दोहा : "स्वास्थ्य रहौं स्वास्थ्य बनौँ, सेवा गरौँ सहयोगी बनौँ भन्ने नारालाई आत्मसाथ गर्दै कतारको नेपाली समाजमा एउटा छुट्टै संस्था गठन गरिएको छ ।
गत १६ जुन २०२४ आईतबारको दिन, लोकतथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कतार शाखाका प्रथम उपाध्य कृष्णा ढकालको प्रमुख आतिथ्यतामा सनैय स्थित फुलबारी रेस्टुरेन्ट को सभाहलमा फिट्नेस टीम नेपाल गठन गरिएको हो ।
नव निर्वाचित कार्यसमितिमा अध्यक्ष : कृष्णा सुनार,उपाध्यक्ष : नारायण सिग्देल, सचिव किशोर मगर सहसचिव राजकुमार सिजाली,कोषाध्यक्ष विनोद दर्नाल र सहकोषध्यक्षमा सुशील वि क निर्बिरोध निर्वाचित भएका हुन ।
कार्यसमितीको अन्य सदस्यहरुमा हिम्मत साउथ, विजय श्रेष्ठ,मन कुमार मगर, तिल बहादुर राना बिरु रोकाहा को नयाँ कार्यसमिति बन्न सफल रहेको हो I
सल्हाकार हरुमा कृष्ण ढकाल, लाल बाहदुर परियार, सलीम खान, रमेश श्रेष्ठ र शिव राम ढकाल रहेका छ्न । हालसम्म ८० जना भन्दा धेरै परिषद सदस्य रहेका छ्न
संस्थाले अनुशासनमा रहेर अनुशासन सिकाएर आफ्नो छुट्टै पहिचान बनाउने तथा विभिन्न संघ संस्थाहरूमा सेवापनि दिँदै आएको छ ।
फिट्नेस टीम नेपालको मुख्य उदेश्य स्वास्थ्य सम्बन्धी र फिट्नेस सम्बन्धी सबैलाई आकर्षित गर्ने र विभिन्न सङ्ग संस्था हरुमा स्वयंसेवकको भुमिका निभाउने परी आएको ठाउँमा एकझुट भएर संयोगको हात फैलाउने रहेको छ ।
शरीर देख्नमा जति हट्टाकट्टा भएता पनि पहिचान अनुशासन भएको हुनाले अल्कोहोल रहित टिम हो । फिट्नेस टीम नेपालको नाममा आँच आउने खालको कुनैपनि काम नगर्ने प्रतिवद्धता समेत रहेको छ । फिट्नेसमा लागेका अल्कोहल रहित सम्पूर्ण बिल्डरको लागि ढोका खुल्ला रहेको समेत संस्थाका सल्लाहकार कृष्ण ढकाल बताउन्छ्न ।