दोहा :जीवनयोग प्रयोगशाला दोहा,कतारलाई थप ब्यबस्थित बनाउन तपसिलका योग साधकहरुको अगुवाईमा कल्याण थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।
गत शुक्रबार १० औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा, आयोजना गरिएको शारीरिक स्वास्थ्य, मानसिक शान्ति, भावनात्मक प्रेम, आत्मिक आनन्द एवम् रोग प्रतिरोधात्मक क्षमताको बिकाशका लागि बिशेष उर्जा-ध्यान कार्यक्रमको समयमा उपस्तिथि हरुबीच कार्यसमिति र सल्लाहकार समिति गठन गरिएको हो I
कार्यसमिति निम्न अनुसार रहेको छ ।कतार संयोजक - रामजी खत्री, अध्यक्ष - कल्याण थापा,उपाध्यक्ष - रघुनाथ शर्मा,सचिव - अम्बिका पौडेल,कोषाध्यक्ष - श्रद्धा कटुवाल रहेका छन ।
सदस्यहरु उक्त कार्यक्रममा उपस्थित साधकहरु जीवन पौडेल, राज कुमार तिमिल्सिना,ठाकुर पौडेल, सुजन अधिकारी, इन्दिरा शाह, सन्ध्या अर्याल, श्रीराम डोटेल, सुश्री पार्वति भट्ट ( पारु),पिताम्बर अधिकरि, रबिन मगर,नरेन्द्र फगामी,साबित्रा शर्मा, कमल आचार्य, शोभाराम ओली, खेमराज सुवेदी,सायद यासर खान, कल्पना, गुप्ता सुनार, अनिल अधिकरि, लक्ष्मी सुन्दर, गंगाराम फुयाल, शान्ता कट्टेल फुयाल, दीपा शर्मा,सबिता भट्टराई, संगिता खत्री लगायतका रहेको जानकारी प्राप्त भएको छ ।
साथै सल्लाहकार समिती हरुमा प्रमुख सल्लाहकार - बिमल सुवेदी, सल्लाहकारमा क्रमश - छबिलाल भट्टराई - माया के सी - सुरेन्द्र चन्द - लिलानाथ घिमिरे रहेका छन।
कार्यसमितिले कतारमा योग,प्राणायम, ध्यान लगाएत मानवका लागि जीवन उपयोगी कार्यक्रमहरु कतार ल्याउने र यसको ब्यबस्थापनमा महत्त्वपूर्ण भुमिका रहनेछ भने सल्लाहकार समितिले कार्यसमितिले गरेका हरेक क्रियाकलापको सुक्ष्म अध्ययन गरि आवश्यक सल्लाह र सुझाव दिने साथै १० औं अन्तर्राष्ट्रिय योगदिवसको अवसरमा भएको "उर्जा ध्यान कार्यक्रममा" सहभागि सम्पुर्ण साधकहरु जीवनयोग प्रयोगशाला दोहा, कतारको संस्थापक सदस्य रहने योगा गुरु कतार संयोजक - रामजी खत्रीले जानकारि दिए ।