दोहा : जुलाई महिनाको चर्को घाम, तर यो भन्दापनि अझै रापिलो बन्दैछ प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशन !
१९ जुलाई २०२४ मा हुन गइरहेको प्रवासी नेपाली मन्च कतारको सातौँ राष्ट्रिय अधिवेशन भव्यता पूर्वक सम्पन्न गर्नको निमित्त चर्को घाम समेतको कुनै प्रवाह नगरी सातौँ राष्ट्रिय अधिवेशन समिति पूर्ण तयारीका साथ लागि परेको अधिवेशन संयोजकको जिकिर रहेको छ।
अधिवेशनको तयारी सम्बन्धी मेसो पारेर सातौँ राष्ट्रिय अधिवेशन संयोजक अफसर अलि खान सँग मुग्लानी खबरका सम्वाददाता सन्तोष केसीले अधिवेशनका विविध पक्ष समेट्दै लिएको अन्तर्वार्ता :
१ ) प्रवासी नेपाली मञ्च भनेको के हो? सामाजिक रूपान्तरणमा यसले कस्तो योगदान गर्दै आएको छ?
- प्रवासी नेपाली मन्च एक गैर-नाफामूलक सामाजिक संस्था हो जसले विदेशमा रहेका नेपालीहरूको हकहितको रक्षा गर्दै उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक तथा श्रमिककोहक अधिकारको सुनिस्चिता गर्दै शिप विकासमा योगदान पुर्याउँदै आएको छ । विदेशमा रहेका नेपालीहरूको बीचमा एकता र सहकार्यको भावना बढाउने कार्य गर्दछ। मन्चले विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेर नेपाली, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।प्रवास होस या देश, विपद्को समयमा राहत तथा पुनःस्थापना कार्यहरूमा समेत प्रवासी नेपाली मन्चले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
२) कतारमा स्थापित भएको यो मन्चले श्रमिकका समस्याहरू उपर कसरी सम्बोधन गरिरहेको छ?
-प्रवासी नेपाली मञ्च कतारले श्रमिकहरूको समस्याहरूलाई प्रभावकारी ढंगले सम्बोधन गर्दै उनीहरूको भलाइका लागि विभिन्न उपायहरू अवलम्बन गर्दै आएको छ।
क ) कानूनी सहायता: आवश्यकता अनुसार मन्चले यहाँका नेपाली श्रमिकहरूलाई कानूनी सहायता तथा परामर्श प्रदान गर्ने व्यवस्था गरेको छ। यस व्यावास्थाले उनीहरूलाई आफ्नो अधिकार तथा कर्तव्य बारे जानकारी दिनुको साथै सजग समेत बनाउने गरेको छ।
ख ) समस्याको दर्ता र समाधान: नेपाली श्रमिकहरूका समस्याहरू सुन्ने र तिनीहरूको दर्ता गर्ने प्रणाली मन्चले विकास गरिएको छ। यस सन्दर्भमा मन्चले श्रमिक समस्या पहिचान तथा समाधान विभाग मार्फत दर्ता गरिएका श्रमिकका समस्याहरूलाई सम्बोधन गर्न सम्बन्धित निकायहरूमा पुर्याउने र समाधानको पहल गर्ने गरेको छ।
ग ) स्वास्थ्य सेवा: नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षाका लागि मन्चले विभिन्न समयमा संघ संस्थाहरू सँग समन्वय गरेर स्वास्थ्य शिविरहरू आयोजना गर्ने गरेको छ।
घ ) शिक्षा तथा तालिम: श्रमिकहरूको सीप विकास गर्न विभिन्न तालिम तथा कार्यशालाहरू आयोजना गरी उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्ने गरेको छ।
ङ ) मनोरंजन तथा सांस्कृतिक कार्यक्रम: नेपाली श्रमिकहरूको मानसिक स्वास्थ्य सुधार गर्न र उनीहरूको मनोरंजनका लागि विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरूको आयोजना गर्ने गरिएको छ ।
च) समुदायको सुदृढीकरण: श्रमिकहरूलाई संगठित तुल्याएर एकता र सहकार्यको भावना बढाउँदै आत्मबल सुद्रिढ गर्न मन्चले विभिन्न किसिमकाकार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ।
३) सातौँ राष्ट्रिय अधिवेशनको तयारी कस्तो छ ? अधिवेशन कहाँ र कुन समयमा गर्दै हुनुहुन्छ?
-सातौँ राष्ट्रिय अधिवेशनको तयारी पूर्णरूपमा अघि बढिरहेको छ। हामी यसलाई भव्यता पूर्वक सम्पन्न गर्न लागि परेका छौं। सातौँ अधिवेशन तयारीका मुख्य पक्षहरू निम्नलिखित रहेका छन् ।
क ) आयोजनाको स्थान र समय: १९ जुलाई २०२४ का दिन ११ बजेबाट अधिवेशन उदघाटन समारोह सुरु हुने छ। हामी कतारको अबु हमोरमा स्थित डल्ला ड्राइविङ हलमा खुला सत्र आयोजना गर्दै छौं । अधिवेशन स्थलको व्यवस्थापन र सजावटको तयारी प्रायः पूरा भइसकेको छ।
ख ) आमन्त्रित अतिथिहरू: आमन्त्रित अतिथिहरुमा प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका पदाधिकारीहरू, महादेशीय कमिटीका नेतागण तथा मध्यपूर्वमा रहेका राष्ट्रिय कमिटीका अध्यक्षहरू साथै विभिन्न सम्मानित व्यक्तित्वहरूलाई आतिथ्यताको निम्ति निमन्त्रणा पठाइएको छ। एन आर एन ए , नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरू, संघ संस्था प्रतिनिधि, र सामाजिक अभियन्ताहरूलाई कार्यक्रममा अतिथिको रूपमा आमन्त्रित गरिएको छ।
ग ) कार्यक्रम तालिका: अधिवेशनको कार्यक्रम तालिका तयार भइसकेको छ, जसमा उद्घाटन समारोह, विभिन्न सत्रहरू, सांस्कृतिक कार्यक्रमहरू, र समापन समारोह समावेश छन्।
घ ) सुरक्षा व्यवस्था: कार्यक्रम अवधीभर सहभागीहरूको सुरक्षाका लागि स्वास्थ्य सेवा, आपत्कालीन सहायता सहित स्वमसेवकको व्यवस्था गरिएको छ।
ङ ) प्रचार-प्रसार: अधिवेशनको प्रचार-प्रसारका लागि विभिन्न सञ्चार माध्यमहरू र सामाजिक सञ्जालहरू प्रयोग भएका छन्, जसबाट कार्यक्रममा जनचेतना सहितको सहभागिता बढ्ने आसा गरिएको छ ।
च ) आर्थिक व्यवस्थापन: अधिवेशनको आर्थिक पक्षलाई व्यवस्थित गर्न प्रायोजनकर्ता तथा दाताहरूको उल्लेख्य सहयोग प्राप्त भएको छ। बजेटको व्यवस्थापन र खर्चको लेखाजोखा पनि व्यवस्थित रूपमा भइरहेको छ।
४) प्रमुख वक्ताको रूपमा केन्द्रबाट को आउँदै हुनुहुन्छ? कतारलाई अन्तराष्ट्रिय कमिटी तथा पार्टी केन्द्रले हेर्ने दृष्टिकोण कस्तो छ ?
-प्रमूख वक्ताको रूपमा पार्टी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष, पुर्व उपप्रधान तथा रक्षा मन्त्री इस्वर पोख्रेल आउनु हुने छ । प्रवासी नेपाली मन्च कतारलाई अन्तराष्ट्रिय कमिटी तथा पार्टी केन्द्रले सधैँ साथ, सहयोग, समर्थन सहित उचित मार्गदर्शन प्रदान गर्दै उच्च महत्त्वका साथ हेर्ने गरेको छ।
५) नयाँ बन्ने कार्यसमितिमा यसपाली कतिको पप्रतिश्पर्धा हुन सक्ने सम्भावना छ ? संयोजकको हैसियतले तपाईं सँग सबैलाई समेटेर लैजाने के कस्ता योजनाहरू छन् ?
- नयाँ बन्ने कार्यसमितिमा यसपाली रोमाञ्चक र चुनौतीपूर्ण प्रतिस्पर्धा हुन सक्ने सम्भावना छ। संयोजकको हैसियतले मैले सबैलाई समेटेर सर्वसहमति गराएर लैजाने योजना छ। यो मेरो प्रमूख दायित्व पनि हो। यसरि गयौं भने मात्र संस्था एक ढिक्का बनेर अगाडि बढ्न सक्छ र समग्रमा आफ्नो लक्षमा पुग्न सक्छ।