दोहा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै बेइमानीका कारण नयाँ गठबन्धन बनेको बताए ।
'सरकार प्रचण्डैकै कारण फेरिएको हो,' उनले भने, 'कहिले यता, कहिले उता गर्ने प्रचण्डको अस्थिरता नै सरकार परिवर्तनको कारक हो ।'
प्रचण्ड प्रधानमन्त्री बन्दा मुलुकको राजनीतिक अवस्था अस्थिर बन्यो । हुँदाहुँदै २० सिटे प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूको सरकार बनाएका हौँ,' उनले भने ।
प्रवासी मञ्च कतारको सातौँ अधिवेशनलाई दोहामा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आउँदो निर्वाचनमा माओवादीको साथ नलिने कांग्रेस र एमालेबीच सर्त समेत रहेको खुलासा गरे ।
पोखरेलले छिमेकी सङ्ग कि झरङ्ग रिसाएर गाली गर्ने कित, घुडा टेक्ने प्रवृत्तिको कारण हेपिएको बताए । "समृद्धि नेपाल सुखी नेपाल" बनाउनको लागि उद्योग - कलकारखाना , उर्जा,कृषी,पर्यटन लगायतका कुरामा ध्यान दिनुपर्ने बताए ।
प्रवासी नेपाली श्रमिकहरुले पठाएको रेमिट्यान्सले देश धानेको बोल्दै पोखरेलले, नयाँ सरकारले "रेमिट्यान्स" ब्याबस्थित बनाउने कार्यमा जोड दिने बताए ।
देश समृद्धि बनाउने कुरामा होश वा रोजगारी सृजना गर्ने कुरामा केपी ओलिको सरकार दृढ़ रहेको कुरामा बिश्वास दिलाउदै "समृद्ध नेपाल सूखी नेपाली" बनाउने अभियानमै रहेको बताए । देशको अस्थिर सरकारको कारण शिक्षा,स्वास्थ,बेरोजगारी,उत्पादनक मुलक क्षेत्र दिनानू दिन घट्दो क्रममा रहेको कारण स्थाइ सरकार आवस्यक छ । सोही कारण बामपन्थी भन्दा कामपन्थी एकता चाहिएको छ ।
पार्टीका प्रवास सङ्गठन "प्रवासी नेपाली मञ्च" बिश्वका ३७ देशमा फैलिएको छ, पार्टीले लिएको मिसन (८४) लाई पूरागर्न प्रवासका सङ्गठनहरुको भुमिका पनि अतुलनीय रहेको बताउदै सबैजना एकजुट भएर लाग्नुपर्नेमा पोखरेल ले जोड दिए ।
अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरिया मञ्चका अन्तराष्ट्रिय कमिटी अध्यक्ष सन्जय थापा, अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेल,कोशि प्रदेश कमिटी अध्यक्ष घनस्याम खतीवडा,मञ्चका अन्तराष्ट्रिय कमिटीका सदस्य शालिक राम पन्त,मध्यपुर्व संयोजक प्रकाश कोइराला, मञ्च कतार संस्थापक अध्यक्ष तथा मध्यपूर्व इन्चार्ज कमलमणि गुरागाईं, एनआरएनए कतार अध्यक्ष रमेश भट्ट लगायत कतारमा स्थापित विभिन्न बैचारिक तथा सामाजिक संघ संस्था तथा सामाजिक व्याक्तीत्व हरुको उपस्थिति सहित मन्तव्य रहेको थियो ।
सातौँ अधिवेसन समितिका संयोजक अफसर अलि खानको अध्यक्षता,सचिव बिनेष तामाङको सहजीकरण सहित उपाध्यक्ष बिजय बस्नेत को स्वागत मन्तव्य रहेको थियो । सातौं अधिबेशन उट्घाटन कार्यक्रम सनैयामा अवस्थित डल्ला ड्राइभिङ (स्कुल ) को सभाहल र बन्दसत्र फुलबारि रेस्टुरेन्टको सभाहलमा गरिएको थियो । यद्यपि विविध कारण जनाउदै "बन्द सत्र " कार्यक्रम सनिवार आजसम्म स्थगन गरिएको छ, सम्भवत मञ्चले आज नयाँ कार्यसमिति पाउने छ ।