काठमाण्डौं । नोजाको दशौ बार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ । माकलबारी स्थित जया मल्टिपल क्याम्पसको सभा हलमा राष्ट्रिय अनलाइन पत्रकार संघ नोजाका संस्थापक अध्यक्ष मुकुन्द कुमार ढुंगानाको अध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रुपमा बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले आतिथ्यता ग्रहण गर्नु भएको कार्यक्रमलाई नोजाका संस्थापक सल्लाहकार तथा शिक्षाविद् भवानी प्रसाद पौडेलले आफ्नो मौलिक विचार सहित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष सावित्री सुनुवार, गोकर्णेश्वर नगरपालिका वडा नं ४का पुर्व वडाध्यक्ष श्रीकुमार श्रेष्ठ, सहिद पार्क ब्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल, बरिष्ठ समाजसेवी उक्त पुडासैनी, लोकतान्त्रिक पत्रकार मञ्चका अध्यक्ष कुमार ओझा, संचार ब्यवसायी राजकुमार हुमागाई लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि मन्त्री विमल ठकुरीले ब्यानरको ब्यहोरा बाचन गर्दै गमलामा जलार्पण गरी कार्यक्रमको औपचारिक शिलान्यास गर्नुभएको थियो । हरेक बर्ष प्रदान गरिने नोजा पत्रकारिता अवार्ड को रु ११,१११ धनराशी सहितको पुरस्कार बरिष्ठ पत्रकार झरना अधिकारीलाई प्रदान गरिएको थियो भने यस पुरस्कारका लागि जया फाउन्डेसनले सहजीकरण गरेको थियो ।
नोजाले आफ्नो १०औ वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गरे बापत विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको । जसअनुसार पर्यटन क्षेत्रको बिकासमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार, समाजसेवाको क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत उत्तम पुडासैनी,शिक्षा क्षेत्रमा सिर्जनशील र उत्कृष्ट योगदान दिए बापत युरो किड्स बुढानिलकण्ठको प्रिन्सिपल रिंकु ढकाल,सफल महिला उद्यमीको रुपमा महिला उद्यमी विनिता रावल,युवा तथा बालबालिकाको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेबापत विकास सुनुवारलाई सम्मान प्रदान गरिएको थिय।
त्यस्तै गरी युवा उद्यमशीलताको क्षेत्रमा ठोस योगदान दिएबापत छेवागं नुर्पु शेर्पा, पत्रकारितामा उत्कृष्ठ योगदान दिएबापत नेपाल अमेरिका प्रेस क्लवका सदस्य बिजय रावल, फोटो पत्रकारितामा उत्कृष्ट कार्य सम्पादन गरे वापत कुमार जुग्जाली,पर्यटन पत्रकारितामा उत्कृष्ट योगदान दिए बापत शान्ति नेपाल मिडियाका अध्यक्ष राजकुमार हुमागाँइ र धर्म गुरु प्रकाश भुजेललाई धार्मिक पर्यटन विकासमा उत्कृष्ट योगदान दिए बापत सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमको उत्तरार्धमा वक्ताहरुले पर्यटनको विकासका लागि अनलाईन मिडिया तथा अनलाइन पत्रकारको अति महत्वपूर्ण भूमिका रहने बताउँदै जिम्मेवार र मर्यादित भएर समाचार लेखन,सम्पादन तथा सम्प्रेषण गर्नलाई सुझाव दिएका थिए ।