मुग्लानी खबर असार ९
राजेश प्रसाईं `सिनामे´
मानव जातिमा जब जब चेतनाको बिकास बढ्दै जान्छ तब शिक्षा हासिल गर्छ नै चेतनशिल प्राणी पनि मान्छेलाई मानिन्छ अाज बिज्ञानको अाविस्कार गरेर बैज्ञानिकहरूले सामान्य मान्छेले कल्पना नै गर्न नसकेका कुराहरू व्यबहारमा उतार्छन् | अचम्म मान्नु पर्ने कुरा चाहिँ छैन तर... प्रसंग बदल्न चाहान्छु | पुरूषबादको अन्त्य भने अझै भएको छैन |
गर्भमा छोरा भए राख्ने अनि छोरी भए भ्रुण हत्या गराउने अामा,बुबाहरू पनि प्रसस्तै देख्न सुन्न पाईन्छ | कागजी कानुन त बन्यो छोरा,छोरी समान हक अधिकार भन्ने तर भिन्नता र भ्रम भने अझै मानसपटलबाट हटाउन सकेका छैनन् जति नै शिक्षित परिवार नै किन नहोस् ?
अाजकल सरकारले पनि ३ महिना सम्मको गर्भ पतन गराउन सकिने कानुन् त बनाएको छ तर... त्यसमा बिकृति भने धेरै नै देखिन्छ | मानव धर्मको सायद यो २१अौं शताब्दिको अन्त्य अन्त्य तिर अाएर सायद पाप धर्मको कुनै महत्व नरहेको पनि सहजै भन्न सकिन्छ | पुर्खाहरूको भनाई थियो जस्को छोरा तेसको धन , जस्को बस्तु त्यसको वन भन्ने उक्ति सुन्नमा अाउथ्यो अनि भका भक सन्तानको वृद्धि गर्थे चलेकै थियो संस्कार अहिले अाएर दुई सन्तान सानो परिवार सुखी परिवार भन्ने सुन्नमा पाइन्छ ठिकै पनि हो तर अर्को कुरा एक सन्तान के सन्तान भन्ने पनि समाज मै सुन्न पाइन्छ | मेरो मतलव सन्तान वृद्धि गर्नु पर्छ भन्नेमा चाहिँ होइन | भनाई सत्य यो होकि भ्रुण हत्या गर्नु भन्दा विभिन्न किसिमका अस्थाई साधनहरू बजारमा छ्याप छ्याप्ती पाइन्छ प्रयोग गर्नु गर्भ पतन भने नगरेको राम्रो भन्न मात्र खोजेको हो |
भारतको अाशामबाट बरिष्ट कवि बिनोद वशिष्ठका निकै मिठास अनि भाव युक्त रसिला कविताहरू हामीहरूले पढेर रसस्वादन गर्ने मौंका भने दिई नै रहनु हुन्छ | त्यस्तै गरेर अाज उहाँले एउटा कविता अनुरोधलाई स्विकारेर पठाउनु भएको छ | कवितामा कवि अहिलेको जल्दो बल्दो समाजमा देखिएका पुरूषहरूबाट नै भेरै गल्तिहरू अन्याय हुन्छ भन्ने सुष्म अध्यान गरेर भन्छन | अाफ्नै रगतको विज हत्या किन हुन्छ ? देव कन्याहरूको किन नास गर्छन् माहा मानव बन्न सिक यो त प्रकृति नियम नै हो किन अन्त्य गर्छौ भन्दै समाजमा चेतना मुलक संदेश बोकेको यो कविता पढ्न नभुल्नु होला है |
बिनोद वशिष्ठ
रौता, उदालगुडी् अाशाम भारत
"स्वार्थी-पुरुष"
ए! स्वार्थी पुरुष हो !!
पहिला नियालेर हेर आफैलाई,
पित्रृ योग्य बनाँउ, त्यो शरिरलाई...!
आँफैमा छ तिम्रो..! पुत्र-बीजको कमि,
किन मुर्ख बनेर , त्यस्तो अत्याचार गर्छौं !?
महान मातृत्वलाई व्यर्थै, मरेतुल्य पार्छौं !!
आँफ्नै रगतबाट..! जब छोरी जन्मि भनी ।
ए! पापी पुरुष हो !!
एउटै गल्ती प्रत्येक- बार
तिमी, दोह्याउछौं नै किन?
गर्भ भित्रै देव-कन्या ! हत्या गर्छौं किन ?
आँफ्नै संतान जब ! तिम्रो छोरी भैदिएँ,
पराई छोरी-चेली! तिमी, ताकि्-ताकि् हिड्छौं!
केको् अधिकारले, खोजी- माँगी हिड्छौं..!? आँफ्नै घरमा तिमीलाई! जब बुहारी चाहिए।
पहिलो, तिम्रो दृष्टिलाई, परिस्कार गर
छोरा-छोरी दुवैलाई ! एउटै नजरले हेर,
छोरी-चेलिले कतै, आँमा- बाउलाई !
हत्या- गर्या भनि, सुन्न पाईन्छर..!??
बरु! याहाँ त ईतिहास पनि साक्षी छ....
पर्शुरामले आँफ्नै..! आमा हत्या गर्य्या रे
पनि, जता-त्यतै! पढ्न पाईन्छ ।
ए! जिव श्रेष्ठ पुरुष !
कमजोडि् आँफ्नै देख्दैनौं तिमी
विज्ञानलाई किन मान्दैनौं तिमी,
पत्निलाई मत्रै, दोषी्- दोषी्
अनायसै अत्यचार गर्दछौं तिमी ।
योत् प्रकृतिकै धर्म हो !
मानव विस्तारको कर्म हो !!
याहाँ मानव अस्तित्व, बचाँउनका निम्ती,
दुवै जातकै जरुरी हुन्छ,
आखिर! नारीजातिलाई मासेर...,
एक्लो-पुरुष ! कसरीपो् सफल हुन्छ..!??
आँफ्नो कमजोरी बुझ्नसके्..!
याहाँ ज्ञानबाटै् सृष्टि हुन्छ..!
फरक केवल एतिनै छ !
ए! स्वार्थी पुरुष हो !!
शाश्त्रले पनि भनिराछ्....,
नारीबाट् केवल!
नारी बिजकै सृष्टि हुन्छ...!
पुरुषबाट मत्रै पुत्र,
जब् पुरुष बीजकै कमि रहें ...!
तिम्रा ! कता् जालान सुत्र !?? ।।
"'''''""""''"
*******"""""""'''""