दोहा : नेपाल आदिवासी जनजाती महासङ्घ कतार समानान्तर तदर्थ समितिका संयोजक इन्द्र तामाङले संघीय बिधान लाई (कतार शाखा ) ले नमान्दा "तदर्थ समिति" खोल्न बाध्य भएको बताएका छ्न ।
मुग्लानी खबर सङ्गको छोटो कुराकानीमा तामाङले "नेपाल आदिवासी जनजाती महासङ्घ कतार "शाखा " लाई पत्रै काटेर केन्द्रले निर्देशन जारी गरेको थियो तर
केन्द्रको निर्देशन बिपरितका गतिबिधि गरिएपछि केही असन्तुष्ट मातृ संस्थाका पदाधिकारीहरूको विशेष बैठकले "नेपाल आदिवासी जनजाति महासंघ कतार" समानान्तर तदर्थ समिति गठन गरिएको दाबी गरे ।
विभिन्न चरणको बार्ता र एकताको असफल प्रयास र ब्याबस्थाको कारण आफुहरु आगाडी बडेको संयोजक तामाङले बताए ।
असन्तुष्ट मातृ संस्थाका पदाधिकारीहरूको २९ जुलाईमा बसेको बैठकले इन्द्र तामाङकाे संयोजकत्वमा ७ सदस्सीय तदर्थ समिति गठन गरेको छ । समितिको सदस्य सचिव चन्द्र ल्हेगे तमु, सदस्यहरू सुनिल कुमार मण्डल, रामचन्द्र माझी, चनिलाल राजवंशी, देवी थेगुवा लिम्बू र गजेन्द्र राई रहेका छन् ।
जनजातिहरुको मातृ संस्थामा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतार, तमु पे ल्हु संघ शाखा कतार, नेपाली धानुक समाज कतार, राजवंशी समाज कतार ,माझी सेवा समाज कतार“युमा साम्यो महासभा कतार” लगायतको संस्थाले प्रारम्भिक समितिको तयारी गरिएको बताइएकोछ ।
आगामी दिनमा अन्य आदिवासी संस्थालाई समेट्दै शाखा कतार स्थापना गरिने तदर्थ समितिको निस्कर्ष रहेको छ । समितिको बैठकले निकट भविष्यमा नै संस्थाले संघीय समितिसंग स्वीकृती लिएर आधिकारिक शाखा स्थापना गरी पहिलो अधिवेशन गर्ने जनाएको छ।