दोहा । नेपाली राजदूतावास कतार, एनआरएन एनसीसी कतार र नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा कतारमा स्थापित ६० भन्दा बढी नेपाली संघ-संस्थाको संयुक्त आयोजनामा "बृहत रक्तदान" कार्यक्रम हुँने भएको छ ।
रक्तदान कार्यक्रम यही १९ जुलाई २०२४ का दिन बिहान ८ बजेदेखि नेपाली दुतावासको हलमा हुने जानकारी एनआरएन एनसीसी कतारका अध्यक्ष रमेश भट्टले दिएका छन्।
रक्तदान आफैमा एउटा पुण्यको काम हो । प्रत्यक्ष पुण्य कमाउनको लागी रक्तदान भन्दा ठुलो अर्को कुनै उपाय छैन ।आफ्नो सानो सहयोगले बिपतमा परेकाहरुको जीवन रक्षा जस्तो मानवीय कार्य गर्न पाउनु आफैमा गौरवको कुरा हो । यसै अनुरुप जीवन जोखिममा रहेका मानिसहरुको रक्षाको लागी मानवीय कार्यलाई अगाडी सार्दै समाजले रक्तदानको कार्यक्रमको आयोजना गर्न लागेको हो ।
रक्तदान गर्न आउने दाताहरुले निम्नवकुराहरुलाई ख्याल गर्नु पर्ने छ । रक्तदाताले - :
आफ्नो परिचय पत्र लाइसेन्स वा हेल्थ कार्ड साथमा लिएर आउनु पर्ने छ । बाहिरको मुलुकबाट कतार प्रवेश गरेको ६ महिना र अघिल्लो पटक रक्तदान गरेको २ महिना पुगेको हुनु पर्ने छ । एन्टिबायोटिक या अन्य औषधि प्रयोग नगरेको साथै २४ घण्टा भित्र मदिरा सेवन गरेको हुनु हुदैन । रक्त दान गर्दा खाली पेटहुनु हुदैन भने रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुने छन् । त्यसै गरि दाताको उमेर १८ देखि ६५ बर्षको भित्ररहनु पर्नेका साथै ५० किलो ओजन हुनु आवस्य छ।
रक्तदान कार्यक्रममा कतारमा रहका सम्पूर्ण नेपाली दाजुभाईदिदीबहिनीहरु लगाएत कतारमा स्थापित नेपाली समुदायका प्रमुख तथा प्रतिनिधिहरु, सदस्यहरु, पेशागत ब्यबसायीहरु, बुद्दिजीवी, समाजसेवी, पत्रकार लगाएत सबैलाई यस पुण्य कार्यमा सहभागी भई सहयोग गरिदिन एनआरएन एनसीसी कतारलेल हार्दिक अपिल गरेको छ ।
रक्तदान कार्यक्रममा सहभागी हुन चाहने कसैलाई पनि बिस्तृत जानकारी चाहिएको खण्डमा एनआरएन एनसीसी कतारसँग पदाधिकारीहरुसंग सम्पर्क गर्न सकिने छ ।