काठमाडौँ- मनास्लु वर्ल्ड कलेजले कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीको सभा हलमा एक कार्यक्रमको आयोजना गरि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभा अध्यक्षतामा शुरु भएको कार्यक्रममा वरिष्ठ पाइलट क्या. विजय लामाको प्रमुख आतिथ्यता रहेको थियो ।त्यसैगरी कार्यक्रमका बिशेष अतिथिहरूमा नेपाल आइडल सिजन-५ का विजेता करण परियार, उत्प्रेरक वक्ताहरू रोहित मल्ल र सन्तोष लामा ,विभिन्न क्षेत्रका अन्य विशिष्ट व्यक्तित्वहरु, मनास्लु वर्ल्ड कलेजका प्रधानाध्यापक राजन श्रेष्ठ, कार्यकारी निर्देशक कुमार मोक्तान, शिक्षक, शिक्षिका, कर्मचारी, कक्षा ११ र कक्षा १२ को उल्लेखनीय उपस्थिति रहेको थियो। कलेजका प्रिन्सिपल राजन श्रेष्ठले आफ्नो स्वागत मन्तब्य राख्दै शैक्षिक सफलता जीपीए ले मात्र अर्थ नराख्ने बताउदै सिपमुलक र क्षमतावान, दक्क्षतायुक्त, कुसंस्कार, विश्वका कुनै पनि देशमा प्रतिष्पर्धा गर्न सक्षम हुनुपर्ने जनाए। प्रिन्सिपल श्रेष्ठले कार्यक्रमको उद्देश्य, औचित्य,बर्तमान शैक्षिक अवस्था र कलेजका निकट भाबि योजना समेत प्रष्ट पार्दै मनास्लु मा भर्ना भएका विद्यार्थीलाई कदापि पश्चाताप हुनु नपर्नेमा बिश्वस्त रहन समेत आग्रह गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि लामाले आफ्नो सारगर्वित भनाई राख्दै आफ्ना मिहिनेत, अनुभव, भोगाई, शैक्षिक अबस्था, शैक्षिक बाताबरण ,नेपालको तात्कालीन शैक्षिक अबस्था बर्तमान अबस्था शैक्षिक र रोजगारीका चुनौती र अवसर लगायत विविध बिषयमा जानकारी दिदै मिहिनेत र परिश्रम गरे असम्भव केहि नहुने समेत सुझाब दिएका थिए। क्या. लामाले 'घाटी हेरी हाड निल्नु' भन्ने उखानलाई चरितार्थ गर्दै अनावश्यक र असम्भव कुराको पछाडी नलाग्न तर सम्भव हुने हरेक कुरामा सफलता प्राप्त गर्न सकिने बताएका थिए । यसैक्रममा कार्यक्रमका विशेष अतिथि तथा उत्प्रेरक वक्ता द्वय रोहित मल्ल र सन्तोष लामाले शिक्षाको महत्वको चर्चा गर्दै सफलताका विभिन्न उदाहरणहरू प्रस्तुत गरेका थिए। उनले पछिल्लो पुस्ताले आमा, बुबा र गुरुको मान सम्मान गर्नुपर्ने शिक्षित मात्र होइन सक्षम र असल सस्कारी हुनुपर्नेमा जोड दिएका थिए भने नेपाल आइडल सिजन ५ का विजेता करण परियारले आफ्नो साङ्गीतिक प्रस्तुतिबाट सबैलाई मनोरन्जन प्रदान गरेका थिए। त्यसैगरी मनास्लु वर्ल्ड कलेजका कलाकार बिधार्थीहरुले गीत, नृत्य बाट कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए।कार्यक्रममा मिस्टर एन्ड मिस मनास्लु २०८० का अन्तिम प्रतियोगी र विजेताहरूले पनि विशेष प्रस्तुति दिएका थिए।
कार्यक्रमकै अवसर पारेर कलेजले नेपाल आइडल सिजन-५ का विजेता करण परियारलाई विशेष सम्मान गरेको थियो। त्यस्तै कलेजका बास्केटबल कोच सुनिल योज्ननलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। त्यस्तै नेपाल बाट अन्तर्राष्ट्रिय अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेर जान लागेका आकृति खापुङ लिम्बू, सोम्या सुन्दास, अस्मिता दाहाल र प्रशंसा डोटेल पनि उक्त अवसरमा सम्मानित भएका थिए। मनास्लु मा कक्षा १२ मा अध्यनरत छात्रा क्रिस्टिना पुरीले आफ्नो अनुभवका बारेमा बताएकी थिइन भने कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै छात्रा अञ्जना राई र कक्षा ११ मै भर्ना भएकी लालिमा राईले मनास्लु जस्तो प्रतिष्ठित कलेजमा पढ्न पाउनु आफ्नो भाग्य भएको समेत बताईन। आफ्ना अनुभव सुनाउने क्रममा मिस मनास्लु २०८० विजेता तथा हाल कलेजकी सद्भावना दूत रहेकी स्यारुन लामा वाइबाले आफू आजको स्थानमा आउनुमा परिवार र मनास्लु वर्ल्ड कलेजको विशेष भूमिका रहेको बताइन् । आफ्नो सपना, सङ्घर्ष, हालसम्मका उपलब्धि र भावी योजना बारेको समेत चर्चा गरेकी उनले मनास्लु मा भर्ना भएका प्रत्येक विद्यार्थीको भविष्य उज्ज्वल हुने धारणा समेत राखेकी थिइन्।कार्यक्रममा सह प्रधानाध्यापक गोपाल श्रेष्ठले कलेजका बारे जानकारी दिँदै के गर्ने, के नगर्ने लगायत विषयहरूमा जानकारी दिँदै सबैले अनुशासनको पालना गर्दै कलेजको नियम भित्र रहन समेत सुझाव दिएका थिए ।
कार्यक्रमका सभा अध्यक्ष तथा कलेजका अध्यक्ष गेन्द्र लामाले बिशेष गरि यो कार्यक्रम कलेजको बारे सूचना, मनोरञ्जन र विधार्थीलाई कलेजका नीति नियम शैक्षिक बाताबरण लगायत विविध जानकारी प्रदान गर्न आयोजना गरिएको बताएका थिए । उनले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा धन्यवाद दिँदै नव आगन्तुक विद्यार्थीलाई कलेजमा स्वागत गर्दै विद्यार्थीको कलेज प्रतिको बिश्वास गुम्न नदिने प्रतिबद्धता जनाएका थिए। कार्यक्रमको सहजीकरण मिस नेपाल २००५ तथा कुशल कार्यक्रम सञ्चालिका सुगारिका केसीले गरेकी थिइन्।