दोहा : अर्घाखाँची सेवा समाज कतारले आफ्नो १८औं स्थापना दिवसको अवसरमा विविध साँस्कृतिक सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्दै भब्यताका साथ सम्पन्न गरेको छ ।
"केक काटेर विविध औपचारिक कार्यक्रम सहित समाजका अध्यक्ष बिष्णु कुवँरको सभापतित्व लुम्बिनी प्रदेश समन्वय परिषद कतारका संरक्षक कमलमणि गुरागाइको प्रमुख आथित्यता रहेको कार्यक्रममा समाजका पुर्व पदाधीकारी,संरक्षक तथा सल्लाहकार, लुम्बिनी प्रदेशका विशिष्ट व्याक्तित्व हरु जिल्ला संस्थाका अध्यक्षहरु, सामाजिक अभियान्ता सागर नेपाल , केबि हमाल एनसीसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बालाराम पाण्डेले स्वागत मन्तव्य कलाकार बिष्णु भुजेलको स्वागत नृत्य रहेको कार्यक्रममा उपस्थिति विभिन्न व्याक्तीले संस्थाले गरेका कार्यहरुको चर्चा गरेका थिए । ब्यानरमा लेखिए अनुरुप अर्घाखाँची जिल्लामा पर्यटनको सम्भावना व्यापक देखिएको औलाए । संस्थापक अध्यक्ष माधव प्रसाद भुसालले पठाएको सुभकाममा सन्देशलाई कार्यक्रममा वाचन गरेर सुनाइएको थियो ।
संस्थाका संरक्षकद्वय राम प्रसाद पराजुली र केदार भुसालले नेपाली श्रमिकहरुको हितको पक्षमा बोलेका थिए ।
कतारमा धेरै नेपाली श्रमिक महिलाहरु आफ्नै नेपाली दाजुभाइ बाट पिडित बनेको उदाहरण राख्दै त्यस्ताबाट सचेत रहनुपर्ने बताए । श्रमिक समस्या हुन वा पासपोर्ट रिन्यु गर्नुपर्ने सबालमा कुनै द्विबिधा भएको खण्डमा अर्घाखाँची सेवा समाजलाई सम्झिन आग्रह गरे।
संरक्षक ठाकुर कुमार परियारले संस्थाले "१८ औं स्थापना दिवस" मनाउदै गर्दा आफू स्थापना काल देखीको सदस्य रहेको स्मरण गराए । समाज सन : २००६ मा स्थापना गरिएतापनि विभिन्न कारणले गर्दा सन:२०१२ देखीनै सकृयताका साथ कार्यसम्पादन गरिरहेको जानकारी गराए
समाजले सन : २०१३ ताका एउटा बृहत बनभोज कार्यक्रम गर्दा सिजनको सबैभन्दा उत्कृष्ट रहेको सम्झ्ना गर्दै समाजमा हिड्दै गर्दा व्याक्ती भन्दा समाजलाई प्राथमिक्ता दिनुपर्ने बताए ।" ब्याक्तीगत आचारण जुन तरिकाले सिकिएको छ समाजलाई पनि त्यहि शिक्षा सिकाउन्छ" आफुभन्दा ठुलालाई माया सद्भाव र सानालाई माया गर्नुपर्छ भन्ने मान्यता राखेको संरक्षक परियारले बताए ।
दोहा वा संसारको जुनसुकै ठाउँमा रहेपनि आफुले समाज प्रती दिने योगदान सदै उत्तिकै रहने बताए । पैसाले समाज किन्ने व्याक्तीहरुले समाज प्रती योगदान दिन सक्दैनन भन्दै सामाजिक भावाना र स्वच्छ छवि बनाएर हिडेको खण्डमा पदले कुनै असर नपर्ने जानकारी गराए ।
समाजका प्रमुख संरक्षक क्रान्ती सिंहले "आफ्नो भविस्यको उज्यालो सपना बुनेर सन १९८०- ८५ तिर कर्मभुमी कतारमा नेपालीहरु आएपनि अर्घाखाँची बासीहरु भने १९९०-९१ तिर उपस्थिति रहेको आफुले महशुस गरेको बताए ।
वैदेशिक रोजगारीको निम्ति आफूपनि सन : २००४ तिर कतार प्रवेश गरेको र "कतारलाई दोस्रो घर बनाएर बसेका जिल्लाबासीहरु बीच सुखदुःख साटासाट गर्ने, सामाजिक भावनात्मक तथा समाज सेवा गर्ने हुटुहुटी लिएका साथीहरु बिच, विभिन्न कठिनाइका वाबजुट भेला भएर सन :२००६ तिर "अर्घाखाँची सेवा समाज स्थापना गरिएको बताए ।
समाज स्थापना गराइरहदा, अध्यक्ष पदको लागी धेरै आग्रह गरिएपनि, आफुले पदभन्दा नेतृत्वलाई बाहिरै बाट सहयोग गर्नुपर्छ भन्ने मनसाय बनाएपनि बाध्यतात्मक परिस्थितिले एक कार्यकाल संस्थापक सचिव भएर कार्य गरेको सिंह ले बताए
कार्यक्रमका विशेष अतिथि समेत रहेका क्रान्ती सिंहले अर्घाखाँची प्राकृतिक सम्पदाले भरिपुर्ण ,विभिन्न संस्कृतीको धनी, पौराणिक जिल्ला समेत रहेको कारण पर्यटनको हिसाबले समेत अग्रस्थानमा रहेको बताए । देशभरका घुम्नै पर्ने ५०० पर्यटन स्थान मध्ये १२ ओटा अर्घाखाँचीमा पर्ने बताए । त्यसैगरि अर्घाखाँची आठौं साक्षरता जिल्ला रहेको समेत जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि कमल मणि गुरागाईले मन्तव्य राख्दै अर्घाखाँची सेवा समाजले बिगत देखी बर्तमान कार्यसमितिले गरेका कार्यहरुको चर्चा गरेका थिए । दोहाका धेरै संस्थाका बारेमा एतिहासिक देखि बर्तमान सम्मको यथार्थ बारेमा जानकारी गराउदै क्षेणिक स्वार्थमा संस्था खोलेर समाजको हितमा नहुने बताए ।
कार्यक्रममा कलाकरहरू रामकृष्ण परियार, सन्देश सोनी,विष्णु भुजेल,सुरेश बिसी, गुना मगर,सुमित्रा भट्टराई लगायतको विशेष साङ्गितिक प्रस्तुति रहेको थियो ।
समाजका अध्यक्ष बिष्णु कुवरले विभिन्न माध्यम बाट कार्यक्रममा उपस्थिति जनाउने तथा सफल पार्ने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए । औपचारिक कार्यक्रमको सहजीकरण महासचिव अनिल परियारले गरेका थिए ।
प्रवासमा अर्घाखाँचीवासी एक हौं, नेपाली समाजका लागि सहयोग गरौं" भन्ने मुल नाराका साथ ८ जुन २००६ मा कतारमा स्थापना गरिएको हो ।