दोहा : गोरखा सेवा समाज कतारको आयोजनामा, मानव सेवा आश्रम गोरखा शाखा"को नयाँ बन्दै गरेको निर्माणधिन भवनको सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद (अल अदा)को अवसरमा आयोजना गरिएको कार्यक्रममा नेपालबाट निमन्त्रणा गरिएका लोकप्रिय कलाकार सहित स्थानिय कलाकार हरुको प्रस्तुतिमा भब्य कार्यक्रम गरिएको हो।
गोरखा सेवा समाज कतारका अध्यक्ष ओमराज गुरुङको सभापतित्व तथा नेपाली राजदूतावास कतारका उप-प्रमुख नियोग कुमार राईको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बैचारिक, सामाजिक तथा जिल्लागत संघ संस्था साथै कतारमा कार्यरत थुप्रै गृह जिल्ला बासी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा कार्यक्रम संयोजक राकेश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न बैचारिक तथा जिल्ला संस्था तथा सामाजिक वक्ताहरुले प्रवासमा रहेर पनि इदको अवसरमा साङ्गितिक कार्यक्रमको आयोजना गरी दुख पिडा सँगै श्रम गरिरेहका नेपालीलाई स्वदेशको झल्को मेटाउने छुट्टै माहोलको श्रृजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिदै आउने दिनहरुमा संस्थाको अझै उन्नति र प्रगतिको शुभकामना व्यक्त गरे । गोरखामा मानविय कार्यको लागी मानवसेवा आश्रम निर्माणधिन भवनलाई उपस्थिति विभिन्न व्याक्तित्वहरु तन मन खोलेर सहयोग गरे ।
मानव सेवा आश्रमका बारेमा कतार च्याप्टरका संयोजक रामजी खत्रीले सक्षिप्तमा प्रष्ट पारेको कार्यक्रममा लोकप्रिय गायिका समिक्षा अधिकारीले बालापन घुमेर,कुरा बुझ्न पर्छ ,न बोली न बोली,जस्ता आधा दर्जन बढी गीत गाउदा दर्शकको हुटिङ पाउनुका साथै दर्शकलाई नचाइन ।
गायिका निर्जला गुरुङले माया छ भनेर, चोखो माया,गोर्खैको डाडैमा हावा सरर गाउदा दर्शकको राम्रो साथ पाईन ।
त्यस्तै गायक खेम सेन्चुरीले बेला बेला चुप्पा गर,कट्टा हान्दिन्छु,सुर्ती माडदै,मेरी बास्सै लगायत गीत गाउदा दर्शकलाई उठेर नाच्न बाध्य बनाएका थिए भने बिरेन मादेन,जीवन खालीङ राई,रुस्तम तामाङको प्रस्तुतीसंगै निरु श्रेष्ठ र सृष्टि श्रेष्ठले नृत्य प्रस्तुत गरेका थिए l
कार्यक्रममा दुइ हजार बढी दर्शकको उपस्तिथि रहेको औपचारिक कार्यक्रमको सहजीकरण समाजका महासचिव अर्जुन सग्रौलाले गरेका थिए भने सास्कृतिक कार्यक्रमको सहजीकरण तिलु शर्मा पौडेलले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा स्टेज चढेका भर्सटायल गायक उर्गेन दोङले ‘टाढा भए पनि’, ‘मायालु आउने दिन गन्दै’, ‘हाम्रो यो माया’, ‘सैया’, ‘तामाङ दाइ’जस्ता आधा दर्जन आफ्ना कोसेली पस्किए । उर्गेनको प्रस्तुतिको प्रखाईमासाँझ ६ बजेसम्म बसे
सभापति गुरुङले गृह जिल्लामा गोरखामा मानविय कार्यको लागी मानवसेवा आश्रम निर्माणधिन भवनलाई सहयोगार्थ गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रमलाई विभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरे ।
गोर्खा सेवा समाज कतारले गोरखामा मानविय कार्यको लागी मानवसेवा आश्रम निर्माणधिन भवनलाई सहयोगार्थका लागी "तन मन, वचन र कर्मले सेवा गरौ" भन्ने मुल नाराका साथ बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो।