दोहा : प्रथम कमेडि च्याम्पियन रियालिटी शो (सिजन १ का) प्रतिस्पर्धी तथा कमेडि च्याम्पियनबाट चर्चामा आएका हास्य कलाकार खड्क बहादुर पुन ( खबपु) चंचल को साथ स्थानिय कलाकार हरुको बेजोड साङ्गितिक प्रस्तुतिमा भूम्या पर्व अर्थात "भूमे पूजा" गरि कतारमा भब्य मनाइएको छ ।
नेपाल मगर संघ शाखा कतार"को मातहतमा रहेको नेपाल मगर साँस्कृतिक परिवार कतारको आयोजनामा "चौथो मगर भूम्या कार्यक्रम २०२४" अल लक्तामा रहेको ट्युनिसियन स्कुलको सभाहलमा पुजारी गणेश मल्ल ( मगर) द्वारा भूमिको पूजा गरी कार्यक्रममा उपस्थिति सभापति प्रमुख अतिथि लगायतलाई फेदा बाधी कार्यक्रमको उट्घाटन गरिएको थियो ।
कार्यक्रम संयोजक नेत्र थापा मगरले स्वागत मन्तव्य सहित "भूम्या पर्व" को बारेमा प्रष्ट पारेका थिए भने "मगर भेष भुषा" मा सजिएका उपस्थिति कलाकार द्वारा मौलिक स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
नेपाली राजदूतावास कतारका प्रथम सचिव तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण कुमार क्षेत्री ( कृशु ) ले नेपाल मगर साँस्कृतिक परिवार कतारको आयोजना सप्पन्न गरिएको विशेष "भूम्या पर्व " कला संस्कृति संरक्षणमा , परम्परागत नाचको संरक्षण संवर्द्धनमा यो विशेष नै भएको बताए ।प्रवासमा आएरपनि यस्ता मौलिक पर्व जोगाउन उत्कृष्ट भुमिका निभाएकोमा आयोजक संस्थाप्रती दूतावास कतार र नेपाल सरकारबाट विशेष धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट,नेपाल मगर संघ कतारका अध्यक्ष रेसम आले मगर,नेपाल आदिवासी जनजाती महासंघ कतार शाखा अध्यक्ष डिएन मगर लगायत कार्यसमितिका विभिन्न पदाधिकारी,बैचारिक सङ्गठ्न लगायत कतारमा रहेका विभिन्न संस्थाहरुले (भूम्या पर्व) को शुभकामना प्रकट गर्दै मौलिक भाषा संस्कार सस्कृती जोगाउन सबैको कर्तब्य रहेको बताए ।
कार्यक्रममा नेपालबाट निमन्त्रणा गरिएका अहिलेका जल्दा बल्दा हास्य कलाकार खड्क बहादुर पुन ( खबपु) चंचलले प्रवासमा भएरपनि अहोरत्र खटेर कुलपुजा - भुमीपुजा गर्दै आफ्नो संस्कृतीलाई जोगाउन लागीरहने सम्पुर्णमा धन्यवाद प्रकट गरे । (खबपु) ले कतारमा श्रम गर्ने सम्पुर्ण नेपालीलाई सम्झ्दै, आफ्ना आफन्तले कतारमा मेहेनत गरि पठाएको रेमिट्यान्सको कारण आफू एक कलाकार बन्न सफल रहेको बताए । चंचलले तीन चरण गरि प्रस्तुति हरु पस्किएका थिए । पहिलो चरणमा थाली नाच,दोस्रो कमेडियन र तेस्रोमा आफ्नै गायन बाट दर्शकलाई भरपुर्ण मनोरञ्जन दिए ।
कार्यक्रममा उपस्थिति कलाकारहरु जनक मगर र सुनिता शेर्पा,जुनु कुमाल,एलिसा मगर,सुरेश बिसि,ललिता लामा,मान ब. थापा मगर,रेखा मगर लगायतका कलाकार हरुले परम्परागत नाच सहित, मगर भेष भुषाको प्रदर्शन तथा विबिध साँस्कृतिक प्रस्तुतिहरु भूम्या, हुर्रा, कौरा, सालैजो, झ्याउरे सँगै अन्य मनोरन्जनात्मक प्रस्तुतिहरु रहेका थिए ।
नेपाल मगर साँस्कृतिक परिवार कतारका अध्यक्ष तथा कार्यक्रमका सभापति ओम थापा मगरले कार्यक्रममा उपस्थिति तथा साथ सहयोग गर्ने सम्पुर्णमा आभार प्रकट गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।औपचारिक कार्यक्रमको सहजीकरण मगर संघ कतारका महासचिव समीर मगर र सास्कृतिक कार्यक्रम नेत्र थापा मगर र रबिना मगरले गरेका थिए ।
यो पर्वमा मगर समुदायले प्राकृतिक प्रकोपहरु नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउछन् । विशेष गरि राप्ती अञ्चलको रोल्पा, रुकुम, प्यूठान, सल्यान, दाङ र धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व विशेष महत्वका साथ मनाउन्छ्न ।