दोहा ( १४ जुलाइ ) - जुलाइ १३ तारिक शनिबारका दिन लमजुङ सेवा समाज कतारले वरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारलाइ भब्य रुपमा सम्मान गरेको छ ।
रास्टिय लोक तथा दोहोरी गित प्रतिस्ठान कतार शाखाले जुलाइ १२ तारिखका दिन आयोजना गरेको सस्थाको सातौ बार्सिकोत्सव तथा कलाकार राहत कोष स्थापनार्थ कार्यक्रममा आफ्नो प्रस्तुति दिन नेपालबाट कतार आउनु भएका बरिस्ठ कलाकार राजु परियारलाइ कतारमै रहदाको अवसर मिलाएर लमजुङ सेवा समाज कतारले आयोजक सङ्गको समन्वयमा " भेटघाट तथा सम्मान" कार्यक्रम आयोजना गरेको हो ।
कतारको सनैया स्थित फुलबारी रेस्टुरेन्टको हलमा आयोजना गरीएको भेटघाट तथा सम्मान कार्यक्रममा रोजगारीको सन्दर्भमा कतारमा रहनु भएका लमजुङेहरुको बाक्लो उपस्थिति रहेको थियो । सस्थाका अध्यक्ष बिनोद प्रसाद बसौलाको सभापतित्व तथा बरिस्ठ गायक राजु परियारको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सस्थाका संरक्षक डिलराम गुरुङ , प्रमुख सल्लाहकार सिताराम थापा तथा सल्लाहकारहरु कृष्ण बराल , कर्म गुरुङ ,रबिन्द्र गुरुङ , युद्ध जङ गुरुङ , मंगल बि क लगायत थुप्रै पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
समय ब्यस्तताका कारण छोटो समयमै सम्पन्न उक्त कार्यक्रममा सस्थाको तर्फबाट शुभकामना मन्तव्य राख्दै प्रमुख सल्लाहकार सिताराम थापाले लमजुङ जिल्लामा जन्मनु भएका राजु परियार अनुपम स्वरका धनी , कला र गलाले सम्पन्न एक शालिन र बहुआयामीक बरिस्ठ गायक भएको बताउनु भयो ।
भाइरल बन्ने र भ्युअर बटुल्ने निहुँमा अहिले थुप्रै कलाकारहरुले सामाजिक सन्जाल तथा सार्वजनिक कार्यक्रमहरुमा अनेकौं उछृन्खल प्रस्तुतिहरु दिदै गितसंगीत क्षेत्रकै बद्नाम गर्दै आएको पनि देखिन्छ तर राजुपरियारका गितहरु सधै मर्मस्पर्शी र संदेशमुलक हुन्छन् भन्दै गायनको माध्यमद्वारा राजु परियारले लमजुङ जिल्लालाइ सबै तिर परिचित गराउनु भएकोमा उहा प्रति आभार प्रकट गर्नु भयो ।
खादा ,दोसल्ला र सम्मानपत्रले सम्मानित भए पश्चात सम्मान मन्तब्य राख्दै बरिस्ठ गायक राजु परिवारले "लमजुङ सेवा समाज कतार"ले आफुलाइ गरेको सम्मान प्रति निकै खुशी ब्यक्त गर्नु भयो साथै लमजुङ सेवा समाज कतारले गर्ने आफ्ना कार्यक्रमहरु तथा सस्थाको क्यालेन्डरमा समेत लमजुङलाइ चिनाउने ब्यक्तिहरु मध्य आफुलाइ पनि समेटिदिनु भएकोमा धन्यवाद दिनु भयो ।आफु सन्सारको जुन सुकै कुनामा गए पनि आफ्नो जन्म भुमी लमजुङ र लमजुङको माटोलाइ कहिल्यै भुल्न नसक्ने बताउनु भयो ।
सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति बिनोद बसौलाले गर्दै कार्यरमको समापन मन्तव्य मार्फत राजु परियारले लमजुङको स्थानिय ठाडो भाकाको जगेर्ना गर्न खेल्नु भएको भुमिका बारे बताउनु भयो । २०१६ मा लमजुङ सेवा समाज कतारकै आयोजनामा उहाले कतार आएर आफ्नो धमकेदार प्रस्तुति दिएर जानु भएको र लमजुङले भुल्न नसक्ने लमजुङको माटोमा जन्मनु भएका राजु परियाको साङितिक जिवनको सफलताको कामना पनि ब्यक्त गर्नु भएको थियो ।
सस्थाका महिला उपाध्यक्ष कमला गुरुङले स्वागत मन्तब्य मार्फत सबैलाइ स्वागत गर्नु भएको सो कार्यक्रमको सन्चालन सस्थाका सचीव तथा प्रवक्ता प्रसान्त कुमालले गर्नु भएको थियो ।