दोहा : गोरखा सेवा समाज कतारको आयोजनामा हुने बृहत साँस्कृतिक कार्यक्रमको लागि चर्चित/ लोकप्रीय कलाकारहरु कतार आउने भएका छ्न ।
"ईस्लाम धर्मावलम्बीहरुको महान पर्व वकर ईदको अवसरमा १७ जुन, २०२४ ईदको पहिलो दिन हुने बृहत साँस्कृतिक कार्यक्रमको लागि कतार आउने कलाकार हरुमा चर्चित लोक तथा दोहोरी गायक/ गायिका खेम सेन्चुरी र निर्जला गुरुङ, भर्सटायल गायक / गायिका समिक्षा अधिकारि र उर्गेन दोङ रहेको कार्यक्रम संयोजक राकेश श्रेष्ठले जानकारी दिए ।
समाजको मानव सेवा आश्रम गोरखा शाखा"को नयाँ बन्दै गरेको निर्माणधिन भवनको सहयोगार्थ नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको साथ स्थानिय कलाकार हरुको बृहत साङ्गितिक प्रस्तुतिमा उक्त कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष ओमराज गुरुङले बताए ।
कार्यक्रमलाई भब्यताका साथ सफल बनाउनको लागि उक्त दिन कार्यक्रमहरु नजुधाउन तथा दोहा बासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनी हरुमा उपस्थितिको निम्ति अध्यक्ष गुरुङले आग्रह गरेका छ्न ।
ट्युनिसियन स्कुल, अल लक्ताको सभाहलमा बिहान ११:०० बजेदेखी शुरु हुने कार्यक्रमको तयारी,प्रचार प्रसार,तीब्र पारिएको र कार्यक्रम एकदमै उत्कृष्ट बन्ने समाजका महासचिव अर्जुन संग्रौला बताउन्छ्न ।
कार्यक्रममा जान - आउनको लागि यातायातको व्याबस्था सहित सबै नेपालीहरूको सहजताका लागि कतारमा रहेका सम्पूर्ण नेपाली रेष्टुरेन्टहरुमा टिकट पाइने आयोजक संस्था गोरखा सेवा समाज कतारले जनाएको छ ।
थप जानकारीका लागि राकेश श्रेष्ठ- ५५९९७५३९, रामजी खत्री- ७७७२३१४७, ओम गुरुङ- ५५९४२८१३, विमल न्यौपाने- ५०७४१९००, विकास श्रेष्ठ- ३०८९१९३१, सुजन धिताल- ७०७९७८४६ र अर्जुन सङ्ग्रौला- ७०६१८००९ मा सम्पर्क गर्न समाजले आग्रह गरेको छ ।