङका कतारका अध्यक्ष सागर तुम्बाहाम्फे, नेपाल मगर संघ कतारका अध्यक्ष रेशम आले मगर, तमु गुरुङ समाज कतारका अध्यक्ष टौमाया गुरुङ, युवा बुद्धिजीवी विवस मादेन, समाजिक अभियन्ता मान बहादुर तामाङ, ईलाम सेवा समाज कतारका संस्थापक अध्यक्ष धन बहादुर विश्वकर्मा, संस्थापक प्रथम उपाध्यक्ष रेनु कार्की, सस्थापक सल्लाहकार तिलविक्रम थेवे लगायतले अधिवेसनको शुभकामना दिएका थिए ।
संस्थाका अध्यक्ष खडक फागोको अध्यक्षता, महासचिव ज्ञानेन्द्र रसाईलीको संचालन र प्रथम उपाध्यक्ष तोरण बस्नेतको स्वागत मन्तव्य रहेको उदघाटन समारोहलाई अनु तामाङ, जुनुमाया कुमाल, सुनिता शेर्पा, रीना लिङदेन, लोक दोहोरी प्रतिष्ठान कतारका रामहरी चौलागाई, सरला तामाङ, लक्ष्मी कार्की लगायतका कलाकारहरुको सुमधुर सांगितीक प्रस्तुतीले कार्यक्रम थप रोचक भएको बरिष्ठ पत्रकार तिलविक्रम थेबेले मुग्लानी खबरलाई जानकारी गराएका छन। ।