दोहा: नेपाली जनसम्पर्क समिति कतारले १७ औ स्थापना दिवस तथा शुभकामना आदान-प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।
समितीका सभापति अजिज अलिको सभापतित्व तथा नेपाली काङ्ग्रेसका महामन्त्री एवं सघिय सांसद माननिय गगन कुमार थापाको प्रमुख आतिथ्यतामा शुक्रबार दोहाको प्लाजा ईन होटेलको सभाहलमा भब्यताका साथ सम्पन्न गरिएको हो ।
बिधिवत रुपमा उद्धघाटन गरिएको कार्यक्रममा बि पी कोईरालाको फोटोमा माल्यार्पण गर्दै सभा अघि बढेको कार्यक्रममा समितिका उपसभापति तथा कार्यक्रमका उपसंयोजक ठाकुर परियारले स्वागत मन्तव्य राखेका थिए ।कार्यक्रममा मौसमी गुरुङ,सोनी आलेले स्वागत नृत्य पस्केका थिए त्यस्तै, जिया हमाल,सोनिसा तामाङ, एलिसा साम्पाङ राई, सृजना तामाङ, सिमा मगर, जीवन खालिङ राई सुनिल तामाङले नेपाली काङ्ग्रेसको गितमा सामुहिक नृत्य राखेका थिए ।
स्थापना दिवसको अवसर पारेर समितिले संथापक सल्लाहकार,सस्थांपक महामन्त्री नेविसंघका पुर्व अध्यक्ष ,जनसम्पर्क बिभाग प्रमुख तथा कार्यक्रमलाई सम्बोधन गर्न आएका प्रमुख अतिथिलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित मायाको चिनोले सम्मान गरेको थियो ।
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले कतार भ्रमणमा रहेका थापालाई यहाँका नेपाली श्रमिक समस्याहरुलाई मसिनो गरेर बुझिदिन आग्रह गर्दै समय मिलेसम्म कतारको हमद हस्पिटलमा रहेका बिरामी, कतारको जेलमा रहेका नेपाली लगायत समग्र नेपाली राजदूतावासमा श्रमिकका समस्याको बारेमा समेत प्रष्ट महामन्त्री सामु राखेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्व नेविसंघ अध्यक्ष नैन सिंह महर,जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेल,कतारका लागि नेपाली राजदूत डा.नरेश विक्रम ढकाल, संस्थापक सभापति एवं महासमिति सदस्य नरेन्द्र भाट, संस्थापक महामन्त्री एवं महासमिति सदस्य विमल सुवेदी, संस्थापक सल्लाहकार तथा महासमिति सदस्य क्रान्ति सिंह लगायतको उपस्थिति तथा मन्तव्य रहेको थियो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिती साउदी,बहराइनका सभापती राष्ट्रियता लोकतन्त्र र समाजवादमा आस्थावान समितिका संस्थापकहरू कतारमा स्थापित विभिन्न बैचारिक सगंठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित सहित मन्तव्य रहेको थियो ।
शुभकामना वक्ताहरुले पासपोर्ट नविनकरण,आजाद भिषा लगायत कतारमा रहेका श्रमिकहरुका दुख,पीडा सरकार समक्ष राखिदिन प्रमुख अतिथि थापालाई आग्रह गर्दै हामी नेपाली कहिले सम्म पासपोर्ट बोकेर बिदेशिने भन्दै पश्र समेत तेर्साएका थिए ।
प्रमुख अतिथि थापाले सम्बोधन गर्दै सरकार सञ्चालन र विकासका लागी गति र गन्तव्यको सही पहिचान गर्न नसकिएको स्वीकार गर्दै थापाले यो युगको अन्त्य पूर्व नेपाल गरिब राष्ट्रको सूचीबाट मध्यम राष्ट्रमा पुग्न सक्ने गरी लक्ष्य लिनुपर्ने बताए ।
उनले अहिले जुन दलले सरकार चलाएका छन् तिनै दललाई आगामी निर्वाचनसम्म सरकार चलाउन दिँदै कांग्रेसले सरकारको आलोचना गर्ने, विरोध पनि गर्ने र सहकार्य पनि गर्दै सशक्त प्रतिपक्षमा बस्ने बताए ।
उनले आगामी चुनावमा कोही कसैसँग गठबन्धन नगरी चुनावमा होमिनुपर्ने आवश्यकता आंैल्याउँदै अन्य दललाई पनि गठबन्धन नगरी चुनावमा जान आग्रह गरे ।
समितिका महामन्त्री केदार भुसालले सहजीकरण गरेको कार्यक्रममा समितिका सभापति तथा कार्यक्रमका सभापति मोहमद अजिज अलिले वार्षिकोत्सव कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।