बर्दिया । सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थाका २५ जना ग्राहक सदस्यहरुलाई व्यवसायिक तालिम प्रदान गरेको छ ।
संस्थाले जेठ ३१ र ३२ गते बर्दिया जिल्लाको राजापुर नगरपालिका—४ प्रसिद्ध रेष्टुरेन्ट राजापुरमा बेमौसमी तथा मौसमी तरकारी खेती तालिम सम्पन्न गरेको हो ।उक्त कार्यक्रमको प्रमुख अतिथि राजापुर वडा न.८ का वडा अध्यक्ष राजेश थारुले गरेका थिए । साथै अन्य अतिथिहरूमा सबैको लघुवित्तका अनुगमन अधिकृत बुद्धिराम चौधरी, सबैको लघुवित्तका शाखा प्रमुख बिनोद बटाला, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरिक्षक रेवन्त सेन, प्रहरी हवलदार रामवली थारु समेत रहेका थिए । साथै प्राविधिक तर्फ राजापुर नगरपालिकाका रमेश वली रहनु भएको थियो ।
कार्यक्रमको सहजीकरण यस सबैको लघुवित्त वित्तिय संस्थाका लेखापाल पुष्पराज तिमल्सिना उपाध्यायले गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथिले हालको समसामयिक अर्थतन्त्र र वित्तीय जगतको अवस्थाबारे जानकारी गराएका थिए। हालको वित्तीय क्षेत्रमा देखिएको अराजक गतिविधिलाई खण्डन गर्दै सम्पूर्ण उपस्थितिलाई वित्तीय जागृत भएर कर्जाको सहि सदुपयोग गर्न पनि जानकारी गराएका थिए । त्यसै गरी शुभारम्भ मन्तब्य, तालिमको महत्व, उद्देश्य र सञ्चालन प्रकृया, तालिममा पालना गर्नु पर्ने नियमहरु बारे विनिता चौधरीले स्पष्ट पार्नुभएको थियो । मन्तब्यकै क्रममा सुपरिवेक्षण अधिकृत बुद्धिराम चौधरीले संस्थाको बर्तमान अबस्था र तालीमको महत्वबारे स्पष्ट पार्नु भएको थियो । प्राविधिक रमेश वलीले हिउँदे तरकारी खेती प्रविधि –काउली, बन्दा, ब्रोकाउली र गाँठ गोबी, करेसाबारीको परिचय र महत्व, साथै टमाटर, भन्टा, खुर्सानी, भिन्डी खेती प्रविधि बारे जानकारी दिनु भएको थियो। तरकारीको नर्सरी बनाउने तरिका (सैद्धान्तिक र ब्यवहारिक), लहरे तरकारी खेती प्रविधि –लौका, काँक्रो, फर्सी, करेला, घिरौला आदि बारेमा बताउनु भएको थियो।
यस संस्थाका सुपरिवेक्षण अधिकृत बुद्धिराम चौधरीले बचत परिचालन र बचतका फाईदाहरुबारे जानकारी दिनुभयो ।
यस राजापुर शाखाका शाखा प्रमुख बिनोद बटालाले संस्थाले दिई रहेको सेवाहरु कर्जा, बचत, बिमा र रेमिटेन्स बारे जानकारीहरु दिनुका साथै कार्यक्रममा विभिन्न उदाहरण दिदै बचत गर्ने बानीको विकास गर्नु पर्छ भनि जानकारी दिनु भयो । यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु,५ मुकाम कार्यालय र केन्द्रिय कार्यालय गरी ९७ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दे आईरहेको छ ।
संस्थाले ग्रामिण क्षेत्रमा बसोबास गर्ने गरीब, बिपन्न परिवारका महिलाहरुलाई समुहमा आबद्ध गराई बिना धितोमा कर्जा लगानी गर्नुका साथै सिपमुलक तालीम ,वित्तिय साक्षरता तालीम,कार्यक्रमहरु संचालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, समाजिक, बौद्धिक, विकास गर्दै आई रहेको छ ।