खेमराज सुवेदी : प्रवासी नेपाली मञ्च कतारले आफ्ना छ वटै नगरकमिटी हरूको संयुक्त अधिवेशन सम्पन्न गरेको छ।
आज मिति २१-जुन-२०२४ शुक्रवारका दिन सनैया स्थित लाली गुराँस रेष्टुरेन्टको सभा हलमा प्रवासी नेपाली मञ्च कतारका नगर कमिटी इन्चार्ज टिका कार्कीको अध्यक्षता तथा अन्तराष्ट्रिय कमिटीका उपसचिव साथै प्रचार विभाग प्रमुख चानक पोख्रेलको प्रमुख आतिथ्यतामा नगर कमिटीहरूको संयुक्त अधिवेशन सम्पन्न भएको हो।
व्यानर अनावरण, राष्ट्रिय गान तथा सहीदहरूको सम्मानका निम्ति मौन धारण सहित सुरु भएको उक्त कार्यक्रममा आमन्त्रित उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै चार नम्बर नगर कमिटीका अध्यक्ष लोक बाहादुर जोगीले फुटेर भन्दा जुटेर समस्याको समाधान गर्न सजिलो हुने बताउँदै लगनशीलता र निरन्तरता द्वारा सङ्गठनलाई दह्रो बनाउन सकिन्छ भने।
यसै गरी सबै नगर कमिटीका अध्यक्षरू विकास तामाङ्ग, नारायण गैह्रे, प्रेम बस्नेत तथा छत्र लिम्बुले समेत कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए।
बन्द सत्र तथा खुला सत्र गरेर दुइ चरणमा भएको कार्यक्रममा संगठन विभागका प्रमुख बिनेश तामाङ्गले खुला सत्र अन्तर्गत शुभकामना मन्तव्य राख्ने क्रममा यस अघिका अध्यक्षहरूले अहोरात्र खटेर सङ्गठनलाई यहाँ सम्म ल्याएकोमा हार्दिक धन्यवाद व्यक्त गरेका थिए। साथै प्रदेश अनुसारको नयाँ नगर कमिटी को अवधारणा कसरी बन्यो भन्ने सन्दर्भमा समेत आफ्नो मन्तव्यका क्रममा स्पष्ट पारेका थिए।
प्रवासी नेपाली मञ्च कतारका सातौँ राष्ट्रिय अधिवेशन संयोजक अफसर अलि खानले कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै " प्रवासमा सङ्गठनको मेरुदण्ड नै नगर कमिटीहरू हुन् " भने। उनले जसरी स्वदेशमा गाउँ कमिटी तथा नगर कमिटी हरू हुन्छन त्यसरी नै यहाँ नगर कमिटीहरू हुन्छन भने। संयोजक खानले "सङ्गठनको आत्मा नै मूल रूपमा नगर कमिटीमा निहित हुन्छ" भने।
मन्तव्यको अन्त्यमा नेता हरूको मुख्य गुण भनेको उनीहरूको सेवा भाव र त्याग हो भन्दै नयाँ बनिएर आउने सबै नगर कमिटीहरूलाई कार्यकाल सफलताको अग्रिम शुभकामना प्रदान गरी आफ्नो शुभकामना मन्तव्यको अन्त्य गरेका थिए।
खुला सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका मुख्य वक्ता तथा प्रमुख अतिथि चानक पोख्रेलले " प्रवासमा रहेर पनि हामीले पार्टीको दृष्टिकोणलाई अंगाली रहेका छौँ" भने। "हामीले सन् १९९६ बाट प्रवासमा सङ्गठन स्थापना गरेको हौँ, यसको सुरुवात हंगकंग बाट गरेका थियौं" भन्दै अहिले विश्व भरिमा ३७ देशमा प्रवासी नेपाली मञ्चको विस्तार भएको बताए।
आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथि पोख्रेलले पार्टीको आन्दोलनको रणनीति, नेकपा एकताको इतिहासको पृष्ठभूमि, पार्टी फुटको सन्दर्भ समेतको चर्चा गरे। उनले सङ्गठनको सातौँ अधिवेशनको सन्दर्भमा बोल्दै " अधिवेशन सफल बनाउने जिम्मा ३९४ जना सबै सदस्यहरूको बराबर हो " भने। पदले कोही सानो र कोही ठुलो होला तर अधिवेशन सफल पार्ने जिम्मेवारी सबैको बराबर छ भन्दै प्रावासीएका नेपालीहरूका समस्यालाई पनि सम्बोधन गरे।
उनले "अन्तराष्ट्रिय कमिटीको मातहतमा श्रमिक कोष खडा गरेर त्यसको विधान बनाएर श्रमिकको हितको निम्ति कार्य गर्न अन्तराष्ट्रिय कमिटी अगाडि बढिसकेको छ" भने। अन्तराष्ट्रिय कमिटीका उपसचिव पोख्रेलले देशको जनसंख्या को एक तिहाई संख्या प्रवासमा रहेर विप्रेषण मार्फत देशको ६५% आर्थिक भार धानिरहेको हुँदा लगातार एक वर्ष सम्म रेमिट्यान्स पठाउने श्रमिकहरूको परिवारको शिक्षा र स्वास्थ्य को जिम्मेवारी नेपाल सरकारले लिनु पर्ने र यसको अवधारणा सहित नेकपा एमाले अगाडि बढिसकेको बताए।
आफ्नो मन्तव्य को अन्त्यमा कार्यक्रमका मुख्य वक्ता पोख्रेलले प्रवासबाट नै भोट मार्फत आफ्ना प्रतिनिधि चुन्ने अधिकार पाउनु पर्ने एजेन्डामा समेत प्रवासी नेपाली मञ्चले आफ्नो धारणा पार्टी केन्द्रमा राखिसकेको हुँदा चाँडै यस सन्दर्भमा पार्टीकेन्द्रले सम्बन्धित निकायमा आफ्ना अवधारणा सहितको माग राख्ने बताउँदै नयाँ बनिएर आउने सबै नगर कमिटीलाई कार्यकाल सफलताको अग्रिम शुभकामना दिएर आफ्नो मन्तव्यको अन्त्य गरेका थिए।
कार्यक्रममा कोशी प्रदेश अध्यक्ष - प्रेम कुमार बस्नेत, उपाध्यक्ष : छत्र लिम्बु,सचिव,सुदिप त्रित्रिकोटी,उपसचिव सुक्र तामाङ रहेका छ्न ।
सदस्यहरुमा क्रमश : विक्रम राजबंशी, धनविर जोगी,सल बहादुर श्रेष्ठ, उमा देवी दाहाल,राम कुमार कोइराला,समिर घतानी,मन ढकाल,भलेन्द्र विश्वकर्मा,लिला देवी घिमिरे,नारायण राजबंशि,तोयानाथ खतिवडा,रविन खत्रिसावित्री देवी श्रेष्ठ,राज कुमार तामाङ,अम्विका आचार्यचुडामणी पुरी,दिलकुमार तामाङ,राम विक,रितेश आचार्य मन्जु दर्जी रहेका छन ।
मदेश प्रदेश अन्तर्गत अध्यक्ष मो. आजाद मन्सुरी,उपाध्यक्ष,दिनेश अर्गारिया,सचिव रतनलाल ठाकुर, उपसचिव, टोप प्रसाद न्यौपने, सदस्य हरुमा
क्रमश मो रफिक राईन,इनुस राईन, नजामुदिन हुसेन, उमरीश कुमार महतो ,देवेन्द्र कुमार ठाकुर, सहदेव महतो,कासिम राइन, धनंजय झा, अमिल राईन, प्रदिप पाण्डे, लाल बाबु राम, दीप मण्डल, रमेश यादव, राम औतार महरा, अरुण कमर महरा, जिनेन्द्र कुमार ठाकुरतकिर राईन, कलामुदिन राईन, राज वंशी मण्डल रहेका छ्न ।
बाग्मती प्रदेश बाट अध्यक्ष बिकाश तामाङ, उपाध्यक्ष पिपलाल तामाङ,सचिव निमा मोक्तान तामाङ, उपसचिव उषा रिमाल क्रमस सदस्यहरुमा,
हिरे तामाङ,फुर्वा तामाङ, सितालक्ष्मि तामाङ, प्रेम तामाङ, मिन कुमारी तामाङ,बिकाश खडगी, सिंग बहादुर लामाकुसुम लोप्चन तामाङ, फुलमाया तामाङ,चुल्मु (सल्मा) तामाङ, नौली तामाङ, सुर्जे बहादुर तामाङ, सुमिता तामाङरिता बस्नेत, बदन सिंह, कान्छामान तामाङ,राजेश तामाङपार्वती रुम्वा , संगीता बम्जन रहेका छ्न ।
अध्यक्ष नारायण गले,उपाध्यक्ष, आनन्द जि.सिसचिव,महेश लामिछाने, उपसचिव स्याम पाण्डे
सदस्य हरुमा क्रमश सुमन शर्मा, गंग शर्मा, महेन्द्र कुमार चालिसेराजु जिसि.राम प्रसाद शर्मा, प्रकाश पाण्डे,पंकज वि.क.भेष बहादुर गुरुङ,रस बहादुर गुरुङ,धन बहादुर पुरकोटीदिपक पौडेल,दिपक सुवेदी,दामोदर लम्साल, अमित चापागाई,दिपेन्द्र गले,छविलाल थापा,दिपक पंगेनिचित्र बहादुर पौडेल रहेका छ्न।
लुम्बिनी प्रदेशमा अध्यक्ष गुमान सिं खत्रि,उपाध्यक्ष, राजेन्द्र भुसाल, सचिव, बाबुराम खडका, उपसचिव विश्वास भण्डारी सदस्यहरुमा
बाल विक्रम जि.सि, विष्णु केसि, गोपाल प्रसाद भुसाल, ओम बहादुर खत्री, शेर बहादुर जि.सी,अनन्न बकारी, अशोक पोखरेल, यमलाल पोखरेलविष्णु नेपाल, काशीराम श्रेष्ठ, दिल बहादुर रसाइलीबिनोद श्रेष्ठ, लक्ष्मण पोखरेल, मणीराम बस्नेत, सुकुर जास्मी, बसन्ता निवास र बिनोद भट्टराई रहेका छ्न ।
अध्यक्ष, तिलक सिङ ठकुरी, उपाध्यक्ष, गुलाव लम्सालसचिव, हिराजन टमाट, उपसचिव कृष्ण बस्याल लगायत स दस्यहरुमा डम्बर बहादुर घर्ती, गोपाल बस्नेत, अनिल राणा
नारायण सिंह, दिर्घ सिंह गणेश वली,किरण शाही रहेका छ्न । निर्वाचित नयाँ कार्यसमिति लाई निर्वाचन कमिटीका अध्यक्ष गोबिन्द सुबेदीले पद तथा गोपनियताको सपथ खुवाएका थिए । कार्यक्रमको सहजीकरण श्रीधर आचार्यले गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै अध्यक्ष कार्कीले आफुले ब्याक्तीगत स्वार्थ भन्दा सङ्गठनको हितको लागि
कार्यगर्दै गर्दा कुनै गल्तीभए क्षमा माग्दै सङ्गठन, पार्टीको नीति निर्माणमा सबैजना कतिबद्दता रहनेमा आशा गर्दै उपस्थिति सम्पुर्णमा धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।