दोहा : प्रवासी नेपाली मञ्च कतारको सातौँ अधिवेशन समितिको पहिलो बैठक मिति ७-जुन-२०२४ का दिन सनैया स्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ।
सातौँ अधिवेसन समितिका संयोजक अफसर अलि खानको अध्यक्षता तथा प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त बैठकमा अधिवेसन सफलता पूर्वक सम्पन्न गराउनको निम्ति महत्वपूर्ण निर्णयहरू पारित गर्दै सकिएको छ ।
सातौँ अधिवेसन समितिको पहिलो बैठकले विभिन्न उपसमितिहरू निर्माण गरी संयोजक तोकेर कार्यहरूको जिम्मेवारी बाँडफाँड गरेको थियो । बैठकले अतिथि सत्कार, व्यवस्थापन, प्रचार - प्रसार, आर्थिक, यातायात व्यवस्थापन, स्वयम् सेवक तथा हाल व्यवस्थापन उप - समितिहरू निर्माण गरी तिनका संयोजक तथा सदस्यहरू मनोनित गर्दै जिम्मेवारी बाँडफाँड गरेको हो।
बैठकमा उपस्थितजन ले अधिवेशन सफलता पूर्वक सम्पन्न गराउनको निमित्त आफ्ना आफ्ना धारणा राखेका थिए । यस क्रममा अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेलले संगठन नीति तथा नेतृत्वले मात्र चल्न सक्ने भन्दै नीति विधान अधिवेसन मार्फत पारित भएको लागू हुने तथा नेतृत्व अधिवेशनले चुन्ने संगठनको पद्धति आफ्नो सङ्गठनको रहेको बताए
पोख्रेलले "समिति छुट्याएर जिम्मेवारी बाँडफाँड गरेता पनि अधिवेसनलाई पूर्ण रूपमा सफल बनाउने जिम्मेवारी अधिवेशन समितिका सबै सदस्यहरूमा बराबर भएको बताए
बैठकको अध्यक्षता गरेका सातौँ अधिवेशन समितिका संयोजक अफसर अलि खानले " यो अधिवेशन सफल पार्ने हामी सबैको जिम्मेवारी हो" । सबै उप समितिका प्रमुखलाई एक जुट भएर अधिवेशन सफल पार्ने कार्यमा लाग्न अनुरोध गर्दै उपस्थित सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रवासी नेपाली मन्च कतारको सातौँ अधिवेशन समितिको पहिलो बैठकलाई औपचारिक रूपमा समापन गरे ।