काठमाडौँ, ३२ जेठ : ११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आगामी असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नुहुनेछ ।
नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।
मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । जर्मनीले काठमाडौँमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो । सन् २०१८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबीचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई सुदृढ बनाउन योगदान पु¥याएको छ । जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केल सन १९६७ र राष्ट्रपति प्रा रोमन हर्जाेगले सन् १९९६ मा नेपाल भ्रमण गर्नुएको थियो ।
तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले सन् १९८६ अक्टोबरमा जर्मनीको भ्रमण गर्नुभएको थियो । त्यस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ फेब्रुअरी र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गर्नुभएको थियो ।
यसैगरी तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री माधवकुमार नेपालले सन् १९९५ फेब्रुअरी र तत्कालीन परराष्ट्र मन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनको भ्रमण गर्नुभएको थियो । यसैगरी नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गर्नुभएको थियो ।
सोह्रवटा राज्यहरु मिलेर बनेको जर्मनी युरोपको केन्द्र भागमा रहेको महत्वपूर्ण मुलुक हो । जर्मनी विश्वकै चौथो र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो । नेपालका लागि जर्मनी चौथो विकास–साझेदार मुलुक हो । जर्मनी व्यपार साझेदारी मात्र नभई नेपालीवस्तु तथा सेवाको सम्भावित ठूलो बजार र निर्यात व्यपार तथा लगानी प्रबद्र्धन र पर्यटक भित्रयाउन सक्ने ठूलो सम्भावना बोकेको राष्ट्र हो । नेपालबाट जर्मनीतर्फ बार्षिक करिब डेढ अर्ब बराबरको बस्तु निर्यात हुँदैआएको छ भने जर्मनीबाट त्यसको तीन गुणासम्म आयात हुने गरेको तथ्याङ्कले देखाएको छ ।
जर्मनबाट मूलत अप्पटिकल उपकरण, फोटोग्राफी, सर्जिकल उपकरण, औषधिजन्य उत्पादन र सवारी साधान आयात हुन्छ भने यहाँबाट गलैँचा, मह, तयारी पोशाक, पश्मिना, हस्तकला, चाँदीका गहना, काठ र बाँसजन्य समान, जडिबुटी, अलैँची, चिया निर्यातको प्रशस्त सम्भावना छ । विगतमा काठमाडौबाट जर्मनी दैनिक सिधा हवाई उडान सम्पर्क सञ्जाल रहेकै कारण नेपाली गलैँचा निकासीको राम्रो गन्तव्य थियो ।
जर्मनीबाट प्रविधि हस्तान्तरणको उदाहरणका रुपमा सफल र आनुधिक नवीकरणीय उर्जा सम्बन्धी प्रविधि भित्रयाउने ठूलो सम्भावना छ । दुवै मुलुकमा प्रचुर पर्यटकीय आकर्षण छ । एक तथ्याङक अनुसार सन् २०१९ मा ३६ हजार ६४१ जर्मन नेपाल घुम्न आएका थिए । नेपालको हिमाल आरोहणमा जर्मन नागरिकको विशेष रुची देखिन्छ । उच्च प्रतिव्यक्ति आय र सरकारी नीति समेत भएका कारण जर्मन नागरिकका लागि नेपाल पर्यटकका लागि हब हुन सक्ने प्रशस्त सम्भावना बोकेको छ ।
नेपालाई जर्मनीले कृषि, सहरी विकास, फोहर–मैला व्यवस्थापन, साना तथा घरेलु उद्यम विकास, गरिवी निवारण, भैतिक पूर्वाधर, विद्युत प्रसारण लाइन, जलविद्युत आयोजना, नवीकरणीय उर्जा, शिक्षा, स्वास्थ्य, वातारण संरक्षण र मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।
विस २०७२ को भूकम्पपछि जर्मनीले औपचारिक माध्यम मार्फत ४.५ मिलियन र पुर्ननिर्माणका लागि ३० मिलियन युरो उपलब्ध गराएको थियो । गैरसरकारी तथा निजी क्षेत्रमार्फत पनि जर्मनीबाट त्यस बेला ठूलो सहयोग प्राप्त भयो । सरकारी तवरमा जर्मन सरकारले ७० मेघावाटको मध्य मस्याङ्दी जलविद्युत आयोजनामा ऐएफडब्लु बैँकबाट २०० मिलियन युरो लगानी गरेको छ ।
जर्मनीबाट नेपालमा कृषि, पर्यटन, नवीकरणीय उर्जा, पूर्वाधार विकास, खाद्यान्न प्रशोधन, सूचना प्रविधि, शिक्षा र यातायातका क्षेत्रमा लगानी भित्रयाउन सकिने सम्भावना रहेको सरकारी अधिकारीको भनाई छ । जर्मनी दक्ष र व्यवसायिक जनशक्तिका लागि वैदेशिक रोजारीको अवसर प्राप्त गर्ने आकर्षण गन्तव्यकारुपमा रहने आँकलन गरिएको छ । जर्मनीमा करिब १५ हजार बढी नेपाली अध्ययन र विभिन्न पेशा व्यवसायमा संलग्न भएको छ । उनीहरुले जनस्तरको सम्बन्धलाई समेत प्रगाढ तुल्याउन योगदान दिइरहेका छन् ।
राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल हुनुहुन्छ । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहुनुभएको छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनुहुनेछ ।
–––