दोहा : किरात राई यायोख्या शाखा कतारले आफ्नो २१ औं स्थापना दिवस "विविध कार्यक्रम गर्दै´ रेडचिल्ली रेस्टुरेन्टको सभाहलमा भब्यताका साथ मनाएको छ ।
"भाषा, धर्म, लिपी र संस्कृति हाम्रो पहिचान, किरात राईहरुको एकता हाम्रो अभियान" भन्ने मुल नारालाई लिएर स्थापना गरिएको, कार्यक्रममा संस्थाका अध्यक्ष जीवन राईको सभापतित्वमा तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरको प्रमुख आथित्यता रहेको थियो ।
"कार्यक्रममा महासंघ कतारमा आबद्द विभिन्न मातृ संस्थाका प्रतिनिधि तथा सल्लाहकार हरु, सामाजिक तथा बौद्धिक व्याक्तित्व, पत्रकार लगायत किरात राई हरुको बाक्लो उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रमको समउट्घाटन गरि सुचारु गरिएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राज कुमार राइले स्वागत मन्तव्य राखेका थिए भने कलाकारहरु द्वारा किराति रास्ट्रिय गान "यो भुमी चुम्ने " )बोल्को स्वागत गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको बारेमा प्रथम उपाध्यक्ष प्रेम ब. राईले प्रष्ट पारे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगरले किरात राई यायोख्या कतारले गरेका विभिन्न कार्यहरुको चर्चा गरे । २१ बर्ष पहिले कतार आएका राइले स्थापना गरिएको संस्थाले आफ्नो भाषा, धर्म, लिपि, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्न महत्त्वपूर्ण भुमिका खेलेको बताए ।
मगरले आफ्नो हक, अधिकार र पहिचानको निम्ति प्रवासमा रहेर पनि सक्दो योगदान पुर्याउने कुरामा जोड दिदै संस्थाका उत्तर उत्तर प्रगतिको कामना गर्दै आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपस्थित कलाकार हरुद्वारा विभिन्न सांस्कृतिक प्रस्तुति साकेला सिलि, सास्कृतिक झाकी लगायत विविध मनोरञ्जनात्मक प्रस्तुति हरु पस्किएका थिए ।
संस्थापक सदस्य बर्तमान सल्लाहकार, अमृत कुमार राईलाई संस्था तथा समुदायलाई पुर्याएको योगदानको कदर गर्दै "फेटा सहित मायाको चिनो" प्रदान गरिएको थियो । कार्यक्रममा चिट्ठा समेत काटिएको पनि थियो ।
संस्थाका महासचिव लक्ष्मी प्रसाद राईले सहजीकरण गरेको कार्यक्रम लाई समापन गर्दै सभापति जीवन राईले किराति राई हरुको आफ्नै गर्विलो इतिहास रहेको बताउँदै आफ्नो संस्कार र सभ्यता बचाई राख्न कहिल्यै पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दै उपस्थिति सम्पुर्ण प्रती धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।