दोहा : प्रथम कमेडि च्याम्पियन रियालिटी शो (सिजन १ का) प्रतिस्पर्धी तथा कमेडि च्याम्पियनबाट चर्चामा आएका हाँस्य कलाकार खड्क बहादुर पुन ( खबपु) चंचल भूम्या पर्व अर्थात "भूमे पूजा" कार्यक्रमको लागि कतार आइ पुगेका छन ।
नेपाल मगर संघ शाखा कतार"को मातहतमा रहेको नेपाल मगर साँस्कृतिक परिवार कतारको आयोजनामा "चौथो मगर भूम्या कार्यक्रम २०२४" मनाउन लागि ( खबपु) आज बिहान कतार आइ पुगेका हुन ।
उनलाई स्वागत गर्नको लागि मगर संघ कतारका अध्यक्ष रेसम आले मगर,महासचिव समीर थापा मगर,कार्यक्रम संयोजक नेत्र थापा मगर , संघका पुर्व पदाधिकारी, कार्यसमितीका सदस्यहरु लगायतको हमाद अन्तर्राष्ट्रिय बिमानस्थलमा बाक्लो उपस्थित रहेको थियो
मगर समुदायले प्राकृतिक प्रकोपहरु नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउछन् । विशेष गरि राप्ती अञ्चलको रोल्पा, रुकुम, प्यूठान, सल्यान, दाङ र धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व विशेष महत्वका साथ मनाउन्छ्न ।
कला संस्कृति संरक्षण, परम्परागत नाचको संरक्षण, संवर्द्धनमा यो भूम्या विशेष नै भएको अग्रज हरु बताउन्छ्न ।
कार्यक्रममा ( खबपु) चंचल सहित अन्य स्थानिय कलाकार हरुले परम्परागत नाच सहित, मगर भेष भुषाको प्रदर्शन तथा विबिध साँस्कृतिक प्रस्तुतिहरु भूम्या, हुर्रा, कौरा, सालैजो, झ्याउरे सँगै अन्य मनोरन्जनात्मक प्रस्तुतिहरु समेत रहने नेपाल मगर साँस्कृतिक परिवार कतारका अध्यक्ष ओम थापा मगर बताउन्छ्न ।
१४ तारिख शुक्रबार अल लक्तामा रहेको ट्युनिसियन स्कुलको सभाहलमा बिहान दश बजे देखि कार्यक्रमसुरु हुने कार्यतालिका रहेको र कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको कार्यक्रम संयोजक नेत्र थापा मगरले जानकारी दिए ।
साथै कार्यक्रममा उपस्थितिको लागि नेपाल मगर साँस्कृतिक परिवार कतारले सबैमा अनुरोध समेत गरेकोछ ।