दोहा : वैदेशिक रोजगारिको सिलसिलामा कतारमा रहेका खस क्षत्री हरुको साझा संस्था "क्षत्री समाज कतार"ले १४ औं स्थापना दिवस मनाउने भएको छ ।
सम्पूर्ण क्षत्री हरु एक हौ शान्त, समृद्ध र सम्पन्न नेपालको परिकल्पना लाई साकार पारौ " भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै सन : २०१० मा स्थापना गरिएको समाजले भब्यताका साथ स्थापना दिवस मनाउन लागिएको, अध्यक्ष श्याम कुमार डांगीले बताए ।
आगामी अगस्ट २ तारिक शुक्रबारको दिन,वेलफेर रेस्टुरेन्ट प्लाजा मल सनैयाको सभाहलमा बिहान ठिक ११:३०बजे औपचारिक रुपमा संचालन हुने कार्यक्रमा कतारमा स्थापित सम्पूर्ण संघ संस्थाका प्रमुख,पत्रकार,कलाकार, साहित्यकार, बुद्धिजीवी ,समाजसेवी दाजुभाई तथा दिदीबहिनीहरु साथै सम्पुर्ण क्षत्री हरुमा उपस्थितिको निम्ति आग्रह गरिएको समाजका महासचिव टीका कार्कि बताउन्छन ।
कार्यक्रममा शुभकामना आदानप्रदान सहित कतारमा स्थापित कलाकारहरु द्वारा नेपाली मौलिकतामा आधारित रहेर विभिन्न नृत्य, गायन सहितका प्रस्तुति रहनेछ्न ।
समाजले स्थापना काल देखीनै प्रवासमा रोजगारिको शिलशिलामा आएका सम्पुर्ण खस क्षत्री हरुलाइ एकताबद्द गरि हरेक आपत बिपतमा साथ सहयोग सहकार्य सङ्गै यहाँ रहेका विभिन्न सङ्ग सस्था हरु सङ्ग हातेमालो गर्दै सामाजिक कार्य गर्दै आएको छ ।