दोहा : कतार नेपाली एकता समाज `केन्द्रिय समिति´को आयोजनामा दोहामा बृहत प्रगतिशील तीज कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।
समाजले "हरितालिका तीज " पर्वको अवसरमा यहि २३ अगष्ट २०२४ का दिन सनैया फुलबारी रेस्टुरेन्टको सभाहलमा बृहत "प्रगतिशील तिज" कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अखिल नेपाल महिला संघकी अध्यक्ष तथा पूर्व सांसद मिना पुनले कतार आएर पनि महान चाड तीज दिदिबहिनी हरुसङ्ग मनाउन पाएकोमा आभार प्रकट गरिन ।
पुनले कार्यक्रमको समयमा "रास्ट्रिय गान" नबजाएको प्रती मञ्चमा बोल्ने प्रतीनिधीहरुले इङ्गित गर्दै उठाएको विषयमा लाई सम्बोधन गर्दै "रास्ट्रिय गान" आफ्नो पार्टीले केवल सरकारी कार्यलय तथा कार्यक्रममा मात्रै बजाउने बताइन् ।
"राष्ट्रिय गान कुनै पनि राष्ट्रको राष्ट्रभक्तिले ओतप्रोत भएको आधिकारिक गीत तथा देश प्रेमले भरिएको संगीत रचना भएको हुँदा पार्टीगत कार्यक्रममा नबजाउने स्पस्ट पारिन ।
बिगतमा तीज पर्व केही निश्चिति समुदाय,तथा ब्याक्ती हरुले मनाउदै आएपनि, अहिले नेपालमा बसोबास गर्ने हरेक जाती समुदायमा सहित बिश्वमा रहेका थुप्रै नेपालीले तीज मनाउन लागेको समेत बताइन ।
"तीज गीतलाई माध्यम बनाए राजनीति पार्टीले महिलाहरुलाई जागरुक बनाउदै मुलुकमा लोकतन्त्र स्थापना गर्न, बिकृती बिसङ्गति विरुद्ध, महिला ससक्तीकरण, महिला हक अधिकारको निम्ति ठुलो भुमिका खेलेको छ । तीज पर्वले अत्यन्तै सहयोग पुर्याएको छ । तर केही समय देखी "तीज " पर्वले बिकृती बिसङ्गति पुर्याएको छ । गरिव र धनी महिला हरुले तीज मनाउने खाडल पुर्ती गर्न आवश्यक रहेको पुन ले औल्याइन ।
कतार समृद्धि र बिकासले धेरै अगाडि छ, धेरै नेपाली श्रमिक हरुले रोजगारिको अवसर प्राप्त गर्न सकिरहेका छन । वैदेशिक रोजगारिको लागि आएका नेपाली हरुलेनै पठाएको रेमिट्यान्सले देश चलेको छ । मुलुक परिबर्तन गर्ने आधार हामी सङ्ग भएपनि बिकशीत राजनीति अस्थिरताको कारण देश बिकास गर्न गाह्रो भएको पुन को जिकिर छ ।
समृद्ध नेपाल सूखी नेपाली, भन्ने नारा लगाउने पार्टी नै देश चलाउने भएपनि देशलाई सूखी, समृद्धि बिकास गर्ने भन्दा केवल सत्ता लिप्तमा ध्यान दिएको आरोप पुन को छ ।
पूर्व सांसद समेत रहेकी मिना पुनले देशका गाउँ गाउँमा पर्यटन,जलबिद्युत,कृषी लगायत बाटपनि आयश्रोतको सम्भावना रहेपनि सरकारले उचित ध्यान नदिदा देशले फड्को मार्न नसकिरहेको समेत बताइन् ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन ले संस्थाले गर्ने कार्यक्रम केवल नाच्ने गाउने रमाउने भन्दापनि विशेष गरेर नेपाली श्रमिक, मजदुर बर्गको निम्ती, हक अधिकारको लागि कार्ययोजना गरिरहेको बताए । महिला हरुको शसक्ती करण, विभेद बिरुद्ध शसक्त ढङ्गले अगाडि, महिला एकता भयो भने प्रदेशको भुमिमा विभिन्न किसिममा ढगी प्रभोलनमा पर्न बाट बाच्न सकिने बताउदै तीज पर्वको शुभकामना व्यक्त गरे।
कार्यक्रममा एनआरएनए कतार, विभिन्न जिल्ला,प्रदेश,बैचारिक, पत्रकार महासंघ लगायतका उपस्थिति संघ संस्थाबाट तीज पर्वको शुभकामना मन्तव्य साहित आफ्नो राय सुझाव हरु राखेका थिए । कार्यक्रममा "समाज " प्रवेश गर्नेलाई सदस्यता बितरण गरिएको थियो ।
कार्यक्रममा रक्तीम साँस्कृतिक परिवार कतारका कलाकार हरु लगायत कतारमा स्थापित कलाकारहरुको रक्तिमले भाव प्रेरित गीत सङ्गीत सहित,थुप्रै नेपाली मौलिक तीज गीतमा आफ्नो प्रस्तुति राखेका थिए ।
समाजका महिला बिभाग प्रमुख जानुका बस्नेतको स्वागत मन्तव्य,महासचिव मिनराज पुन ले सहजीकरण गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राम प्रसाद पराजुलीले कतार नेपाली एकता समाज सधै नेपाली मजदुरको हक,हितको पक्षमा लडिरहेको बताए । पराजुलीले पासपोर्ट बनाउनको लागि नै केही दलालिले ४,५ सय कतारी रियल लिने गरेको शुचना प्राप्त गरेको बताउदै, यदि त्यस्तो ब्याक्ती कसैले चिनेको भए खवर गर्न आग्रह गरे ।
समाजका कोइ ब्यक्ती भए आफुहरुले तुरुन्तै कार्बाही प्रक्रिया अगाडि बढाउने जानकारी गराउदै कार्यक्रममा उपस्थिति तथा साथ सहयोग गर्ने सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।