दिलमाया तामाङ
काठमाडौँ, १ साउन l काठमाडौंको चुच्चे पाटीमा अवस्थित मनास्लु वर्ल्ड कलेज उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा परिचीत कलेजले आफ्नो स्थापना देखि विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकायहरूमा स्नातक तहसम्मको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विगत चार वर्ष देखि शिक्षण-सिकाइ प्रविधि र अनुसन्धानमा आफ्नो उल्लेखनीय योगदान दिदै आएको यस कलेजमा करिब चार हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन।
शिक्षा, विविधता र उत्कृष्टताको प्रतीक: मनास्लु वर्ल्ड कलेज वि.सं. २०७७ सालमा स्थापना भई कक्षा ११ मा नयाँ भर्ना लिएर आफ्नो यात्रा सुरु गरेको थियो। कोभिड-१९ महामारीका बाबजुद पनि कलेजको भौतिक संरचना निर्माण गरी कक्षा ११ मा उल्लेख्य रूपमा विद्यार्थी भर्ना संगै पठनपाठन गराउन सफल भएको थियो।
पहिलो वर्षमै विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा तथा कानुन संकायमा पठनपाठन सुरु गरी मनास्लु वर्ल्ड कलेजले आफ्नो स्थान स्थापित गरेको छ। कलेजको मुख्य लक्ष्य भविष्यका नेतृत्वदायी भूमिकामा सक्षम जनशक्ति उत्पादन गर्नु हो। यस उद्देश्यलाई साकार पार्न, कलेजले जीवन उपयोगी शिक्षा, सीपमूलक तालिमहरू साथै विभिन्न अतिरिक्त क्रियाकलापहरूको आयोजना गरिरहेको छ।
कलेजले आफ्नो स्थापनाको पहिलो वर्षमा विभिन्न विधामा उत्कृष्ट काम गरिरहेका व्यक्तित्वहरूलाई “मनास्लु सम्मान २०७७” अन्तर्गत सम्मान गरेको थियो। जसनुसार मन्डेकाजी श्रेष्ठलाई “मनास्लु खेलाडी सम्मान २०७७”, ऋषि धमलालाई “मनास्लु पत्रकारिता सम्मान २०७७”, शिशिर भण्डारीलाई “मनास्लु समाजसेवी सम्मान २०७७”, र राजेन्द्र लुइँटेललाई “मनास्लु व्यवसायी सम्मान २०७७” बाट सम्मानित गरिएको थियो।
यस कलेजका अध्यक्ष गेन्द्र लामालाई “शिक्षासेवी विशेष सम्मान २०७७” ले रिपोर्टस क्लब नेपालको २३ औं वार्षिक उत्सवको समारोहमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले सम्मान गरेका थिए। साथै, कलेजका प्रिन्सिपल राजन श्रेष्ठले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका थिए l
मनास्लु वर्ल्ड कलेजका पहिलो व्याजका सम्पूर्ण विद्यार्थीहरूले शत प्रतिशत १००% नतिजा ल्याउन सफल भएका थिए। यस शैक्षिक सत्रबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू मध्ये नैना श्रेष्ठ र लक्ष्मी लामाले एम.बी.बी.एस. अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए। त्यस्तै गरी, सजिन तामाङ भारत सरकारको छात्रवृत्ति पाएर इन्जिनियरिङ अध्ययनका लागि छनोट हुन सफल भएका हुन । मनास्लु वर्ल्ड कलेजबाट कक्षा १२ पास गरेका विद्यार्थीहरू विभिन्न विश्वविध्यालयहरूमा आंशिक छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेका थिए ।
मनास्लु वर्ल्ड कलेजको नवीनतम उपलब्धिहरू र सम्मान कार्यक्रमहरु: गत शैक्षिक सत्रमा, उत्कृष्ट नतिजा ल्याउन सफल विध्यार्थीहरू मध्ये नैना श्रेष्ठ र लक्ष्मी लामाले नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि छनोट सफल भएका थिए भने सजिन तामाङले भारत सरकारको छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययनका लागि अवसर प्राप्त गरेका थिए।
त्यसैगरी कलेजले "मनास्लु सम्मान २०७८" अन्तर्गत पलेसा गोवर्धन (खेलाडी सम्मान), जीवराम भण्डारी (पत्रकारिता सम्मान), धिरज राई (कलाकारिता सम्मान), र कर्ण बहादुर शाही (शिक्षासेवी सम्मान) बाट सम्मान गरेको थियो।
कलेजले तेस्रो वर्षमा पनि "मनास्लु सम्मान २०७९" कार्यक्रम मार्फत पारस खड्का (खेलाडी सम्मान), टीकाराम यात्री (पत्रकारिता सम्मान), शम्भुजीत बास्कोटा (संगित कर्मी सम्मान), ऋतुराज सापकोटा (शिक्षासेवी सम्मान), र रामजी अधिकारी (समाजसेवी सम्मान) प्रदान गरेको थियो l
अन्तर्राष्ट्रिय छात्रवृत्ति:यस कलेजका छात्रा आकृति राईले संयुक्त राज्य अमेरिकामा अध्यापनका लागि फुलब्राईट छात्रवृत्ति प्राप्त गरेकी थिइन् । यसैगरी, कलेजले अन्तराष्ट्रिय स्तरको व्यवस्थापकीय क्षमता राखेको प्रमाणिकरण गरेको छ।कलेजले विभिन्न शैक्षिक, बौद्धिक तथा व्यक्तिगत बुद्धि विकासका लागि अन्तराष्ट्रिय शैक्षिक भ्रमण २०७९ संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना गरेको थियो। उक्त वर्ष कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरूको लागि अभिमुखीकरण कार्यक्रम पनि संचालन समेत गरेको थियो ।
कलेजले "मनास्लु सम्मान २०८०" मार्फत एरिका गुरुङ (खेलाडी सम्मान), जगदिश खरेल (संचारकर्मी सम्मान), कुन्ती मोक्तान (संगित कर्मी सम्मान), जयन्ति सत्याल अधिकारी (शिक्षासेवी सम्मान), र बालकृष्ण बुर्लाकोटी (समाजसेवी सम्मान) द्वारा सम्मान गरेको थियो।
मनास्लु वर्ल्ड कलेजको मुख्य उदेश्य सक्षम जनशक्ति उत्पादन गरि निकट भविष्यमा नेतृत्वदायी भूमिकामा पुर्याउनु हो। यस उद्देश्यलाई साकार पार्न, कलेजले जीवन उपयोगी शिक्षा, सीपमूलक तालिमहरू साथै विभिन्न अतिरिक्त क्रियाकलापहरूको आयोजना गरिरहेको छ।त्यसैगरी कलेजले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले "मनास्लु डान्सिङ स्टार २०८०", "मिस्टर एण्ड मिस मनास्लु २०८०", र "मनास्लु आइडल २०८०" कार्यक्रमको शुरुवात पनि गरेको छ।मनास्लु वर्ल्ड कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै विविधता र उत्कृष्टतालाई समर्थन गर्दै शैक्षिक संस्थानको रूपमा आफूलाई स्थापना गरेको छ।
मनास्लु बाट प्लस टु अध्ययन सकेर ‘अमेरिकी सरकारले प्रदान गर्ने ‘अपर्चुनिटि फण्ड ग्राण्टि २०२४’ (विभिन्न विश्वविद्यालयमा स्नातक तह पढ्नका लागि छात्रवृत्ति प्रदान गर्दै आएको अमेरिकी सरकारको एउटा कार्यक्रम) मा छनोट भएकी तेह्रथुमकी आकृति लिम्बु कलेज प्रवेश गरेको त्यो दिन सम्झँदै भन्छिन्, “मनास्लु वर्ल्ड कलेज छान्नु मेरो जीवनको सबैभन्दा राम्रो निर्णय थियो ।”
मनास्लु वर्ल्ड कलेज बाट प्लस टु अध्ययन पुरा गरि 'महात्मा गान्धी स्कलरसिप’ मा पूर्ण छात्रवृत्तिमा नाम निकालेर हाल अध्ययनरत सिन्धुपाल्चोकका सुजन तामाङ 'मनास्लुले आफूलाई सक्षम बनाउन ठुलो योगदान गरेको बताउँछन्।' यी त केही प्रतिनिधि पात्र मात्रै हुन्। मनास्लुमा पढ्ने प्राय सबै विद्यार्थीहरूले यस किसिमका कुनै न कुनै सफलता हात पारेकै छन्।
मनास्लु वर्ल्ड कलेज:भावी नेतृत्वको घर अर्थात ‘अ होम फर फ्युचर लिडर्स’ अर्थात् भावी नेतृत्वको घर भन्ने नारासहित स्थापित मनास्लु वर्ल्ड कलेजले हरेक क्षेत्रमा सक्षम नेतृत्व जन्माउने प्रमुख उद्देश्य राखेको छ। यसका लागि कलेजले विद्यार्थीले रोजेको विषयमा प्रयोगात्मक र सीपमूलक ज्ञान प्रदान गर्दै आएको छ।प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय सञ्चालित छन। यी संकायमा भर्ना भएका विद्यार्थीहरूले कोर्सको माग अनुसार प्रयोगात्मक ज्ञान जस्तै बैंक सम्बन्धी तालिम, होटेल व्यवस्थापन सम्बन्धी तालिम आदि सञ्चालन गर्दै आएको छ। मानविकी मा पत्रकारिता पढ्ने विद्यार्थीका लागि रेडियो, टेलिभिजन स्टुडियोहरूको भ्रमण गराई प्रयोगात्मक शिक्षा दिइन्छ। विद्यार्थीहरू सिप नभएर बेरोजगार हुन नपरोस् भन्ने उद्देश्यले तालिम लिन चाहने विद्यार्थीलाई कलेजले फोटोग्राफी, भिडियोग्राफी, ग्राफिक डिजाइनिङ आदि तालिम पनि दिने गरेको छ। कानुन संकाय पढ्ने विद्यार्थीका लागि कानुनका विज्ञहरू ल्याएर र अदालत भ्रमण गराएर पनि कलेजले आजको परिवेश सुहाउँदो शिक्षा दिने गरेको छ। कलेजले फरक फरक विषयका लागि फरक फरक सुविधा सम्पन्न ल्याबहरूको व्यवस्था गरेको छ। आफ्ना विद्यार्थीहरूको असल चरित्र र संस्कार निर्माणमा समेत मनास्लु वर्ल्ड कलेजले विशेष ध्यान दिने गरेको छ। आजको पुस्ताका विद्यार्थीको मनोभावना बुझ्न सक्ने दक्ष र तालिम प्राप्त अध्यापकहरू मनास्लुले छनोट गरेको छ। विद्यार्थी केन्द्रित शिक्षण सिकाइ पद्धति अवलम्बन गर्ने यी अध्यापकहरू उच्च शैक्षिक योग्यता र अनुभव प्राप्त छन्। शिक्षण सिकाइलाई एउटा रोचक प्रक्रिया बनाउनुपर्छ भन्ने मान्यता राख्ने मनास्लु वर्ल्ड कलेजले विद्यार्थीमा अन्तर्निहित रुचि र प्रतिभा विकास गरी त्यसैलाई उसको भविष्य बनाउने प्रयास गर्छ।
मनास्लु वर्ल्ड कलेज: उत्कृष्ट शिक्षाका लागि प्रतिबद्धता: मुलुककै एक प्रतिष्ठित शैक्षिक संस्था मनास्लु वर्ल्ड कलेज मनास्लु टिम अफ एन्ट्रप्रेनर द्वारा संचालित कलेजको ब्यबस्थापन टिम विद्यार्थी र उद्यमीहरूको सही मिश्रण हो, जसले कलेजलाई उत्कृष्ट शिक्षा प्रदान गर्न प्रयासरत छ। स्थापना कालदेखि यस कलेजले गुणस्तरीय शिक्षा प्रदान गरि अन्तर्राष्ट्रिय शैक्षिक प्रतिस्पर्धामा क्षमतावान नेपाली जनशक्तिको उपस्थिति गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपाल र नेपालीको पहिचान कायम गरि गर्व गर्न लायक बनाउने उदेश्य अनुरुप अगाडी बढिरहेको छ।मनास्लु वर्ल्ड कलेज विविधता, आजीवन शिक्षा र उत्कृष्टता प्रति प्रतिबद्ध छ। यी मूल्यहरूलाई विद्यार्थीहरूमा प्रवर्द्धन गर्दै, कलेजले शिक्षा-अध्ययन, अनुसन्धान, र समुदाय सेवा कार्यक्रमहरू मार्फत विद्यार्थीहरूको समग्र विकासलाई जोड दिदै आएको छ।
शैक्षिक अभ्यास र सम्बन्ध: मनास्लु वर्ल्ड कलेजले उच्च प्रेरित विद्यार्थीहरूले राष्ट्रिय शिक्षा मानकका साथै स्थानीय र अन्तर्राष्ट्रिय बजारमा माग रहेका विषयहरूमा पठनपाठन गराउदै आएको छ। कलेजले विभिन्न क्षेत्रका बुद्धिजीवीहरूसँग समन्वय र सहकार्य गर्दै आएको छ।जसबाट बिद्यार्थीहरुको शिक्षण सिकाईमा मद्धत, प्रोत्साहनमा अहम भुमिका खेल्ने गर्दछ।
आईएसओ(ISO)सर्टिफाइड कलेज; मनास्लु वर्ल्ड कलेजले आईएसओ सर्टिफाइड प्रमाणपत्र प्राप्त गरेको छ । रजत जयन्तीको अवसरमा कलेजलाई क्वालिटी म्यानेजमेन्ट स्टिम युकेबाट आईएसओ सर्टिफाइड २००९ः२०१५ प्रमाणित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। मनास्लु वर्ल्ड कलेज एउटा कर्पोरेट हाउस अन्तर्गत सञ्चालित कलेज हो।
उच्चस्तरीय भौतिक संरचनामा अध्यापन:अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचना यस मनास्लुको अर्को विशेषता हो । कलेजमा अत्याधुनिक सुविधा सम्पन्न भौतिक पूर्वाधार कलेजमा छन् । हरेक कक्षाकोठामा एसी, प्रोजेक्टर छन् भने कलेजको आफ्नै होस्टेल पनि छ । स्कुल कलेजका विद्यार्थीहरू कलेजकै होस्टेलमा बसेर पढ्न सक्छन् । मनास्लुको शुल्क पनि अधिकांश विद्यार्थी र अभिभावकको लागि भार नपर्ने खालको छ । त्यसमा मनास्लु नै पढ्न चाहने विद्यार्थीलाई शुल्क तिर्न नसकेको आधारमा पढ्नबाट वञ्चित गराउने अवस्था अहिलेसम्म नरहेको अध्यक्ष गेन्द्र लामाको भनाइ छ ।
एसइई (SEE) सम्मान कार्यक्रम: बुधबार राजधानीको चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित एसइई सम्मान कार्यक्रमको आयोजना गरि कलेजले एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने १०० भन्दा बढी विद्यालयका ३०० विद्यार्थीहरूलाई सम्मान गरेको थियो। उक्त कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले समानका लागि मनास्लु वर्ल्ड कलेजलाई धन्यवाद दिए भने प्लस टु अध्ययनका लागि आफ्नो पहिलो रोजाइ मनास्लु नै हुने समेत बताए।'
कलेजका अध्यक्ष गेन्द्र लामाले भन्छन 'शिक्षाको मूल्य समाजभित्र विचारमा लागू हुन्छ जसले अलग अवस्थामा व्यवहार गर्नै पर्ने अस्तित्वमा यसकाे चयन अत्यन्त महत्त्वपूर्ण हो।"
त्यसैगरी कलेजका प्रीन्सिपल राजन श्रेष्ठको" विद्यार्थीहरू, परिवार र शिक्षकहरूको त्रिभुजीय प्रयासको लामो यात्रा हो जसमा यो समर्थन पारिवारिक विकासका लागि समर्थन ।" भनाई छ।
मनास्लुमा, विभिन्न क्षमता स्तरका छात्रहरूलाई शिक्षा प्रक्रियामा प्रयास गर्न अनुमति दिने समग्र दृष्टिकोण अवलम्बन गरिएको छ। कलेज लेवलका विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा र अनुसन्धानको रूपमा उत्कृष्ट ज्ञान र धाराबाहिक अभ्यासको माध्यमबाट सम्पूर्ण प्रगतिका लागि प्रोत्साहन प्रदान गर्ने एक उत्कृष्ट कलेज भएको हुदा एसईई पछिको उत्कृष्ट गन्तव्य मान्न सकिन्छ संचालक तथा फाईनान्स डिरेक्टर कुमार लामा बताउछन्।
छोटो समयमा मनास्लुको उचाई कसरी: यस बिषयमा कलेजका अध्यक्ष गेन्द्र लामाका अनुसार "मनास्लु वर्ल्ड कलेजलाई यति छोटो समयमा हजारौ विद्यार्थी र अभिभावकहरुको शैक्षिक भरोसाको रुपमा परिचित गराउन सक्नु हामी सबैको लागि खुशीको कुरा हो । हामी जुन लक्ष योजना र स्पष्ट गन्तव्य तय गरेर मनास्लु वर्ल्ड कलेज स्थापना गरेका थियौ सोही बमोजिम हामी शैक्षिक यात्रामा छौ। विद्यार्थी अभिभावक र सरोकार वालाहरुले निक्कै राम्रो साथ र प्रेरणा भएकै कारण आज मनास्लु वर्ल्ड कलेज विद्यार्थीहरुको पहिलो रोजाइ अभिभावकहरुको पुर्ण सन्तुष्टिको शैक्षिक थलो बनेको छ।अनेकौं समस्या र चुनौतीहरुको सामान गर्दै एउटा परिपक्व शैक्षिक संस्थाको रुपमा स्थापित हुनु र शसक्तढंगले अगाडि बडनु सहज पक्कै थिएन तर यसै क्षेत्रमा वर्षौंदेखि लागिपरेको एउटा जुझारु सुरक्षाकर्मीहरुको अथक परिश्रमका कारण मनास्लु वर्ल्ड कलेजले आजसम्मको यात्रा तय गरेको छ र वर्षौं सम्म अझै प्रभावकारी ढंगले शैक्षिक सेवामा लागि राष्ट्रलाई नै शैक्षिक योगदान गर्ने अठोट बोकेको छ मनास्लु वर्ल्ड कलेज आगामी दिनमा अझै परिस्कृत र परिमार्जित ढंगले विश्वबजारको माग अनुसारको शिक्षा प्रदान गर्दै अधि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चहान्छु।त्यसको लागि तपाई सम्पुर्णको अझै साथ र हौसला अपरिहार्य छ।