काठमाडौं, शंखरापुर नगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ का लागि विभिन्न महत्त्वपूर्ण नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ। यी नीतिहरूले नगरवासीहरूको जीवनस्तर उकास्ने उद्देश्य राखेको छ।
स्वास्थ्य
1. शंखरापुर नगरपालिकाका स्थायी बासिन्दाहरूलाई स्वास्थ्य बिमामा ५०% अनुदान दिइने।
2. ईन्द्रायणी नगर अस्पताललाई स्तरन्नोति गरी विशेषज्ञ सहितको सेवा प्रदान गरिने।
3. बर्थिङ्ग सेन्टरमार्फत गर्भवती महिलाहरूलाई नि:शुल्क भिडियो एक्स रे सेवा उपलब्ध गराइने।
शिक्षा
4. कक्षा ६ देखि १० तहमा स्वयंसेवक नगर शिक्षकको व्यवस्था गरिने।
5. आगामी तीन वर्ष भित्र एउटा माध्यमिक सामुदायिक विद्यालयलाई मेघा विद्यालयको रूपमा विकास गरिने।
6. सिटिइभिटीको सहकार्यमा इन्जिनियरिङ ल्याब स्थापना गरिने।
कृषि र पशुपालन
7. एक वडा एक पकेट क्षेत्र कृषक सञ्जालमार्फत कार्यक्रम सञ्चालन गरिने।
8. गुणस्तरीय बीउ उत्पादन र संरक्षण गर्न समुदायलाई प्रोत्साहन गरिने।
9. किसान परिचय पत्र वितरण यसै आ.वमा शुरू गरिने।
10. वडा नं ३ मा रहेको पशु सेवा केन्द्रलाई थप प्रभावकारी बनाइने।
पर्यटन र व्यवसाय
11. पर्यटन सूचना केन्द्र स्थापना गर्ने कार्यलाई अगाडि बढाइने।
12. शंखरापुर नगरपालिका र बैंक तथा वित्तीय संस्थाको साझेदारीमा व्यवसायिक स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने।
13. लगानी सम्मेलनको पूर्व तयारी चरणहरू पूरा गरी लगानी सम्मेलन गरिने।
शंखरापुर नगरपालिकाले विभिन्न क्षेत्रमा गरेको यो पहलले नगरवासीहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि, र पर्यटन क्षेत्रमा यसले नयाँ आयाम थप्ने विश्वास गरिएको छ।