दोहा = खेमराज सुवेदी - प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख चानक पोख्रेलले " अविछिन्न रूपमा नेपालमा विप्रेषण पठाउने नेपाली श्रमिकका स्वदेशमा भएका परिवारको स्वास्थ्य तथा शिक्षाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्छ भन्ने कुरामा जोड दिएका छ्न ।
उनले "देशको जनसंख्या को एक तिहाई संख्या प्रवासमा रहेर विप्रेषण मार्फत देशको ६५% आर्थिक भार धानिरहेको हुँदा लगातार एक वर्ष सम्म रेमिट्यान्स पठाउने श्रमिकहरूको परिवारको शिक्षा र स्वास्थ्य को जिम्मेवारी नेपाल सरकारले लिनु पर्ने र यसको अवधारणा सहित नेकपा एमाले अगाडि बढिसकेको बताए।
प्रवासी नेपाली मन्च कतारले आयोजना गरेको नगर कमिटीहरूको संयुक्त अधिवेशनको खुला सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका मुख्य वक्ता तथा प्रमुख अतिथि चानक पोख्रेलले उक्त कुरा बताएका हुन्।
उनले " प्रवासमा रहेर पनि हामीले देशको भावना छातीमा सजाएर स्वदेशको लक्षमा सहयोग गर्दै पार्टीको समृद्ध नेपाल सुखी नेपालीको दृष्टिकोणलाई अंगाली रहेका छौँ" भने। "हामीले प्रवासिएका नेपाली श्रमिकहरूलाई सङ्गठित तुल्याउन सन् १९९६ देखि प्रवासमा सङ्गठन स्थापना गरेको हौँ, यसको सुरुवात हंगकंग बाट गरेका थियौं" भने।
अहिले विश्व भरिमा ३७ देशमा प्रवासी नेपाली मञ्चको सङ्गठन विस्तार भएको समेत मन्तव्यको क्रममा बताए। आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथि पोख्रेलले पार्टीको आन्दोलनको रणनीति, नेकपा एकताको इतिहासको पृष्ठभूमि, पार्टी फुटको सन्दर्भ समेतको चर्चा गर्न भ्याए।
उनले प्रवासी नेपाली मन्च कतारको सातौँ अधिवेशनको सन्दर्भमा बोल्दै " अधिवेशन सफल बनाउने जिम्मा ३९४ जना सबै सदस्यहरूको बराबर हो " भने। पदले कोही सानो र कोही ठुलो होला तर अधिवेशन सफल पार्ने जिम्मेवारी सबैको बराबर छ भन्दै प्रवासीएका नेपालीहरूका समस्यालाई पनि सम्बोधन गरे। प्रवासी नेपाली मन्च कतारले आफ्नो सातौँ अधिवेशनको आयोजना जुलाई १९, २०२४ मा गर्न गइरहेको छ।
अन्तराष्ट्रिय कमिटी को प्रचार विभाग प्रमुख समेत रहेका चानकले अन्तराष्ट्रिय कमिटीको मातहतमा श्रमिक कोष खडा गरेर त्यसको विधान बनाएर श्रमिकको हितको निम्ति कार्य गर्न अन्तराष्ट्रिय कमिटी अगाडि बढिसकेको बताए । आफ्नो मन्तव्य को अन्त्यमा कार्यक्रमका मुख्य अतिथि पोख्रेलले श्रमिकहरूको परिवारको शिक्षा र स्वास्थ्य को जिम्मेवारी नेपाल सरकारले लिनु पर्ने र प्रवासबाट नेपाली श्रमिकहरूले भोट मार्फत आफ्ना प्रतिनिधि चुन्ने अधिकार पाउनु पर्ने एजेन्डामा समेत प्रवासी नेपाली मञ्चले आफ्नो धारणा पार्टी केन्द्रमा राखिसकेको हुँदा यस सन्दर्भमा पार्टीकेन्द्रले सम्बन्धित निकायमा आफ्ना अवधारणा सहितको माग राखिसको समेत बताए।