दोहा : तनहुँ सेवा समाज कतारले गृह जिल्ला स्थित देबघाट गाउपालिका वडा नम्बर १ कोटाको पार्वती मा बि मा ९० जना बिधार्थिहरुलाई लगभग १ बर्षलाई पुग्ने लेखन सामग्री कपि र कलम बितरण गरेको छ ।
मिति २८ जुन २०२४, शुक्रबारका दिन गण्डकी प्रदेश समन्वय परिषद कतारद्वारा मातहतका जिल्ला संस्थाहरु मार्फत गृह जिल्लाहरुमा गरिने परोपकारी परियोजनाको कोषबाट प्राप्त रकम र तनहु सेवा समाजको कोष बाट थप रकम एकमुस्ट गरेर बिधालयको माध्यामिक तहका- ४० जना, निमाबि तहका- २३ जना र प्राबी तहका -२७ जना गरेर जम्मा ९० जना गरिब तथा जेहेन्दार बिधार्थिहरुलाई एक कार्यक्रम मार्फत शैक्षिक सामाग्री सहयोग वितरण गरिएको छ ।
तनहु सेवा समाज कतारका अध्यक्ष पदम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई पार्वती माबी बिधालय व्यवस्थापन समितिका अध्यक्ष तुल प्रसाद गुरुङको अध्यक्षता र देबघाट गाउपलिका वडा नम्बर १ का अध्यक्ष मनिराज गुरुङको बिशेस उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तब्य बिधालय प्रधानध्यापक राजु गिरीले राख्नु भएको थियो र सहजीकरण शिक्षक गणेश बहादुर बिस्टले गर्नुभएको थियो साथै सम्पन्न कार्यक्रमको संयोजन युवा समाजसेबी आकाश गिरीले गर्नुभएको थियो ।
सहयोगी संस्थालाई स्वागत गित मार्फत स्वागत गर्दै सम्पन्न कार्यक्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष, देबघाट गाउपलिका वडा नम्बर १ का अध्यक्ष र बिधालय प्रधानध्यापक राजु गिरीले सहयोगी संस्था गण्डकी प्रदेश समन्वय परिषद कतार र तनहु सेवा समाज कतारलाई धन्यबाद ब्यक्त दिदै समाजको सामाजिक कार्यप्रति प्रसंसा गर्दै आगामी दिनहरुमा संस्थाको प्रगतिको कामना गर्दै संस्थाको गरिमा उच्च रहने बिस्वास पनि प्रकट गर्नुभएको थियो ।
कार्यक्रमलाई प्रमुख आतिथ्यता गर्नुभएका समाजका अध्यक्ष पदम गिरीले गण्डकी प्रदेश समन्वय परिषद कतार र तनहु सेवा समाज कतारले कतार र नेपालमा संस्थाले गरेका बिभिन्न सामाजिक कार्यहरुको बिस्तृत जानकारी गराउदै यस्ता परोपाकारी गतिविधिहरुले आगामी दिनहरुमा पनि निरन्तरता पाउने जानकारी गराउदै शैक्षिक सामाग्री प्राप्त गर्ने बिधार्थिहरुको शैक्षिक जिबनमा धेरै अक्षर कोर्ने क्रममा समाजले पनि सानो टेवा पुर्याउने सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गर्दै बिधार्थिहरुको उज्ज्वल भबिस्यको कामना गर्नुभएको थियो ।
साथै सम्पन्न कार्यक्रममा गित प्रस्तुत गरेका बिधार्थिहरुको प्रतिभाको कदर गर्दै समाजका अध्यक्षले प्रतिभाको प्रोत्साहन स्वरुप केहि रकम मार्फत पनि सहयोग गर्नुभएको थियो ।