दोहा : बाके सेवा समाज कतारको चौथो अधिबेशन सनैयाको स्थित "रेड चिल्ली रेस्टुरेन्टमा" सप्पन्न भएको छ ।
चौथो अधिबेशन बाट समाजका पुर्व महासचिव गोविन्द जङ्ग शाहको अध्यक्षमा नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएको जनाइएको छ ।
कार्यसमितीको उपाध्यक्षमा हेमराज रिजाल, सपना के.सी महासचिव गुमान सिंह खत्री, सचिव पुर्ण प्रसाद शर्मा, कोषाध्यक्ष सुमन गिरि, सह - कोषाध्यक्ष ओम खत्री रहेका छ्न ।
अन्य सदस्यहरुमा क्रमश : चित्र ब. बोहरा-दामोदर शाही, चक्र ब. शाही, टेक ब. विक, नविन वावु, विस्वास भण्डारी,रितुकाली थापा,सीता कुमारी, शान्ति वली गरि अहिले लाई १६ जनाको कार्यसमिति निर्वाचित भएको हो । उपाध्यक्ष १ र सदस्य २ गरि तिन जनालाई पहिलो कार्यसमितिको बैठक बाट मनोनीत गर्ने जनाइएको छ ।
निर्वाचन समितीका संयोजक श्याम डिसि युनिकले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
संस्थाका कार्यवाहक अध्यक्ष डिबि खड्काको सभापतित्वमा, लुम्बिनी प्रदेश समन्व्य परिषद कतारका संरक्षक कमलमणि गुरागाइको प्रमुख आथित्यता रहेको कार्यक्रममा एनआरएन कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी, दृतिय उपाध्यक्ष केशव कार्कीको उपस्थिति थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष साजन लौडारी,कर्णाली प्रदेशका उपाध्यक्ष पुर्ण बहादुर राना,सामाजिक ब्यक्तित्व बुद्ध पान्डे,गुल्मी सेवाका अध्यक्ष कमल आचार्य, दाङ देउखुरीका महासचिव चिन्तामणी भुसाल,बुद्ध भुमी कपिलवस्तुका सचिब सुधिर बिक्रम जिसि, अर्घाखाँचीका अध्यक्ष बिष्णु कुवरनवलपरासीका अध्यक्ष दुर्गा हमाल, रोल्पा जलजलाका अध्यक्ष बलराम जैसी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
विविध रुपमा औपचारिक कार्यक्रम गर्दै अगाडि बढेको कार्यक्रममा उपस्थिति प्रमुख अतिथि लगायतले मन्तव्य राख्दै बाके जिल्ला नेपालकै ऎतिहासिक, पुरातात्त्विक तथा धार्मिक स्थल रहेको हुँदा पर्यटनको प्रचुर सम्भावना रहेको तर प्रचार प्रसारको कमि हुँदा केहि अत्यन्तै महत्त्वपूर्ण पुरातात्त्विक तथा धार्मिक स्थल ओझेलमा परेको बताए । साथै बाके सेवा समाजले गरेका विभिन्न सामाजिक, आर्थिक कार्यहरुको पनि चर्चा गरिएको थियो ।
कलाकार सान्ती ओलि, सृष्टि तामाङ लगायतका स्थानिय कलाकार द्वारा विभिन्न साङ्गितिक प्रस्तुति हरुबाट कार्यक्रम मनोरञ्जनात्मक बनाएका थिए ।
कार्यक्रमको समापन गर्दै सभापती खड्काले कार्यक्रम सफल बनाउन विभिन्न तह र तप्काबाट सहयोग गर्ने सहयोगी दातालाई धन्यवाद प्रकट गर्दै, अधिबेशन बाट चुनिएर आउने नयाँ कार्यसमिति प्रती बधाई ज्ञापन गर्दै खुल्ला सत्रको समापन गरे। संस्थाका उपाध्यक्ष नबराज शाहीको स्वागत मन्तव्य रहेको थियो ।